Showing posts with label जुम्ला. Show all posts
Showing posts with label जुम्ला. Show all posts

Thursday, December 28, 2017

जुम्ला : सिंजा उपत्यका


जुम्लाको सिंजा उपत्यका अहिले हैन आज भन्दा १००० बर्ष अगाडी देखि अर्थात ११ औं देखि १४ औं सताब्दीमा एकदम शक्तिशाली खस राज्यको रुपमा परिचित थियो । युनेस्कोले अहिले पनि सिंजा उपत्यकालाई विश्व सम्पदा सुचिमा राखेको छ । सन् १०९३ यता नागराज, छाप, चापिल्ल, क्राशिचल्ल, क्राधिचल्ल, क्राचल्लले राज्य गरेको देखिन्छ भने सन् १२२३ यता अशोक चल्ल अशोक मल्ल हुँदै जितारी मल्ल, रिपू मल्ल, आदित्य मल्ल, पुण्य मल्ल, पृथ्वी मल्ल, सुर्य मल्ल, अभय मल्लले राज्य चलाएको देखिन्छ ।

सन् १२८८ र १२८९ मा जितारी मल्लले काठमाडौंमा आक्रमण गरेको थियो भने सन् १२५५ जुन ७ मा नेपालमा ७.८ रेक्टरको भुइचालो जाँदा काठमाडौं उपत्यकाको एक तिहाइ जनताको मृत्यु भएको थियो जसमा अभय मल्ल पनि परेका थिए

सन १३१२ - १२ मा रिपू मल्लले लुम्बिनी दर्शन गर्न पुगेका थिए । उनले अशोक पिलर संगै "ओम माने पद्मे हुँ, श्री रिपूमल्लस्चीरण जयतु शाके १२३४" लेख्न लगाएका थिए ।

सन १३९१ मा मलय बर्मा (जो अभय मल्लका कोर्टको मुख्य व्यक्ति थिए) ले सत्ता सम्हालेपछि उनका छोराहरुले
शक्तिशाली खस राज्यलाई सल्यान (सुमेरु बर्मा), जाजरकोट - जुक्तिपुर (मेदिनी बर्मा), रुकुम (पिताम्बर), डुल्लु (संसरी बर्मा) मा विभाजन गरेका थिए ।

यति शक्तिशाली राज्य भएर पनि आज २१ औ सताब्दीसम्म आइपुग्दा पनि जुम्ला एक बिकट जिल्लामै सिमित हुनु ....खसवादीहरुको निम्ति दुखद अवस्था हो । लुज़ा !!

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...