किम्बदन्ती अनुसार परापूर्व कालमा यसै जमल क्षेत्रको खेतमा एक जना
ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । उक्त
मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान
झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको
किम्वदन्ती छ । सोही परम्परा अनुसार करुनानायम देवताको जात्रा चलाउँदा
अहिले पनि मुर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ ।
यस ब्लगमा पौराणिक, धार्मिक, किम्वदन्ती कथाहरुलाई संग्रह गरिएको हो, आफु मनखुसि लेखेको होइन । पौराणिक कथाहरु, धार्मिक पुस्तकहरु, जनश्रुतिलाई आधार मानेर संकलन गरिएको हो, सकेसम्म श्रोतहरु खुलाइने छ ।
Showing posts with label जमल. Show all posts
Showing posts with label जमल. Show all posts
Tuesday, March 20, 2018
Monday, April 3, 2017
सेतो मछिन्द्रनाथको जात्रा
नेपाल सम्बतको तेस्रो महिना पोहेलाथ्व, अष्टमीको दिन बेलुकीपख सेतो मछिन्द्रनाथलाई नुहाई दिने र सजाई दिने गरिन्छ । यस दिन मछिन्द्रनाथ देवतालाई जनबहाल अवस्थित मछिन्द्रनाथको मन्दिरकै प्राङ्गणको डबलीमा ल्याइन्छ । मछिन्द्रनाथ
देवताले लगाएका सबै आभूषण, गरगहना तथा लुगाहरु फुकालिन्छ । त्यसपछि दुध,
घ्यु, मह, तातो पानी, चिसो पानीले तान्त्रिक विधि अनुसार नुहाई दिन्छ ।
नुहाई दिने र पछि रंगहरु लगाई सजाउने सम्पूर्ण गतिविधिहरु मन्दिरकै
पुजारीहरुले गर्ने गर्दछन् । यस समारोहमा
नेपालको जीवित देवी कुमारीले पनि भाग लिने गर्दछ । मछिन्द्रनाथलाई बर्षा र
सहकालको देवताको रुपमा मानिन्छ । हिन्दु तथा बौद्धमार्गी सबैले मान्दै आएको सेतो मछिन्द्रनाथलाई करुणामय, अवलोकितेश्वर र जमलेश्वरको नामले पनि चिनिन्छ । सेतो मछिन्द्रनाथलाई यसरी नुहाई दिंदा समस्त मानवजातीमा परिवर्तन र नयाँ उर्जा प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।
किम्वदन्ती अनुसार राजा यक्ष मल्लको पालामा कान्तिपुरीबासीहरु मृत्युपछि
स्वर्ग जान पाइन्छ भन्दै कान्तिपुरका पबित्र नदिहरुमा स्नान गर्दै स्वयम्भु
दर्शन गर्न जाने गर्थे । एकदिन यमराजले कान्तिपुरबासीका यी गतिविधिहरु र
भगवान स्वयम्भुनाथको यस शक्तिको बारेमा थाहा पाएछ र यमराज स्वयम् मान्छेको
भेषमा स्वयम्भूको दर्शन गर्न भनि आएछ । यमराज यसरी मान्छेको भेषमा
स्वयम्भुनाथको दर्शन गर्न आएको कुरा राजा यक्ष मल्ल र उसका तान्त्रिक
गुरुहरुले थाहा पाएछ र यमराज फर्किने बेलामा समातेर आफुहरु सधै अमर हुने
बरदान मागेछ र यमराजलाई छोड्न मान्दै मानेनन् ।
यमराजलाई फसाद ! फसादमा परेपछि यमराजले उनीहरुबाट मुक्ति पाउन आर्य-अवलोकितेश्वर (सेतो मछिन्द्रनाथ)लाई प्राथना गरेछ । सेतो मछिन्द्रनाथ (सेतो
रंगको देउता, आधा आँखा खोलेका) तुरुन्तै पानीबाट प्रकट भए र कालिमाटी र
बागमती क्षेत्रभित्र मन्दिर बनाई रथ तान्ने जात्रा चलाउन आज्ञा दिएछ ।
तदनुसार हरेक बर्ष चैत्र महिनामा ३ दिन जमल देखि भोटाहिटी, भोटाहिटी देखि
हनुमान ढोका र हनुमान ढोका देखि लगन टोलसम्म जात्रा चलाउन लगाए । कथाअनुसार मछिन्द्रनाथ देवताले कान्तिपुरबासीहरुलाई सुखमय जीवन तथा दिर्घायुको लागि बरदान दिन्छ भने जनविश्वास रही आएको छ । यसैको प्रतिकको रुपमा सेतो मछिन्द्रनाथको जात्रा हरेक बर्ष निरन्तर चल्दै आएको छ ।
Subscribe to:
Posts (Atom)
सर्पलाई दुध चढाउनु गलत
सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...
-
स्वयम्भू महाचैत्यको उतर-पश्चिम कुनामा छत्र शैलीको रहेको दुई तल्ले मन्दिर हारती महायक्षणीको मन्दिर हो । हारती महायक्षणीले स्वयम्भू भूगर...
-
अचेल थुप्रै ब्यक्तिहरु नेवार कन्याको यती पल्ट बिहे हुन्छ, उति पल्ट बिहे हुन्छ भन्दै गलत व्याख्या गर्ने गरेको पटक पटक सुन्नमा आउन थालेको...
-
कल्खु अजिमा अर्थात कलंकी अजिमालाई करखुसी ( मनमती / कालीमाटी खोला ) र बल्खु खोला (इन्द्रमती ) को बीचभागमा विराजमान भै कलह र कलंक नास ग...
-
धेरै वर्ष पहिले नेपाल सुप्रभा नगर (थानकोट) राजधानी भएको बाणासुरको राज्यमा दानासुर र कच्छपासुर भन्ने दुई छोरा र प्रभावती नाम गरेकी...
-
ललितपुर अवस्थित १८ मुख्य बहाल मध्ये एक प्रख्यात बहाल हिरण्य बर्ण महाविहार, क्वा:बहाल हो । हिरण्य बर्ण महाविहारलाई धर्म र संस्कृतिको अनुपम...
-
काठमाडौं, नयाँ सडक अवस्थित महाँकाल भैरवकोकथा लिच्छवीकालको कुरा हो, उपत्यकामा धेरै समयसम्म खडेरी परेछ । घाम चर्को, पानी चाहीँ नपर्ने । पा...
-
मुख अष्टमी – पञ्चबुद्धको मुकुट लगाएको महादेवको प्रसङ्ग बिरुपाक्षको मुर्ति उहिलेको कुरा, नेपालमा धर्मदत्तको शासन कालमा बिरुपाक...
-
हरेक साल चैत्र शुल्क तृतीयाको दिन विश्व शान्तिको कामना गर्दै नालामा सेतोमछिन्द्रनाथको जात्रा मनाइने गर्दछ । पुजारी पुण्यराज बज्राचा...
-
मिथिलाबाट ज्वाई बनेर आएका जयस्थिति मल्लले नेपालमण्डल अर्थात काठमाडौं उपत्यकालाई कब्जा गर्नु पुर्व यहाँका राज्य ब्यबस्था पुरै सक्रमणकालमा...
-
नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमादेवी , लुकुमहाद्य: (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चर्हे मनाइने गरिन्छ ...

