Showing posts with label इन्द्रेश्वर महादेव. Show all posts
Showing posts with label इन्द्रेश्वर महादेव. Show all posts

Monday, September 4, 2017

सिन्धुपाल्चोक : हरलङ्ग बरलङ्गमा भैरवी देवी

परापूर्वकाल देखिनै दिनरात यस देवीको मुर्तिलाई जङ्गलको विचमा रहेको टापुमा बाघ र बाघका बच्चा डमरुले घेरेर राख्ने गर्दथे । सत्ययुग देखिनै सिन्धुपाल्चोकको यस क्षेत्र अवस्थित ३ टापु मध्य अन्तिम टापुमा भैरवी देवीले आफ्नो बसोबासको लागि रोजेको जनविश्वास पाइन्छ । भैरवीको मन्दिर अगाडी इन्द्रेश्वर महादेवको उत्पती भएपछि लोकप्रियता निकै बढेको भनाइ छ ।

तीनवटा टापु भएकोले यस क्षेत्रलाई परापूर्व कालदेखि नै त्रिपुराको नामले चिनिँदै आएको छ । हरलङ्ग बरलङ्गमा धनधान्य पूर्णिमा अर्थात मंसिर पूर्णिमाका दिन देखि पञ्चमीको दिन सम्म ५ दिन मेला लाग्ने गर्दछ ।
हरलङ्ग बरलङ्गभैरबी देबी / इन्द्रेश्वर महादेव प्रांगण

काठमाडौं, नुवाकोट, रसुवा काठमाडौं, भक्तपुर दोलखा काभ्रे, धादिङ नुवाकोट, रामेछाप, सिन्धुलीसम्मका भक्तजनहरु हरलङ्ग बरलङ्ग देवीको दर्शन गर्न आउने गरेको छन् । यो देवीको दर्शन गर्नाले मनोकाँक्षा पुरा हुने, दुःख दरिद्रबाट मुक्त हुने जन विश्वास पाइन्छ ।

वि.सं. २०६९ साल चैत ८ गते उत्पती भएको महादेवको स्फटिक लिंग आकारको शिला उत्पती हुँदा विभिन्न धार्मिक महत्वका वस्तु उत्खनन् गर्न मन्दिर परिशरमा चलाइएको डोजर अचानक नचलेको र दिउँसै घामलागिरहेको अवस्थामा अन्धकार छाएको स्थानियहरु बताउँछन् । हावा हुरी र असिना पानी परी बज्रपात भएको दिउँसै बत्ती बाल्नु पर्नै अवस्था सृजना भएपछि उत्पती भएको शिलालाई ज्योतिषी ल्याई इन्द्रेश्वर महादेवको रुपमा विभिन्न पुजा आजा गरेर स्थापना गरेपछि वज्रपात तरेको इन्द्रेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष महेन्द्र श्रेष्ठ बताउँछन् । 

 
धुलिखेलबाट ३२ किमी  । 

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...