धेरै
वर्ष पहिले नेपाल सुप्रभा नगर (थानकोट) राजधानी भएको बाणासुरको राज्यमा
दानासुर र कच्छपासुर भन्ने दुई छोरा र प्रभावती नाम गरेकी एउटी छोरी थिइन् ।
कच्छपासुरले बहिनीको जलक्रिडाको लागि पोखरी बनाउँछु भनी चोभार गल्छीमा
सुतेर नेपाललाई जलमय तलाउ बनाइदिएका थिए ।
पौराणीक कथा अनुसार महादेवलाई काम बाण प्रहार गरेकोले रिसाई कामदेवलाई भष्म गरिदिएको र रतिको बिलौनाले त्रेतायुगमा कृष्णका छोरा प्रद्मुम्नसंग प्रभावती भई मिलन हुने बरदान पाएका थिए । सोहि अनुसार एक रात प्रभावतीले श्रीकृष्णको छोरा प्रद्मुम्नलाई स्वप्नमा दर्शन मिलेपछि मुग्ध भई वरण गरेकी थिइन् । नारदद्वारा प्रभावतीको खवर पाएर प्रद्मुम्न दानासुरसँग लडाई गरी प्रभावतीसँग विवाह गरेका थिए ।
श्रीकृष्णले नेपाल मण्डल खोल्ने भनि चोभार न्हसीकाटमा सुदर्शन चक्र प्रहार गरे ।
प्रद्मुम्नले जलमा सुतेको कच्छपासुरलाई मारी दष्टारत्न मणी लिए ।
जलमा दैत्यसँग युद्ध गर्नको लागि श्री गणेशलाई जलविनायक नाम राखी स्थापना गरे ।
त्यतिबेला गणेशको प्रार्थनाले बासुकी नाग स्वरुप भई सँगै संगै बसेका थिए ।
चोभार कच्छपको शरीर भएकोले कर्म गिरी, कच्छपाल पर्वत पनि भनि आएको पाइन्छ ।
प्रभावतीय तिर्थ नख्खु खोला
श्रीकृष्णका बुहारी प्रभावतीले दाजु कच्छपासुरलाई पवित्र पार्न गरेको आराधना अनुसार श्रीकृष्णले वरदान दिई कच्छपासुरलाई पवित्र पार्न प्रभावती नख्खु खोला भई र कच्छपासुरलाई पवित्र पारिन । यो चोभारको पूर्वमा रहेको बाग्मतीको सुलक्षण तिर्थ सुन्दरीघाट पाटनको नख्खु खोलाको संगम त्रिवेणी ठूलो तिर्थ हो । बाग्मती किनारमा बालकुमारी रहेको छ । यसैलाई प्रभावतीय तिर्थ वा जयश्री तिर्थ भन्दछन् ।

श्रोत : http://bit.ly/1SlgnCk
No comments:
Post a Comment