Showing posts with label परिक्षीत. Show all posts
Showing posts with label परिक्षीत. Show all posts

Thursday, August 16, 2018

नाग पंचमी


श्रावण शुक्लपक्षको पञ्चमीको दिनमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिएको र यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ l 

बैदिक दर्शनमा उल्लेख अनुसार १२ वटा नागहरुको उपस्थिती पाइन्छ जसमा #अनन्त, #वासुकी, #शेष, #पद्यम्, #कम्बला, #कारकोटका, #अश्भतरा, #धृतराष्ट्र, #शङ्कपला, #कालिया, #तक्शका#पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।

नाग पञ्चमीको सन्दर्भमा महाभारतसंग जोडिएको एक कथा पाइन्छ । #परिक्षीत नाम गरेका एक राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे l यसका लागि उनले महायज्ञ शुरु गर्दछन जसमा सिद्ध, ऋृषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गरे ।

उक्त यज्ञको हवन कूण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्शका पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्र सहित जन्मजयसम्म आइपुग्दछन् l यो देखेर सबै अचम्ममा परे । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजय समक्ष माफी माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । 

यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन् ।

श्रोत : हाम्रो पात्रो l

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...