Showing posts with label लगनखेल. Show all posts
Showing posts with label लगनखेल. Show all posts

Tuesday, June 5, 2018

लगनखेल : सप्तपाताल पोखरी



धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ललितपुर, लगनखेल अवस्थित १४ रोपनीमा फैलिएको सप्त पाताल पोखरीको हालत यस्तो छ l

रातो मच्छिन्द्रनाथ र मीननाथको जात्रा सकिए पछि जात्रा सकियो भनेर स्वर्गलोकमा इन्द्र देवतालाई सन्देश पठाउने गरिन्छ ।

त्यस्तै सन्देश पाताललोकमा नाग देउतालाई पनि पठाउने गरिन्छ ।
बौद्ध तान्त्रिक विधिअनुसार यही जेठ १९ को दिन साइत परेको छ, साइतको दिन आकाशमा भुर्रर उडाइने एकजोडी भँगेराले स्वर्गसम्म हाम्रो सन्देश लैजाने गरिन्छ भन्ने बिस्वास गरिन्छ ।

नाग देउता कहाँ पो कसरी पुर्याउने ?

पहिले लगनखेलमा सप्तपाताल पोखरी थियो । एकजोडी हिलेमाछा पोखरीमा छाडिन्थ्यो। त्यही माछा सन्देश लिएर सुलुल्ल बग्दै पाताल पुग्ने गर्दथ्यो ।

Thursday, August 31, 2017

लगनखेल : बटुक भैरब



बटुक भैरवलाई मीननाथका कुलदेवता मानिन्छ । लिच्छवि राजा अंशुवर्माले प्रयाग भ्रमणबाट फर्केपछि यसको स्थापना गराएका थिए रे । वि.सं. १९९१ सालमा जुद्धशमशेरले यस मन्दिरलाई जीर्णोद्धार गराएका थिए । महादेवको उग्र रुप मानिने वटुक भैरब काठमाडौ उपत्यकामा पुजिने अष्ट भैरबहरु मध्य एक हुन् ।

कथा अनुसार एक पटक ब्रह्मा, विष्णु र महेश्वरबीच को ठूलो भन्ने विवाद हुँदा सबैले आ-आफ्नो महानता दर्शाएकाले शिवजीले पनि आफुलाई ठूलो देखाउन भैरवको रूप लिएको मानिन्छ । ब्रह्माले आफु सृष्टिकर्ता भएको भन्दै आफू नै ठूलो हुने दावा गर्दा महादेवले ब्रह्माका पाँच वटा टाउकामध्येको एउटा टाउको काटिदिएको धार्मिक कथन रहेको छ । भैरवहरू तान्त्रिक देवता मानिन्छन् । उनीहरू भैरवीसँगै पुजिने हुनाले शक्तिपीठहरूमा भैरवको पनि स्थापना गरिएको हुन्छ । लगनखेलको बटुक भैरवको स्थापना पनि तान्त्रिक विधिबाटै गरिएको मानिन्छ । यिनको पूजा भैरवीसाथ हुने गरेको छ ।
 
श्रोत : राजुनेपाल.कम

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...