Showing posts with label खोकना. Show all posts
Showing posts with label खोकना. Show all posts

Sunday, April 15, 2018

खोकना : महारानीको श्राद्ध


तिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको खोकनामा हरेक बर्ष बैशाख १ गतेको दिन महारानीज्युको बागमती नदि किनारमा श्राद्ध गर्ने चलन रही आएको छ l जनश्रुति अनुसार दक्षिणकाली मन्दिरको दर्शनका लागि निस्केको महारानीको सवारी खोकना हुँदै जानु परेको थियो रे । त्यस दिन बस्वा गुठीको तर्फबाट मन्दिरभित्र पुजा हुँदै थियो । मन्दिरमा गुठियार बाहेक अन्य कसलाई पनि भित्र जान निषेध गरिएको थियो जुन अहिलेसम्म पनि त्यस दिनमा निषेध नै छ । 

यो कुरा सुनेपछि महारानीलाई जिज्ञासा हुन थालेछ, महारानीले नै दर्शन गर्न नपाउने कस्ता देवी होला ? भनी खोकनाका बासिन्दाहरुलाई सोधपुछ गरेछन्, भित्र के भै रहेछ भनी सोधपुछ गर्दा कसैको बोलेन l त्यस दिनको बारेमा बस्वा गुठीका गुठियार बाहेक अरु कसैलाई पनि थाहा थिएन ।

महारानी भित्र जान आग्रह गरे, स्थानीयहरुले नजानु पुजा सकेपछि जानु भनी सुझाव दिए, तर महारानीको जिद्दीका कारण ,महारानी पुजा नसक्दै भित्र छिरेछन् l  भित्र छिरे माथि पुग्दा डरलाग्दो ,भयंकर स्वरूपका देवताहरु भोज खादै रहेको देखेछन् । देख्ने बितिकै डर र त्रासमा बाहिर निस्केछन् l महारानीले स्थानीयहरुलाई भित्र जे देखियो सबै सुनाए र दक्षिणकाली मन्दिरतर्फ सवारीमा निस्किए । दक्षिणकालीबाट फर्किने क्रममा खोकना नपुग्दै महारानीको रगत छाडेर मृत्यु भए । सोही घट्नाको प्रतिक स्वरूप त्यहि बेला देखि आजसम्म हरेक बर्ष बैशाख १ गतेको दिन श्री रुद्रायानी गूठीबाट श्राद्ध गरिदै आइरहेको पाइन्छ ।
 
श्रोत : रुद्रायणी गुठी (फेसबुकबाट साभार)

Tuesday, November 28, 2017

खोकना : एक परिचय एक कथा


खोकना, एक परम्परागत सानो नेवारी नगरी जुन काठमाडौबाट दक्षिण तर्फ ८ किमी दुरीमा पर्दछ  । खोकना प्राचिन समयदेखि तोरीको तेल उत्पादन गर्ने स्थानको रुपमा प्रख्यात छ । नेपालको इतिहाँसमा खोकना सबै भन्दा पहिलो सन् १९११ अर्थात चन्द्र शमशेरको पालामा  पहिलोपल्ट बिजुली बाल्ने नगरीको रुपमा परिचित छ  ।
 खोकनालाई मातृभाषा बोल्ने नेवारी गाउँ र  तोरीको तेल / बिउको प्रतिनिधिको रुपमा विश्व सम्पदा सुचिमा सुचिकृत गरिएको छ  । 

जनसमुदायमा प्रचलित कथा अनुसार यस नगरीको नाम खोकना कसरी नाम रहन गयो भन्ने बिषयमा एक रमाईलो कथा रहेछ  ।  खोकना नेवारीसब्दबाट आएको मानिन्छ जसको अर्थ खोना अर्थात "रुँदै रुँदै भन्नु" भन्ने अर्थ लाग्छ । किम्वदन्ती अनुसार, एकदिन काठमाडौं अवस्थित पचली भैरबको एक महर्जन पुजारी उच्च रुघाज्वरोको कारण बेहोस भएछ  ।  उक्त पुजारी मरेको ठानेर काजक्रिया गर्न गराउन बोकेर बागमती नदीको किनारमा पुर्याएछन् र उनको श्रीमतीलाई सति जानको लागि उनिसंगै चित्तामा बसाएछन्  ।

लासजलाउन चित्तामा आगो के लगाएको थियो, अचानक ठुलो आंधीवेरी आएछ र ठुलो बर्षा भएछ । मलामी आएका, लास जलाउन बसेका सबै आफन्तहरु भागाभाग मच्चिएछन्  । चित्तामा आगो लगाई सकेको हुनाले पुजारीको चेतना ब्युँझेछ र ज्यान जोगाएछ  ।  तर चित्तामा बसाली सकेका लास जीवित भएर आएकोले त्यहाँ जम्मा भएका आफन्तहरुले पुजारी र उनकी श्रीमतीलाई पछि नराम्रो दशा निम्त्याउने भन्दै समाज र टोलमा भित्राउन अस्वीकार गरेछन्   । अत्यन्त मर्माहत भएका पुजारी र उनकी श्रीमती त्यहाँबाट बाटोभरी रुँदै रुँदै भागे र त्यतिबेला भनिने बागमती नदीको किनारामा अवस्थित कुदेश भन्ने ठाउँमा गएर बसोबास गर्न थालेछ, जुन ठाउँ अहिले रहेको खोकनाको उत्तर पश्चिम दिशामा पर्दछ  ।

