थुप्रै हिमनदी र हिमशिखरहरू पग्लेर तिब्बतबाट बग्न सुरु हुने तामाकोशी नदि दोलखा, रामेछाप र सिन्धुली हुँदै बग्दछ । धेरै नै उच्च बहाब भएको यो नदि ७५ किमी लामो छ ।
तामाकोशीको शाब्दिक अनुवाद तामाको नदी रहेको छ। यो नदीलाई दुखको नदीका
नामले पनि चिनिन्छ । राजा रनबहादुर शाहको पालामा ठेउलाको महामारी फैलिएकोले
ती बिरामीहरूलाई काठमाडौंबाट निकाली तामाकोशीको किनारमा पठाएको र सोही
क्रममा ती लखेटिएका नेवार समुदायका बालबच्चा त्यस रोगले मरेको हुनाले
उनीहरूले गरेको विलापलाई सितलामाजु नाम दिेइएको थियो जसले उनीहरुको कठिन
यात्रा र दुःख वर्णन गर्दछ ।
गौरीशङ्कर हिमालको हिमनदीले छोरोल्पा ताल बनेको
छ जसबाट यो नदी उत्पन्न भएको हो । यस नदीको पानीको गति असाध्यै उच्च छ । यस नदीको पानीको बहाबलाई ग्रेड ४-६
दिइएको छ । तामाकोशी नदी सप्तकोशीको सात मध्ये एक सहायक नदी हो ।
No comments:
Post a Comment