Showing posts with label ब्रम्हा. Show all posts
Showing posts with label ब्रम्हा. Show all posts

Tuesday, September 19, 2017

शृष्टिको प्रारम्भ : पुरुष रजस्वला


एक समय यस्तो थियो, जुन बेला महिला हैन, पुरुषलाई रजस्वला हुने गर्दथ्यो र पुरुषले नै सन्तान जन्माउने गर्दथ्यो ।  पत्यार लागेन है ?


पुराणमा वर्णित कथा अनुसार सृष्टिको आरम्भमा सबै भन्दा पहिले त्रिदेव प्रकट भए - ब्रम्हा, बिष्णु र महेश्वर ।  भगवान बिष्णुले आफ्नो नाभी / नाइटोबाट ब्रम्हाजीलाई जन्माए, आफ्नो बुढी औंलाबाट देवी गङ्गाजीलाई उत्पति गराए ।  भगवान विष्णुले ब्रम्हाजीलाई सृष्टिको बिकासको काम सुम्पे र सोहि अनुरुप ब्रम्हाजीले आफ्नो योगबलद्वारा ७ ऋषिहरु (सप्तऋषि) र आठौ सन्तानको रुपमा नारदलाई जन्माए



ब्रम्हाजीले जुन हिसाबले सन्तान उत्पन्न गर्दै थियो, धेरै समय लागि रहेको थियो ! यसै सन्दर्भमा ब्रम्हाजीले भगवान बिष्णु र शिवजीलाई अरु कुनै बिधि अपनाउन सुझाउँदै थियो ताकी धेरै सन्तानहरु जन्माउन सकियोस ब्रम्हाजीको यो चिन्ता देखेर भगवान शिब अर्धनारिश्वरको रुपमा प्रकट भए र संसारमा नारी स्वरूपको आगमन भए ।  भगवान शिवले ब्रम्हाजीलाई अब देखि स्त्री पुरुषको समागमनबाट सन्तानहरु थप हुँदै शृष्टिको बिकास हुने बताए ।  तर यसको लागि स्त्री रजस्वलाको आवश्यक भयो जबकी त्यतिबेलासम्म भगवान आफैलाई मात्र रजस्वला हुने गर्दथ्यो


एक दिन पार्वतीले भगवान शिवलाई पुरुषको कपडामा रातो रातो दागहरु सार्है मन परेको बताएछ र आफुलाई पनि त्यस्तै वस्त्र ल्याई दिन जिद्दी गर्न थालेछ ।  भगवान शिवले पार्वतीलाई सम्झाउनु सम्झाए तर पार्वती मान्दै मानेन पार्वतीको जिद्दीले दिक्क भएका भगवान शिवले पार्वतीलाई अब देखि पुरुष हैन, महिलालाई रजस्वला हुनेछ भनेर बरदान दिएछ र आजसम्म पनि सन्तान र सृष्टि निरन्तरताको अहम जिम्मेवारी महिलालाई मात्र प्राप्त भएका छन्


 

Thursday, August 31, 2017

लगनखेल : बटुक भैरब



बटुक भैरवलाई मीननाथका कुलदेवता मानिन्छ । लिच्छवि राजा अंशुवर्माले प्रयाग भ्रमणबाट फर्केपछि यसको स्थापना गराएका थिए रे । वि.सं. १९९१ सालमा जुद्धशमशेरले यस मन्दिरलाई जीर्णोद्धार गराएका थिए । महादेवको उग्र रुप मानिने वटुक भैरब काठमाडौ उपत्यकामा पुजिने अष्ट भैरबहरु मध्य एक हुन् ।

कथा अनुसार एक पटक ब्रह्मा, विष्णु र महेश्वरबीच को ठूलो भन्ने विवाद हुँदा सबैले आ-आफ्नो महानता दर्शाएकाले शिवजीले पनि आफुलाई ठूलो देखाउन भैरवको रूप लिएको मानिन्छ । ब्रह्माले आफु सृष्टिकर्ता भएको भन्दै आफू नै ठूलो हुने दावा गर्दा महादेवले ब्रह्माका पाँच वटा टाउकामध्येको एउटा टाउको काटिदिएको धार्मिक कथन रहेको छ । भैरवहरू तान्त्रिक देवता मानिन्छन् । उनीहरू भैरवीसँगै पुजिने हुनाले शक्तिपीठहरूमा भैरवको पनि स्थापना गरिएको हुन्छ । लगनखेलको बटुक भैरवको स्थापना पनि तान्त्रिक विधिबाटै गरिएको मानिन्छ । यिनको पूजा भैरवीसाथ हुने गरेको छ ।
 
श्रोत : राजुनेपाल.कम

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...