नेपाल
अधिराज्यभर दशैँ मनाउंदै गर्दा काठमाडौ उपत्यका भित्रै अवस्थित खोकनामा
भने दशैँ मनाईदैन, तर सिकाली जात्रा चाहिं दशैँ सरह नै धुमधामले मनाउने
गर्दछ !
किम्वदन्ती अनुसार,
किम्वदन्ती अनुसार,
धेरै वर्षअघि महिसासुर नामक
दैत्यले देवतालाई निकै दुःख दिएछ । दैत्यहरूले सधै विध्वंस गर्न थालेपछि
देवताहरूको बैठक बसेछ । उनीहरूले निर्णय गरे, सबभन्दा पहिला महिसासुर कहाँ छ
– पत्ता लगाउने ।
भैरवले अन्तरध्यान भएर महिसासुरको खोजी गरे, तर सकेनन् ।
त्यसपछि कुमारले प्रयास गरे, उनले पनि सकेनन् ।
सिङ्नी-व्याङ्नी पनि असफल भए ।
नागराजको पनि केही लागेन ।
गणेश, रुद्रायणी, कुमारी, ब्रह्मायणी, नारायण, काली, वाराही, महालक्ष्मी, हनुमान कसैले पनि महिसासुरलाई खोज्न सकेनन् । त्यसपछि फेरि देवताहरूको बैठक बसेछ ।
अब के गर्ने ? सबैको चिन्ताको विषय यही थियो । उनीहरूले फेरि व्यापक छलफल गरे । उनीहरूले धान भुटेर त्यसको लाभाले मायादेवीको क्षमापूजा गर्ने निर्णय गरे ।
पूजा गर्न भैरवले महादेवको रूप धारण गरे ।
काली विष्णु बनिन्, वाराहीले ब्रह्माको रूप लिइन् ।
यसरी पूजा गर्दा पनि समस्या समाधान नभएपछि बलि दिने निर्णय भयो । बलि त दिने, तर भोग लिने कसले भन्ने कुरा आयो। रूप फेरेका भैरव, काली र वाराही फेरि आफ्नै स्वरूपमा आए । त्यसमा कुमारी देवतासमेत थपेर चारजना पुर्याइयो । पूजा सुरू भयो । राँगा, बोका र हाँसको बलि दिइयो । चारजना देवताले भोग लिए । समस्या समाधान भयो ।
केही वर्षपछि समस्या फेरि बल्भि्कयो । भोग दिएका जनावर र पंछी राक्षसहरूले लुटेर खान थाले ।
राक्षसहरूको दुःखबाट बच्न बस्ती नै सारियो, अहिलेको खोकनामा । पुरानो बस्ती खोकनाबाट १५ मिनेट दुरीमा छ । बस्ती सार्दा तान्त्रिक हिसाबले देवीलाई पनि नयाँ बस्तीमा सारियो, जुन अहिले सिद्धिकाली रुद्रायणी मन्दिरको नाउँले चिनिन्छ । तान्त्रिकले आफ्नो तन्त्रविद्याबाट हेर्दा नयाँ मन्दिरमा बस्न देवी राजी भइन्, तर प्रसाद लिन मानिनन् । त्यसैले भोग नयाँ मन्दिरमा दिए पनि प्रसाद चढाउन पुरानै मन्दिर लगिन्छ । त्यति गरेपछि अहिलेसम्म राक्षसहरूले दुःख दिएका छैनन् ।
बस्ती सार्दा तान्त्रिकहरूले सिद्धिकाली जात्राको मिति पनि सारे । पहिला यो जात्रा गाईजात्राको दिन मनाइन्थ्यो । बस्ती सरेपछि देवीलाई यो स्वीकार्य भएन । नयाँ देवीलाई मन्जुर हुनेगरी नयाँ मिति जुराउँदा दसैंमा पर्यो । त्यसपछि खोकनाबासीहरुले दसैं मनाउन भ्याएन । खोकनाबासी गाईजात्राको दिन दसैं मान्छन्, तर टिकाजमरा केही लाउँदैनन् । उनीहरूको गाईजात्रा पनि पात्रोभन्दा एक दिन ढिला पर्छ ।
सिद्धिकाली जात्रा आश्विन शुक्लपक्ष तृतीयाको दिन सुरू भई नवमीसम्म चल्छ । यतिखेर उनीहरूलाई दसैंको होइन, सिद्धिकाली जात्राको चटारो हुन्छ ।
परम्पराअनुसार तृतीयाको दिन तीनवटा राँगा बलि दिइन्छ । राँगाको रगत सिकाली चौरस्थित पुरानो मन्दिरमा चढाउन लगिन्छ ।

चौथीको दिन बाजागाजासाथ ४६ जना देवताको विधिपूर्वक पूजा हुन्छ ।
पञ्चमीको दिन रुद्रायणी मन्दिरको मूर्ति बाहिर ल्याइन्छ । गाउँलेहरू आ-आफ्नो इच्छाले पशु-पक्षी बलि चढाउँछन् । सरकारी पूजा पनि यही दिन हुन्छ। गाविसले यो दिन एउटा राँगा बली दिन्छ। ४६ जना देवतालाई भोज पनि ख्वाउँछ। यही दिन मूर्तिलाई खटमा राखेर सिफल चौरस्थित पुरानो मन्दिर लगिन्छ ।
षष्ठीमा ४६ जनै देवताले मन्दिर घुम्छन् । मूर्ति ल्याएर गाउँको चोकचोक घुमाइन्छ ।
सप्तमीमा नाच लिला हुन्छ भने अष्टमीको दिन रुद्रायणी मन्दिरमा मूर्ति स्थापना गरिन्छ। नवमीमा नाचका सामान, पोसाक र गहना थन्क्याइन्छ। मुकुट मन्दिरमा राखिन्छ ।
अनि दशमीको दिन पूर्ण विश्राम लिइन्छ । जात्राका बेला उनीहरू आफ्ना सबै नातेदारलाई डाकेर भोज गर्छन् । हुन त यसैलाई दसैं भन्दा पनि हुन्छ । तर, अरूजस्तो उनीहरू टिकाजमरा लगाउँदैनन् । टाढा रहेका आफन्तकहाँ टिका थाप्न जाँदैनन्, न टिका लगाउन कसैलाई घरमा निम्तो दिन्छन् । किन भने जात्राभरिको थकान दशमीको दिन मेट्छन, आराम गर्छन | त्यस दिन देवताको टिका लगाउँछन ।
मल्ल्कालिन राजा अमर मल्ल्को पालामा शुरु भएको यो जात्रामा देवताको मूतिर्लाई सिकाली चौरमा राखेर जात्रा गरिने भएकाले सिकाली जात्रा भनिएको बुढापाकाको भनाई छ । नेपाल सम्वतको ३३३ वर्ष अघि उत्पति भएको खोकनामा ३३६ देखि जात्रा गर्न थालिएको हो । यो जात्रा स्वस्थानी कथामा आधारित छ ।
No comments:
Post a Comment