Showing posts with label बागमती. Show all posts
Showing posts with label बागमती. Show all posts

Wednesday, August 8, 2018

क्रकुछन्द बुद्ध र बागमती नदीको सन्दर्भ


 स्वयम्भु पुराणमा वर्णित अनुसार उहिले मान्छेको आयु ४०००० बर्ष भएकोबेला क्रकुछन्द बुद्ध जन्मेका थिए  । लामो आयु भएका क्रकुछन्द बुद्ध संसार उद्दार गर्ने भन्दै संसार घुम्ने क्रममा नेपालमण्डल पनि आइ पुगे  । नेपालमण्डलमा दिब्य उपदेश दिंदै घुम्दै गर्दा संसारबाट मुक्त भएर निर्वाण लाभ गर्ने इच्छाले गुणध्वज नामक ब्राम्हण सहित ४०० ब्राम्हणहरु, ३०० क्षेत्रीयहरु, थुप्रै वैश्य तथा शुद्रहरु पनि प्रवज्या ब्रत धारण गरि भिक्षु हुने इच्छा प्रकट गरे
यसपछि क्रकुछन्द बुद्धले सकलजनलाई शंखोदक पर्वतमा लगेर दारीजुँगा खौरन लगाई चुडाकर्म गराए 
। यसरि भिक्षु भएकाहरुलाई स्नान गराउन त्यहाँ कतै पनि पानी चाहिं भेटिएन ! खोज्न जाँदा पनि कतै पानी भेटिएन  । यसपछि बज्र सत्वको निर्माणकाय शक्ति भएका क्रकुछन्द बुद्धले एक वाक्य उच्चारण गरे र पर्वतबाट पानी बग्न थाल्यो  । वाक्यबाट पानी उत्पति भएकोले यसको नाम बाक्यमति भनि प्रख्यात भए र अनन्तकालमा अपभ्रंश भै बागमती भन्न थालिएको हो

हालको शिवपुरी पर्वतलाई क्रकुछन्द बुद्ध पर्वत पनि भनिन्छ 
। बाक्यबाट उत्पति भएको पानीको मुहानमा बाघको मुख जोडेर बागद्वार नामाकरण किन र कसरी गरिए ...कसैलाई किम्वदन्ती थाहा छ भने पोष्ट गरि दिनु होला 

Tuesday, August 29, 2017

पंचमुखी महादेव



पचली भैरवको पूरा नाम पञ्चली भैरव हो यसलाई स्वच्छन्द भैरब पनि भनिन्छ   विष्णुमती, बागमती र भद्रमती नदिको संगम स्थलमा महानागको स्थान रहेको पाइन्छ यस दोभानमा पन्चलिंगको मुर्ति पाइन्छ, त्यसैले यो दोभानलाई पंचलिंग तिर्थ पनि भनिन्छ
 
राजतिर्थको किनारमा अवस्थित पञ्चली भैरवको कथा बेग्लै छ नेवारहरुले पञ्चमुखी महादेवलाइ रुद्रको रुपमा लिने गरेको पाइन्छ बौद्धमार्गीले स्वच्छन्द भैरव भनेर मानेता पनि हिन्दु धर्ममा र बौद्ध धर्ममा देव अलग अलग रुपले व्याख्या गरेको पाइन्छ । यसै महादेवलाइ रुद्र भनिएता पनि भारतको रुद्रसँग रुप र कथाहरु मेल खाँदैन यस महादेवलाई नेवारहरुले प्रयोग गर्ने गुप्त तन्त्र वा गुप्त विद्यामा शिर्ष देवको रुपमा पनि मानिन्छ

- भाई सन्दिप महर्जनसंग अन्तरक्रियामा आधारित

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...