भनिन्छ, पछि सिकाली देवीले उनीहरुलाई आशिर्वाद दिईन् र उनीहरुको लागि नयाँ बासको ब्यबस्था मिलाइन् ।
त्यसको केहि समयपछि, नदीको पारी बस्ने मानिसहरुले दु:ख दिन थालेछन् र सुरक्षाको लागि उनीहरु पुन: कुदेशको पूर्वी दिशातर्फ उच्च भूभागमा बसाईं सरे जुन हालको खोकना नगरीले चिनिन्छ  । बसाईं सर्दा रुँदै रुँदै सरेको हुनाले नेपाल भाषामा आइमाई रोएकोलाई खोना भनिन्छ जुन अपभ्रंस भै खोकना रहन गएको भनाई पाइन्छ । अचेल कुदेशमा कोहि पनि बसोबास गर्दैन र पुरातात्विक हिसाबले महत्वपूर्ण स्थानको रुपमा चित्रण गरिएको पाइन्दैन  ।

यस कुदेश्मा राजा अमर मल्लको पालामा बि.सं. १५७० (सन् १५१३) मा निर्माण गरिएको ३ तल्ले श्री रुद्रायणीको मन्दिर रहेको पाइन्छ  ।  हरेक बर्ष दशैँताका ७ दिनसम्म रुद्रायणी जात्रा गर्ने गरिन्छ  । खोकना बासीहरु यसै रुद्रायणी जात्राको कारण दशैं मनाउने गरिंदैन ।

Monday, November 27, 2017

खोकना जात्रामा परिवर्तन

सामाजिक संजाल, सर्वसाधारण तथा बिदेशी सामाजिक संस्थाहरुको ब्यापक बिरोध र आलोचनाको कारण यस बर्ष खोकनामा पोखरीमा पाठी फ्याँकेर अमानवीय तरिकाले लुछाचुँडी गर्दै मारेर रमिता देखाउने जात्रा यस बर्ष सुधार गर्दै फरक तरिकाले मनाइएको छ ।

यस बर्ष पाठीलाई पहिले जस्तै लुछाचुँडी नगरेर पाठीलाई पानीभित्र लगिए पनि भित्रभित्रैबाट निकाली जात्रा सम्पन्न गरेको थियो ।

बुढापाकाको भनाई अनुसार जमानामा उक्त पोखरीमा मान्छेहरु खसेर मर्ने गरेको तथा पोखरीमा पाठो फ्याँकेर उक्त  क्रम रोकिएको विश्वास अनुसार वर्षेनी पाठो फ्याँकेर लुछाचुँडी गर्दै मारेर जात्रा मनाउंदै आएको थियो ।







फोटो साभार : सेतोपाटी

Monday, September 4, 2017

खोकनामा दशैको बेला सिकाली जात्रा

नेपाल अधिराज्यभर दशैँ मनाउंदै गर्दा काठमाडौ उपत्यका भित्रै अवस्थित खोकनामा भने दशैँ मनाईदैन, तर सिकाली जात्रा चाहिं दशैँ सरह नै धुमधामले मनाउने गर्दछ !

किम्वदन्ती अनुसार, 
धेरै वर्षअघि महिसासुर नामक दैत्यले देवतालाई निकै दुःख दिएछ । दैत्यहरूले सधै विध्वंस गर्न थालेपछि देवताहरूको बैठक बसेछ । उनीहरूले निर्णय गरे, सबभन्दा पहिला महिसासुर कहाँ छ – पत्ता लगाउने ।

भैरवले अन्तरध्यान भएर महिसासुरको खोजी गरे, तर सकेनन् ।
त्यसपछि कुमारले प्रयास गरे, उनले पनि सकेनन् ।
सिङ्नी-व्याङ्नी पनि असफल भए ।
नागराजको पनि केही लागेन ।
गणेश, रुद्रायणी, कुमारी, ब्रह्मायणी, नारायण, काली, वाराही, महालक्ष्मी, हनुमान कसैले पनि महिसासुरलाई खोज्न सकेनन् । त्यसपछि फेरि देवताहरूको बैठक बसेछ ।
अब के गर्ने ? सबैको चिन्ताको विषय यही थियो । उनीहरूले फेरि व्यापक छलफल गरे । उनीहरूले धान भुटेर त्यसको लाभाले मायादेवीको क्षमापूजा गर्ने निर्णय गरे ।

पूजा गर्न भैरवले महादेवको रूप धारण गरे ।
काली विष्णु बनिन्, वाराहीले ब्रह्माको रूप लिइन् ।

