Showing posts with label सिद्धिनरसिंह मल्ल. Show all posts
Showing posts with label सिद्धिनरसिंह मल्ल. Show all posts

Tuesday, August 20, 2019

पाटन दरवारको सुन्दरी चोक अवस्थित टुसाहिटी


यसलाई कहिले कसले बनाएको भन्ने बारे बिबाद नै छन् l राजा सिद्धिनरसिंह मल्ल वा श्रीनिवास मल्ल ? ने.स. ७४७ मा हो कि ७६७ मा बनाएको हो, अलग अलग तथ्य भेटिएका छन् l

यस हिटीको नामाकरण बारे पनि अनुसन्धानकर्ताहरुको आ-आफनै भनाई छ, जुन एक अर्को संग फरक मत राख्दछ l

१. स्व. अनुसन्धानकर्ता धनबज्र बज्राचार्यको अनुसार यस हिटीको पानी उखुको जुस जस्तै गुलियो रहेको छ l नेवारीमा उखुलाई "टु" भनिन्छ, "सा" भन्नाले स्वादलाई जनाउँछ l उखुको जुस जस्तै मिठो स्वाद भएकोले यस हिटीको नाम टुसाहिटी नाम रहन गएको हो भन्ने तर्क राख्नु हुन्छ l

२. अर्का अनुसन्धानकर्ता तीर्थलाल नघभनीको तर्क अनुसार यस हिटीको पानीको श्रोत "टुं " अर्थात इनार हो l इनार दरवारकै परिसर भित्र छोपेर राखेको हुन् सक्छ l टुंबाट "साला:" अर्थात तानेर ल्याएको हिटी भएकोले यसलाई टुसाहिटी भनिएको हो भन्ने तर्क राख्नु हुन्छ l

३. हरिराम जोशीको कथन अनुसार यस हिटीको मुखाकृति गोरुको जस्तो देखिएको छ l गोरुलाई नेवारीमा थुंसा भनिन्छ l यहि थुंसाहिटी नै अपभ्रंस भएर टुसाहिटी नाम रहन गएको हो भन्ने तर्क राख्नु हुन्छ l

४. स्व. मंगलानन्द राजोपाध्यायको अनुसार प्राय गा: हितीहरुको निर्माण गर्दा जमिन मुनिको गहिराइको पानीको श्रोत प्रयोग गरिएको हुन्छ l जब गहिराइमा पानीको श्रोत भेटिन्छ, पानीको फोहोरा निस्कने गरि हिटीको संरचना निर्माण गरिएको हुन्छ l टुसाहिटीको सन्दर्भमा संरचना यस्तो प्रकृतिको छैन l यसैले नेवारीमा "तुसालेगु" अर्थात टुंको पानी तान्ने प्रविधिबाट पानी निकालिएको हुनाले टुसाहिटी नाम रहन गएको भन्ने फरक तर्क राख्नु हुन्छ l

जमिन मुनिको पानीको श्रोत एवं प्रवाहलाई Re-canalization गर्ने क्रममा Urban Development through Local Effort (UDLF) ले गरेको एक अनुसन्धान अनुसार यस तुसाहिटीको पानीको श्रोत नारिचा भन्ने तथ्य फेला परेको थियो l नारिचा भन्नाले पानीको श्रोत पूर्ति गर्ने परम्पागत तरिका भन्ने बुझ्नु पर्दछ l

राजदरवारका शाही सदस्यहरुलाई नुहाउनको लागि भनिएता पनि यस तुसाहिटीमा ७८ देव देवताहरुको मुर्ति स्थापना गरिएको अनुसार यो नुहाउनको लागि भन्दा नि देव देवताहरुलाई पानी चढाउने उद्देश्यले बनाईएको भन्ने तार्किक देखिएको छ l

किम्वदंती अनुसार, धार्मिक स्वभावका राजा सिद्धिनरसिह मल्ल दिनहुँ बिहान सवेरै उठेर यस थारामा नुहाउने गर्दथे l नुहाई आफुलाई पवित्र बनाई सकेपछि एक ढुंगामाथि बसेर घन्टौसम्म ध्यानमा मग्न हुने गर्दथे रे ! यसैले यसलाई "Royal Bath" भन्ने गरिएको थियो रे !

