१२ बर्षे बिशेष मेलाको अवसरमा परम्परा अनुसार
पहिलो दिन छ्यासीकोटदेखि भैँसेपाटीसम्म
दोस्रो दिन भैँसेपाटीदेखि नख्खु खोलासम्म
तेस्रो दिन नख्खु खोला देखि युलाखेल हुँदै पुल्चोकसम्म रथ तान्ने गरिन्छ ।

तेस्रो दिनको रथ जात्रा बारे एउटा रमाइलो कथा रहेको छ । रथलाई नख्खु
खोलाबाट तानेर युलाखेलमा विश्राम गराइन्छ । किम्बदन्ती अनुसार नख्खु
खोलासम्म आफ्नो छोराको पिछा गरिरहेकी श्री मत्स्येन्द्रनाथको राक्षस कुलकी
आमाले छोरालाइ खोला तारेर लगेपछि अब कसरी जाने भन्ने चिन्ता परेछ । हतासमा
भएकोले आफू राक्षसनी भएको र आफुसंग शक्ति भएको पनि बिर्सेछन । नख्खु वारि
बसेर रोइरहेको बेला उनलाई झट्ट याद आयो र माछाको रुप लिएर नख्खु खोला पार
गर्ने कोसिस गरेछन् तर सकेनछ । त्यसपछि बायुको वेगमा उडेर बल्ल तल्ल पार
गरिन् र आफ्नो छोरा भएको ठाउँसम्म पुगेछन् ।
त्यसपछि अब मछिन्द्रनाथलाई उसकी आमाबाट कसरी पिछा छुट्टाउने भनेर मानिसहरु सोच्न थालेछन् र एउटा उपाय निकालेछ । छोरा भएको ठाउँ भन्दा अलि पर सुतेकी राक्षसनीलाई छल गरि कुनै आवाज ननिकाली बिस्तारै मत्स्येन्द्रनाथलाइ त्यहाँबाट भगाएर हालको पुल्चोक पुर्याएछन् ।
अर्को कथा अनुसार नख्खु तारेर रथलाइ हालको युलाखेलमा पुराएर राखिरहँदा कारणबस किर्तिपुरेहरुसँग पाटनवासीहरुको बाझाबाझ भएछ । मत्स्येन्द्रनाथ भने चुप लागेर ध्यान गरि बसिरहे । त्यसपछि अब किर्तिपुरमा रथ लानेछौँ पख भनेर किर्तिपुरका मान्छेहरु त्यहाँबाट किर्तिपुरमा मत्स्येन्द्रनाथ ल्याउनलाई मान्छे बोलाउन गए । १-२ जना कुरुवा बसेका थिए तर रात भएकोले निदाएछन् । मत्स्येन्द्रनाथको रथलाइ यतै राखे त किर्तिपुरमा लान्छ भन्ने डरले कसैले थाहा नपाउने गरि बाजागाजा केही नबजाइ सुटुक्क रथलाइ रातारात तानेर हालको पुल्चोक पुर्याइयो । भोलिपल्ट अमृतसमयमा किर्तिपुरका मान्छेहरु रथ लिन आउँदा त रथै थिएन । खोज्दै जाँदा हालको पुल्चोलमा पुर्याई सकाका रहेछन् । रथको धमा उतै फर्किरहेको हुनाले मत्स्येन्द्रनाथसंग माफी मागी फर्केछन् ।

रथको धमा ( भैरवको मुकुट राखिएको कर्कट नागको स्वरुप मानिने रथमा
पाङ्ग्राहरुको बिचमा रहेको लामो काठ) जता फर्किएको छ , रथ उतै तानिनु पर्छ
भन्ने परापुर्व काल देखिको मान्यता अनुसार आज सम्म पनि भोलि रथ कता तन्ने
हो , धमा पनि उतै फर्काएर राख्ने गरिन्छ । त्यसैले आज सम्म पनि १२ वर्षको
मेलामा युलाखेलबाट रथलाइ मध्यरातमा हल्ला नगरी कुनै पनि बाजा नबजाइ तानेर
पुल्चोक पुराउने गरिन्छ ।
श्रोत : सन्दिप महर्जन
No comments:
Post a Comment