Showing posts with label विष्णु. Show all posts
Showing posts with label विष्णु. Show all posts

Thursday, October 5, 2017

विष्णुको १० अवतार र बैज्ञानिक सभ्यताको समानान्तरता


विष्णुको १० अवतार र बैज्ञानिक सभ्यताको समानान्तरता


१. मत्स्य अवतार - पानी जीवहरुको उत्पति
२. कछुवा अवतार - पानी र जमिन दुवै थलमा बस्ने जिवहरुको उत्पति
३. बराह अवतार - जंगली र स्तनपायी जन्तुहरुको उत्पति
४. नरसिङ अवतार - अर्ध मनुष्य र अर्ध जन्तु - मानवीय विचार एवं चेतनशिल जन्तुहरुको उत्पति
५. वामन अवतार - मनुष्यधारी जन्तुहरुको उत्पति
६. परशुराम अवतार - प्रथम मनुष्यको उत्पति
७. राम अवतार - मनुष्य
८. कृष्ण अवतार - मनुष्य
९. बुद्ध अवतार - मनुष्य
१०. कल्की अवतार - मनुष्य

Tuesday, August 29, 2017

देउसी गीतमा सुनिने बलि राजाको कुरो

किम्वदन्ती अनुसार प्राचिन बैदिक कालमा असुरराज बली नाम गरेका एक राजाले पृथ्वीमा शासन गर्दथे । उनी दानी भएकाले हरेक दिन केही न केही दान नगरी खाँदैनथे । यस्तो पुण्यको प्रतापले स्वर्गका देवताहरूले भगवान् विष्णुको प्रार्थना गरे ।

उनीहरूलाई विष्णुले बलीलाई दमन गरी पाताल पुर्‍याउने आश्वासन दिएबमोजिम विष्णु स्वयं वामन अवतार धारण गरी ब्राह्मणको रूपमा बलीसामु पुगे । बलीले दान माग भनेपछि उनले तीन पाउ जमिन मागेछन् ।

सानो ब्राह्मण भनेर दिन थालेका बलीले दिएको दानमा बामनको एउटा पाउले पृथ्वी ढाक्यो, अर्को पाउले आकाश ढाक्यो र तेस्रो पाउले बली पृथ्वीमुनि पातालमा भासिन पुगे । त्यसपछि बलीले वर्षमा एकपटक पृथ्वीमा आउन पाउने अनुमति मागे र विष्णुले पनि दिए ।
 
 वर्षमा पाँच दिन कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिई यस समयमा बलि राजाको पूजा गरेमा आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पनि पूजा गर्ने गरिएको छ सोही सन्दर्भलाई देउसीभैलेले तिहारमा बली राजाले पठाकोजस्ता देउसीभैली भट्ट्याउने गर्छन् ।

“हामी त्यसै आएनौंँ बलिराजाले पठाए” !!

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...