अर्को एक रमाइलो कथा अनुसार, एक रात राजा सिद्धिनरसिंह मल्ललाई निन्द्रा लागेनछ l अनेक प्रयास गर्दा पनि निन्द्राले छोपेनछ l अन्तत: आफुलाई किन यस्तो बेचैनी भनेर पत्ता लगाउन खोज्दा आफु सुत्ने ओछ्यानमा आफ्नो टाउकोको कपालमा एक सानो पराल भेटाएछ, जसले गर्दा आफुलाई सुत्नलाई गाह्रो भैरहेको थियो l सुखसयलले भरिपूर्ण राजदरवारको त्यस्तो ओछ्यानमा पनि सुत्न सक्दिन भने मेरा ती जनताहरु जोसंग गतिला ओछ्यान पनि छैन, तिनीहरु झन् के सुत्न सक्ला भन्ने मनमा लिएर त्यस दिनदेखि आफु नि त्यस ओछ्यानमा कहिले नसुत्ने र ढुंगामा नै सुत्ने निर्णयमा पुगेछन l त्यसपछिका दिनमा जाडोको थुरथुर काप्ने रातहरुमा पनि राजाले चिसो ढुंगाको सिलेतोमा नै सुत्ने अनेक अभ्यास गर्न थालेछन् रे ! भनिन्छ, राजा सुत्ने गरेको ढुंगा तुसाहिटीको त्यहि ढुंगा थियो जहाँ घन्टौसम्म ध्यानमा बस्ने गर्दथे !

तुसाहिटीमा निर्माण गरिएका ७८ देव देवताहरु निम्नानुसारको छन् :

१. बंगलामुखी
२. कल्की
३. पहिचान नभएको
४. अनन्त नाग
५. बासुकी नाग
६. तक्षक नाग
७. चन्द्र
८. कर्कोटक नाग
९. उमा महेश्वभरा
१०. कृष्ण हरी
११. अग्नी
१२. पहिचान नभएको
१३. पहिचान नभएको
१४. लक्ष्मी नरसिंह
१५. उन्मत्त भैरव
१६. पहिचान नभएको
१७. पद्मनाग
१८. सुर्य
१९. महापद्म नाग
२०. संखपाल नाग
२१. कुलिका नाग
२२. रत्न पन्च कुमारी
२३. चन्द्र भैरव
२४. भीमसेन
२५. द्वार देव
२६. त्रिजता नाग
२७. लक्ष्मी नारायण
२८. उमा महेश्वर
२९. पहिचान नभएको
३०. पवन देव
३१. यक्ष भैरव र कुमारी
३२. चन्द्र
३३. दुर्गागणपरिभेषिता चण्डी
३४.उन्मत्त भैरव र शक्ती बाराही
३५. काल भैरव र शक्ती इन्द्रायणी
३६. भिसाना भैरव र शक्ती चामुण्डा
३७. सम्हारा भैरव र शक्ती महालक्ष्मी
३८. पंचभक्ती रामपति
३९. पंचमुखा ह्याग्रिवभतारा
४०. युगमर्देश्वरा शशक्ति गन्धरा हरी
४१. वैष्णवी देवी
४२ .शिव
४३. सर्वमंगलादेवी
४४. अर्ध नारिश्वरा अष्टमुर्ति शिव
४५. भैरवोर्ध्रभक्त सप्तास्वभरा ऋद्धिविनायक
४६. अशितंगा भैरव र शक्ती ब्रम्हायनी
४७. रुरु भैरव र शक्ती महेश्वरी
४८. चन्द भैरव र शक्ती कौमार्य
४९. क्रोध भैरव र शक्ती वैष्णवी
५०. तान्डवेश्वरी
५१. शंखमुख बराह
५२. बिरभद्र
५३. नृत्यस्वरा संगितेस्वरा
५४. बिरभद्र
५५. महाकाली
५६. मात्रिकागण परिभेषिता महिश्मारधिनी
५७. वटुक भैरव
५८. क्षत्रपाला
५९. त्रिमात्रिका (चण्डिका देवी, चामुण्डा, शिभदुती)
६०. कार्तिकेय तान्त्रिक भेषमा
६१. समाश्नेस्वरी
६२. सुर्य
६३. लक्ष्मी नारायण (मुख्य हिटीमाथि)
६४. गणेश (चोरी भै सकेको अवस्था)
६५. भुतेश्वरी
६६. हरिसिद्धि
६७. स्मसना भैरव
६८. भत्सलायुक्त पंचमुखारा
६९. सिद्धि विनायक
७०. सदभक्त भैरव
७१. पंचमुख गणेश
७२. शक्तियुक्त एकादशाय समास्ना भैरव
७३. दशभक्त्रा भैरव
७४. एकास्य भैरव
७५. गौरी लक्ष्मी
७६. शक्ती चण्डिकादेवी (चामुण्डा र शिवदुतीले पछ्याई रहेको )
७७. श्रीकण्ठयुक्त सदाभक्त्र नरसिंह भैरव
७८. भगिरथ !

