काठमाडौँ दरवार क्षेत्रमा अवस्थित ३ तल्ले प्यागोडा शैलीमा बनेको
काष्ठमण्डप मन्दिरको अस्तित्व १६औ सताब्दीका राजा लक्ष्मीनरसिंह मल्लभन्दा
साढे ४ सय वर्षअघि नै रहेको पुष्टि भएको थियो । बिसेत नाम गरेका कलाकारले
एकै रुखबाट यो मन्दिरको निर्माण गरेका थिए ।
मुलुकको राजधानीको नाम यसै मन्दिरबाट राखिएको थियो । पछि यहि काष्ठमण्डप अपभ्रंस भै काठमाडौ रहन गएको भन्ने भनाइ छ ।
उहिले उहिले बर्षको १ दिन यो मन्दिरमा जनताहरु भेला भएर रातभर मिष्ठान्न भोजन ग्रहण गर्थे रे । पौराणिक कथा अनुसार मछिन्द्रनाथ (जनबहाद्य:) को भक्त गोरखनाथ मछिन्द्रनाथको
रथ जात्रामा सामान्य मनुष्यको रुपमा घुम्दै थिए । एक जना तान्त्रिकले
गोरखनाथलाई चिनी हाले र आफ्नो नियन्त्रणमा लिए । गोरखनाथले आफुलाई
नियन्त्रणमा लिएको थाहा पाएपछि आफ्नो उन्मुक्तिको लागि के इच्छा गरेको हो
माग्न भने । तान्त्रिकले मन्दिर बनाउन चाहेको र यसको लागि चाहिने यथेष्ट
निर्माण सामंग्री उपलब्ध गराई दिन इच्छा ब्यक्त गरे । बर्ष दिनमै
तान्त्रिकको खेतमा एक बिशाल रुख उम्रेर आए । सोहि रुख काटेर तान्त्रिकले
काष्ठमण्डपको निर्माण गर्न लगाए ।
२०७२ साल बैसाख १२ गतेको महाभूकम्पले यो मन्दिर ढलेर नष्ट भएको छ ।
No comments:
Post a Comment