राजा आनन्ददेवको पालामा
कलि सम्बत ४१९७ तिर भक्तपुरको एक तान्त्रिकले थिमीको स्वास्नी बिबाह गरि
आनन्दसंग बस्दै आएका थिए । एक दिन स्वास्नीले आफ्नो लोग्नेलाई तपाईं अनेक
रुप देखाउन सक्नु हुन्छ, मलाई पनि एक रुप देखाउ भनी सार्है धिपी गरेछिन् ।
लौ हुन्छ, तर नडराइस । डरायो भने मलाई यो अक्षताले हान्नु भन्दै मन्त्र
फुकेर केहि अक्षताहरु स्वास्नीको हातमा राखी दिएछन् र आफू अलि तल छेडीमा गइ
भयंकर नागको रुप लिइ माथि आएछ्न् । भयंकर नाग देखेर स्वास्नी सार्है
डराइन् र हातमा रहेका अक्षताहरु लोग्नेलाई नहानी यताउता फालेर भागेछिन् ।
नाग आफ्नो स्वास्नीको पछि पछि कुददै गए र हालको सिद्धपोखरी निर आईपुग्दा
प्रातकाल सुरु भए । लौ अनर्थ हुने भो भन्दै त्यो नागरुपी तान्त्रिक त्यतै
लोप भए र नाग त्यतै रहे । कालान्तरमा त्यो ठाउँ सिद्ध पोखरीको नामले प्रचार
भए । भनिन्छ, यस सिद्धपोखरीमा उहिले उहिले थिमिलेहरु जानू हुँदैन भन्ने
जनबिश्वास रहि आएको छ । कथंकदाचित गएमा यस पोखरीमा रहेको पानी अनौठो
तरिकाले खलबल भै उत्पात मच्चाउँछ भन्ने जनविश्वास रहेको छ । पछि जंगबहादुर
राणाले यस पोखरीको चारैतिर ध्वाखाहरु बनाई भित्र ढुंगा छापेर घाट बनाई अति
राम्रो र सुन्दर पोखरी बनाई दिएका थिए ।
#आधार : देवमाला बंशावली
No comments:
Post a Comment