राजा बन्ने लालसामा सांस्कृतिक क्रान्ती भएको किर्तिपुरी नगरी



राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्ल राजा बन्ने लालसामा बिद्रोह गरि किर्तिपुर बस्न गए l राजा बन्नको लागि राज्यमा आवश्यक पर्ने विभिन्न पूर्वाधारहरु बनाउन यिनी आफै उपस्थित भै निर्माण गर्न लगाए l

१. सानै भए पनि राजदरवार क्षेत्र लायकु बनाउन लगाए
२. तलेजु मन्दिर बनाउन लगाए
३. सानी आमाका छोरा राउत विश्वनाथ बाबुले उमामहेश्वरको मन्दिर बनाए l उनि सिद्धिनरसिंहका ल्याइते श्रीमतीको कोखबाट जन्मेका थिए l
४. चिलंचो धर्मधातु मन्दिर बनाइए
५. इन्द्रायणीमा सिंह थपिए, तोरण तथा मन्दिर बनाइए
६. बाघभैरबमा काष्ठ तोरण बनाइए
७. लों देग: प्रस्तर मन्दिर बनाइए
८. उमा महेश्वर मन्दिरमा प्रस्तरका ठुल ठुला हातीहरु थपिए
९. पंच बुद्धहरु बनाइए
१०. पद्मपाणी र ताराको मुर्तिहरु बनाइए
११. भाजगालमा मन्दिर बनाइए
१२. किर्तिपुर छाडेर गै सकेपछि पनि उनको कृपादृष्टी पछि सम्म रही रहे
१३. ने.सं. ८०१ मा कोतघरमा गजुर चढाए

श्रोत : प्रयागमान प्रधानबाट लिखित "अष्टमात्रिकाको नृत्यमा भैरबको महत्व र किर्तिपुरको बाघभैरब नृत्य" लेखको केहि अंश l

Tuesday, February 12, 2019

ललितपुरको शनि देवता र भक्तपुरको #लँपँ द्य:को कुरो

ललितपुरको #शनि देवता र भक्तपुरको #लँपँ #द्य:को कुरो !

 लिच्छवी र मल्ल काललाई नेपालको स्वर्ण युग मानिन्छ l
राजा सिद्धिनरसिंह मल्लको पालाको कुरो थियो l काठमाडौं, ललितपुर र भक्तपुर बीच बिकासको प्रतिस्पर्धा नै चल्ने गर्दथ्यो l आफ्नो राज्यलाई कसरी सुन्दर र बिकसित बनाउने भनेर सोची रहन्थे l विभिन्न मठ-मन्दिरहरु बनाउन लगाउँथे । पाटनको विकास र सुन्दरता देखेर भक्तपुरको राजालाई भने औधी ईर्ष्या र डाह भएछ l तान्त्रिक र गुरुजुहरुलाई दरबारमा बोलाएर आफ्नो कुरा बताए l उनिहरुले शनि देवको मुर्ति स्थापना गरि दिएमा शनिको प्रभावले विकास सुस्त र न्यून हुने कुरा राजा समक्ष राखे ।
लँपँ द्य: रहेको ठाउँ

