Showing posts with label तानसेन. Show all posts
Showing posts with label तानसेन. Show all posts

Sunday, April 15, 2018

पाल्पाको सिन्दुर जात्रा

नेपाल–अंग्रेज युद्धमा विजयी भएको सम्झनामा पाल्पाको तानसेनमा भदौ २ गते श्री ७ रण उजिरेश्वरी भगवतीको सिन्दुर जात्रा मनाइन्छ । 

तत्कालीन प्रशासक कर्णेल उजिरसिहं थापाले मनाउन शुरु गरेको तानसेनस्थित भगवतीटोलमा रहेको भगवती मन्दिरबाट भगवतीको रथलाई विभिन्न स्थानमा परिक्रमा गराइ मन्दिरमा भित्राइने चलन रहेको छ । 

युद्धमा जानु अघि उजिरसिंह थापाले विजय हासिल गरेमा मन्दिर बनाएर प्रत्येक वर्ष विजयको सिन्दुर जात्रा गर्ने भाकल गरे अनुसार विजयी भएकोले बि.स. १८७६ देखि निरन्तर जात्रा मनाउने गरिएको विश्वास गरिन्छ ।






 श्रोत : हिमालखबर

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...