Showing posts with label मुक्तिनाथ. Show all posts
Showing posts with label मुक्तिनाथ. Show all posts

Monday, January 7, 2019

मुक्तिनाथ, मुस्ताङ यात्रा







#मुक्तिनाथ, मुस्ताङ यात्रा (२०७५, पौष १० - १४)




मुक्तिनाथमा अवस्थित शिलाको निर्माण प्रागैतिहासिक कालमा पाइने किराको जीवाश्‍मबाट भएको थियो, जो मुख्‍यत: #टेथिस सागरमा पाइन्थे । कुनै बेला टेथिस सागर रहेको स्थानमा अहिले हिमालय पर्वत छ । पौराणिक मान्‍यताहरूका अनुसार #शालिग्राम शिलामा विष्‍णुको निवास हुन्छ । यस सम्बन्धमा अनेक पौराणिक कथाहरू पनि प्रचलित छन् । यिनै कथाहरूमा एक कथाका अनुसार जब भगवान शिवले #जालन्धर नामक असुरसँग युद्धमा जित्न सकेका थिएनन् त्यो बेला भगवान #विष्‍णुले उनको मद्दत गरेका थिए ।




कथा अनुसार जबसम्म असुर जालन्धरकी पत्‍नी #वृन्दाले आफ्नो #सतित्‍व बचाएर राखेकी थिइन् तबसम्म जालन्धरलाई कसैले पनि पराजित गर्न सक्दैनथ्यो । यो अवस्थामा भगवान विष्‍णुले जालन्धरको रूप धारण गरेर वृन्दाको सतित्‍वलाई नष्‍ट गर्ने काममा सफल भएका थिए । जब वृन्दालाई यस कुराको थाह भयो त्यो बेलासम्म भगवान शिवले जालन्धरको बध गरिसकेका थिए । यसैले वृन्दाले भगवान विष्‍णुलाई शिला, रुख, झारपात र घाँस भएर जीवन व्‍यतित गर्नु परोस भनेर श्राप दिएकी थिइन् । फलस्‍वरूप कालान्तरमा जो हिन्दू धर्मका आराध्‍य हुन् ति विष्णुले भगवान शालिग्राम शिला , पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको थियो । 




पुराना दन्त्यकथा अनुसार #मुक्तिक्षेत्र त्यस्तो स्‍थान हो जहाँ मोक्ष प्राप्ति हुन्छ । यसै स्थानमा भगवान विष्‍णु शालिग्राम शिलामा निवास गर्दछन् । 




मुक्तिनाथ बौद्ध धर्मावलम्बीहरूको पनि एक महत्‍वपूर्ण स्‍थान हो । यसै ठाउँको बाटो भएर उत्‍तरी-पश्चिमी क्षेत्रका महान बौद्ध #पद्मसम्भव (जसलाई अवलोकितेश्वर पनि भनिन्छ) यहाँ बसेर ध्यान बसेका थिए । यहिंबाट बौद्ध धर्मको प्रचार-प्रसारका लागि तिब्‍बत गएका थिए । 




वि. सं. २०६२ सालको मंसिर महिनामा मुक्तिनाथका पिठाधिश्वर #कमलनयन आचार्य लगायत लाखौं नेपाली भक्तजनहरूले नेपाललाई तत्कालिन द्वन्दबाट मुक्ति मिलोस् भनेर मुक्तिनाथका १०८ शालिग्रामलाई #हरिद्वारमा लगेर गंगाको तटमा सवालाख गाइको दूधले नुहाएर सवाकरोड बत्ती बाली पूजा गरेका थिए । यसरी सवा लाख गाईको दूधले शालिग्राम नुहाएको समयमा गंगाजीको पानी पुरै सेतो देखिएको थियो भने सवा करोड बत्ती बालेको समयमा रातमा पनि पुरै गंगाको तट दिनको उज्यालो झैं झिलिमिली देखिएको थियो र शहरभरी घिउको बत्ति बालेको वासना फैलिएको थियो ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...