भक्तपुरका राजाले तान्त्रिकहरुको मद्दतद्वारा पाटनमा शनिदेवको मुर्ति स्थापना गरि दिए । पाटनका राजाले आफ्नो राज्यमा शनि देवताको मुर्ति स्थापना गरेको चालै पाएन किनकी त्यो मुर्तिलाई जमिन मुनि गाडिदिएको थियो । बिस्तारै पाटनमा अन्न कम मात्रामा फल्न थाल्यो । पाटनवासीहरु पनि अकालमै मर्न थाले । शनिको प्रभावले गर्दा विकास पनि सुस्त र अति न्यून हुन थाल्यो l जात्राहरुमा पनि अपसगुन देखिन थाले । ढुंगेधाराहरुबाट पनि पानी आउन छाडे l अत्ति नै भए पछि त्यस बेलाका पाटनका प्रख्यात तान्त्रिक (अज्या बाज्याहरु) लाई राजाले दरबारमा बोलाएछन र के भएको हेर्न लगाएछन l


तान्त्रिक दृष्टिले अध्धयन गर्दा पाटनमा शनिको मुर्ति गाडिएको हुनाले देशमा प्रतिकुल अवस्था भैरहेको र त्यो मुर्ति भक्तपुरको राजाले राख्न लगाएको पत्ता लगाएछन । यो कुरा सुनेर रिसले क्रुर भएका सिद्धिनरसिंह मल्लले शनिको मुर्ति जमिनबाट उखेल्न लगाएछन l त्यस मुर्तिलाई निर्मुल र शक्तिहिन पारेर दरबारको भण्डारमा फाल्न लगाए l शान्ती पुजा र होम पुजा गरे ।

"लँ पँ द्य:" हरिशंकरको मन्दिर
रिसले क्रुर भएका पाटनका राजाले बदलाको भाव स्वरूप तान्त्रिक विधिको सहयोगमा रातारात भक्तपुरमा दरबार जाने बाटोको बिचमा मन्दिर र खोल्न नमिल्ने ढोका राख्न लगाए l कसैले भत्काउन नसक्ने गरि तोरण बाँधी दिए । भोलिपल्ट , भक्तपुरका राजाले बाटोको बिचमा मन्दिर देखेर आश्चर्य चकित !! उनले कामदारहरुलाई भत्काउन अह्राए , तर कसैले सकेनन् । तान्त्रिकहरुलाइ बोलाइयो l गुरुजुहरुलाई बोलाइयो l तर कसैले हल्लाउन पनि सकेनन l मन्दिर जस्ताको त्यस्तै रह्यो l बाटोनै छेकिने गरि बनाइदिएको हुनाले मन्दिरको नाम नै " लँ पँ द्य:" अर्थात "बाटो छेकेर बसेको देवता" रहन गयो l

त्यो मन्दिरको ढोका खोल्न नमिल्ने कारण के थियो भनेर कसैलाई थाहा भएन l भक्तपुरबासीहरुले त्यस मन्दिरलाई "लँ पङ/पं द्य:" भन्न थाले l अन्तत: त्यस मन्दिरको नाम नै लँपँ द्य: रहन गयो ! पछि तान्त्रिकहरुलाई बोलाई के भएको हो हेर्न लगाउँदा त्यो पाटनको राजाले राखेको थाहा पाए l भक्तपुरको राजाले आफ्नो गल्ती महसुस गरे l

पाटनको दरबार सफा गरि पुनर्निर्माण गर्दा शनि देवको मुर्ति भेटिएको थियो रे ! दुर्भाग्यवस, भक्तपुरको त्यो लँपँ द्यको मन्दिर चाहिं अहिले अस्तित्वमा छैन l तर भक्तपुरको दरबार छिर्ने बीच बाटोमा दायाँ बायाँ २ जना सिंह र भर्याङ भएको मुर्ति बिहिन स्थान देख्न सकिन्छ । सायद १८९० वा १९९० को महाभुकम्पमा भत्केको र पुनर्निर्माण नगरिएको हुन सक्छ l यता ललितपुरमा रहेको लँ पँ द्य:लाई हरिशंकर भन्ने गरिएको छ ।

श्रोत : Newa People / Frannkey Franz र अन्य l भाषा मिलाउन इडिट गरिएको l

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...