यसरी पूजा गर्दा पनि समस्या समाधान नभएपछि बलि दिने निर्णय भयो । बलि त दिने, तर भोग लिने कसले भन्ने कुरा आयो। रूप फेरेका भैरव, काली र वाराही फेरि आफ्नै स्वरूपमा आए । त्यसमा कुमारी देवतासमेत थपेर चारजना पुर्‍याइयो । पूजा सुरू भयो । राँगा, बोका र हाँसको बलि दिइयो । चारजना देवताले भोग लिए । समस्या समाधान भयो ।

केही वर्षपछि समस्या फेरि बल्भि्कयो । भोग दिएका जनावर र पंछी राक्षसहरूले लुटेर खान थाले ।

राक्षसहरूको दुःखबाट बच्न बस्ती नै सारियो, अहिलेको खोकनामा । पुरानो बस्ती खोकनाबाट १५ मिनेट दुरीमा छ । बस्ती सार्दा तान्त्रिक हिसाबले देवीलाई पनि नयाँ बस्तीमा सारियो, जुन अहिले सिद्धिकाली रुद्रायणी मन्दिरको नाउँले चिनिन्छ । तान्त्रिकले आफ्नो तन्त्रविद्याबाट हेर्दा नयाँ मन्दिरमा बस्न देवी राजी भइन्, तर प्रसाद लिन मानिनन् । त्यसैले भोग नयाँ मन्दिरमा दिए पनि प्रसाद चढाउन पुरानै मन्दिर लगिन्छ । त्यति गरेपछि अहिलेसम्म राक्षसहरूले दुःख दिएका छैनन् ।

बस्ती सार्दा तान्त्रिकहरूले सिद्धिकाली जात्राको मिति पनि सारे । पहिला यो जात्रा गाईजात्राको दिन मनाइन्थ्यो । बस्ती सरेपछि देवीलाई यो स्वीकार्य भएन । नयाँ देवीलाई मन्जुर हुनेगरी नयाँ मिति जुराउँदा दसैंमा पर्‍यो । त्यसपछि खोकनाबासीहरुले दसैं मनाउन भ्याएन । खोकनाबासी गाईजात्राको दिन दसैं मान्छन्, तर टिकाजमरा केही लाउँदैनन् । उनीहरूको गाईजात्रा पनि पात्रोभन्दा एक दिन ढिला पर्छ ।

सिद्धिकाली जात्रा आश्विन शुक्लपक्ष तृतीयाको दिन सुरू भई नवमीसम्म चल्छ । यतिखेर उनीहरूलाई दसैंको होइन, सिद्धिकाली जात्राको चटारो हुन्छ ।

परम्पराअनुसार तृतीयाको दिन तीनवटा राँगा बलि दिइन्छ । राँगाको रगत सिकाली चौरस्थित पुरानो मन्दिरमा चढाउन लगिन्छ ।

चौथीको दिन बाजागाजासाथ ४६ जना देवताको विधिपूर्वक पूजा हुन्छ ।
पञ्चमीको दिन रुद्रायणी मन्दिरको मूर्ति बाहिर ल्याइन्छ । गाउँलेहरू आ-आफ्नो इच्छाले पशु-पक्षी बलि चढाउँछन् । सरकारी पूजा पनि यही दिन हुन्छ। गाविसले यो दिन एउटा राँगा बली दिन्छ। ४६ जना देवतालाई भोज पनि ख्वाउँछ। यही दिन मूर्तिलाई खटमा राखेर सिफल चौरस्थित पुरानो मन्दिर लगिन्छ ।

षष्ठीमा ४६ जनै देवताले मन्दिर घुम्छन् । मूर्ति ल्याएर गाउँको चोकचोक घुमाइन्छ ।

सप्तमीमा नाच लिला हुन्छ भने अष्टमीको दिन रुद्रायणी मन्दिरमा मूर्ति स्थापना गरिन्छ। नवमीमा नाचका सामान, पोसाक र गहना थन्क्याइन्छ। मुकुट मन्दिरमा राखिन्छ
 
अनि दशमीको दिन पूर्ण विश्राम लिइन्छ । जात्राका बेला उनीहरू आफ्ना सबै नातेदारलाई डाकेर भोज गर्छन् । हुन त यसैलाई दसैं भन्दा पनि हुन्छ । तर, अरूजस्तो उनीहरू टिकाजमरा लगाउँदैनन् । टाढा रहेका आफन्तकहाँ टिका थाप्न जाँदैनन्, न टिका लगाउन कसैलाई घरमा निम्तो दिन्छन् । किन भने जात्राभरिको थकान दशमीको दिन मेट्छन, आराम गर्छन | त्यस दिन देवताको टिका लगाउँछन
 
मल्ल्कालिन राजा अमर मल्ल्को पालामा शुरु भएको यो जात्रामा देवताको मूतिर्लाई सिकाली चौरमा राखेर जात्रा गरिने भएकाले सिकाली जात्रा भनिएको बुढापाकाको भनाई छ । नेपाल सम्वतको ३३३ वर्ष अघि उत्पति भएको खोकनामा ३३६ देखि जात्रा गर्न थालिएको हो । यो जात्रा स्वस्थानी कथामा आधारित छ

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...