Showing posts with label महाभारत. Show all posts
Showing posts with label महाभारत. Show all posts

Thursday, August 16, 2018

नाग पंचमी


श्रावण शुक्लपक्षको पञ्चमीको दिनमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिएको र यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ l 

बैदिक दर्शनमा उल्लेख अनुसार १२ वटा नागहरुको उपस्थिती पाइन्छ जसमा #अनन्त, #वासुकी, #शेष, #पद्यम्, #कम्बला, #कारकोटका, #अश्भतरा, #धृतराष्ट्र, #शङ्कपला, #कालिया, #तक्शका र #पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।

नाग पञ्चमीको सन्दर्भमा महाभारतसंग जोडिएको एक कथा पाइन्छ । #परिक्षीत नाम गरेका एक राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे l यसका लागि उनले महायज्ञ शुरु गर्दछन जसमा सिद्ध, ऋृषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गरे ।

उक्त यज्ञको हवन कूण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्शका पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्र सहित जन्मजयसम्म आइपुग्दछन् l यो देखेर सबै अचम्ममा परे । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजय समक्ष माफी माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । 

यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन् ।

श्रोत : हाम्रो पात्रो l

Thursday, December 14, 2017

हेटौडाको आफ्नै कथा !!

महाभारतमा आधारित किंवदन्ती अनुसार पाँच पाण्डव वनबासको क्रममा यस स्थानमा आइपुगेका र हेडम्बा राक्षससँग युद्ध हुँदा भीमसेनले हेडम्बालाई तत्कालै मारेकाले हेडम्बाबाट अपभ्रंस भई हेटौंडा भएको हो । हेडम्बाकी बहिनी भूटनदेवीको नामबाट स्थापित भूटनदेवी मन्दिर यस नगरपालिकाको वडा नं. १० मा अस्थित छ, जहाँ दैनिक पूजाआजा गरिनुका साथै यससँग सम्बन्धित पर्व पनि मनाइन्छ ।



हेटौंडा नगरपालिकामा शहीद स्मारक, मकवानपुरगढी, पशुपति मन्दिर, ऐतिहासिक भूटनदेवी मन्दिर,मनकामना मन्दिर, गोक्षेक्व मन्दिर,कुसमान्ड् सरोभर्, गुम्बा र पुण्यक्षेत्रका साथै पुष्पलाल पार्क विशेषताका रूपमा छन् ।

Tuesday, August 29, 2017

पसल पसलमा भीमसेन पुजाको तात्पर्य

महाभारत युद्ध पश्चात भारत बर्ष कंगाल झैँ भएछ । सबै कुरा युद्धमै सकिएछ । धन सम्पति केहि रहेन । भीमसेनका सबै जनताहरु आर्थिक रुपमा बिपन्न भए र पुरै बंशज गरिबीको चपेटामा परे । भीमसेनले कुबेर संग धन मागी ल्याई आफ्नो जनतालाई ब्यापार गरि धन कमाउनु र त्यसबाट भएको आम्दानीबाट आफ्नो रक्षा गर्नु भन्ने आदेश बमोजिम उनका बंशजहरु व्यापार तिर लागे ।

गरिबीको समयमा भीमसेनले त्यसरी लगाएको गुण नेवार समाजले अहिले पनि बिर्सेको छैन र ब्यापारका पथ प्रदर्शक भीमसेनलाई आफ्नो पसल, ब्यबसायमा उनको शक्ति र सामर्थको प्रतिक तस्वीर राखेर उनको कृपा सधै पाई रहुँ भन्दै अहिले पनि पुजा गरेको देख्न पाइन्छ । नेवारहरु भीमसेनलाई भिन्द्य: वा भिन्द्य: आजुको रुपमा पुर्खा देवता मान्दछन् ।

अर्को किम्वदन्ती अनुसार एकपटक शनिश्चरको दृष्टिले आफ्नो भक्तजनहरुलाई खराब होला भनि भीमसेनले उनलाई पछाडीबाट गर्दन समातेर "म तँलाई छोड्दिन, यो स्थानमा कहिले न आउनु" भन्दा शनिश्चरले "म आउनु र मेरो दृष्टि पार्नु मेरो धर्म हो, मलाई छोडी देउ, बरु जो व्यक्तिले तिम्रो आराधना गर्छ, म उनलाई रक्षा गर्नेछु" भनि बचन दिएकोले पनि भीमसेन मान्नु पर्ने मान्यता यस नेपालमण्डलमा रही आएको जनविश्वास रहेको छ ।

श्रोत : बिजय शर्मा राजोपाध्याय
.

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...