Showing posts with label मल्ल काल. Show all posts
Showing posts with label मल्ल काल. Show all posts

Monday, January 20, 2020

मल्ल राज्यको आगमन र जयस्थिति मल्ल - १

नेपालको इतिहासमा जयस्थिति मल्लको ठूलो भुमिका छ । नेपालको संस्कार, संस्कृति, परम्परा, जातिय बिभाजन, कार्य बिभाजन बसाल्ने श्रेय यिनैलाई जान्छ । यिनैको पाला देखि मल्ल कालिन इतिहासमा स्थिरता आएको देखिन्छ । वास्तवमा जयस्थिति मल्लको उदय कसरी भए त ? कतै यिनी पनि #भारतीय त हैन ?

नेपालको मल्लकालिन इतिहासमा सन १२०० देखि १३८२ को समयलाई चरम संक्रमण र जटिल काल मानिन्छ । लिच्छवि कालको पतनसंगै सुरु भएको यो समय अवधिमा परम्परागत व्यबहारहरु करिब सुन्य नै थियो । देशको पुरै प्रसासनमा महत्था, जोथापाटी, भटनायक जस्ता नयाँ ब्यबस्था लाडिएको थियो । यो समय अवधिमा कुनै एक बंशले निरन्तरता पाउने वातावरण नै थिएन, अनेक बर्गहरु बिचको शक्तिले सासनमा उथलपुथल कायम रहे ।
एक शक्तिशाली समूह भादगाउँलाई राजधानी बनाई आफुले आफुलाई मल्ल उपमा दिएर सत्तासिन थिए । अर्का एक समूह बनेपा पनौती पलान्चोक क्षेत्र ओगटेर #भोटराज्य बनाई स्थापित थिए । काठमाडौ, पाटन र फर्पिङ राज्यको तुलनामा भोटराज्य निक्कै शक्तिशाली थिए र भोटराज्यले मात्र भादगाउँलाई सामान्य निष्ठाको भावले हेर्ने गर्दथ्यो ।

पहिलो मल्ल राजा अरिमल्लले सन १२०० देखि १२१६ सम्म शासन गरे । यिनी लिच्छवि कालका अन्तिम राजाका कान्छा भाइ थिए जो एक शक्तिशाली कुस्तिवाज थिए । केही सेनालाई साथ लिएर सत्ता कु गरे र आफ्नो नामको पछाडी मल्ल उपमा झुण्ड्याए । अरि मल्ल पछि नेपालको इतिहासमा अनेक उतारचढावहरु आए । अनन्तमल्लले १२७४ देखि १३०७ शासन गरे र आफनै धोकापुर्ण राज्य संचालनको कारण तनावमा बिते र मरे । उनका उत्तराधिकारी आनन्ददेव द्वितीयले १३०८ देखि १३२० सम्म सम्म शासन गरे ।

सन १३१७ मा रुद्र मल्ल उदय भए । भक्तपुर मुलका उनी जवान थिए र शक्तिलाई नियन्त्रणमा लिए । राजाको रुपमा नभै अरुलाई राजा पद दिई आफू शक्तिशाली भएर निस्के । उनी मछिन्द्रनाथको जात्रामा सहभागी भए । मन्दिर मुर्तिहरु जिर्णोद्वार गर्न लगाए र राजनितिमा एक नयाँ उचाई थपे । आनन्ददेव सतामा हुँदा नै यिनको रहरले अरिमल्ल द्वितीयलाई राजा बनाए र देवपाटनमा बसाले । यसरी अरिमल्ल द्वितीयलाई कठपुतली राजा बनाई रुद्रमल्लले सन १३४४ सम्म सत्ता हासिल गरे ।

रुद्रमल्लको इच्छा पछिसम्म शासन जमाउनु थियो । सन्तानको नाममा यिनको एक मात्र छोरी थियो - नायका देवी । रुद्रमल्लले आफ्नो मृत्यु पर्यान्त आफ्नो छोरी नायकादेवीलाई कानुनी उत्तराधिकारी घोषणा गरेका थिए । पद्मुला अर्थात पदमुलादेवी जो रुद्रमल्लको चतुर आमा थिए । यिनै पदमुलादेवीले देवलादेवीको सहयोगमा नायकादेवीलाई उतराधिकारीको पदमा आसिन गराई ३ दशकसम्म राज्य सम्हाले । देवलादेवी रुद्रमल्लको श्रीमतीको रुपमा रहेको धेरै पछि मात्र थाहा पाए ।

वास्तवमा देवलादेवी मिथिला अर्थात तिर्हुत राज्यको अन्तिम राजा हरिसिंहका महारानी थिई । त्यतिबेला मिथिला भारतीय भुभागमा पर्दथ्यो । मुस्लिमहरुले आक्रमण गरेर हरिसिंहलाई मारेपछि देवलादेवी आफ्ना छोरा जगतसिंह साथमा लिइ नेपालमा शरणार्थीको रुपमा आएका थिए । यिनलाई रुद्रमल्लको देहावसान हुनु केही महिना अघि भक्तपुर अवस्थित आफ्नै युथिनिहम दरवार मा शरण दिएका थिए । रुद्रमल्लले देवलादेवीलाई नायकादेवीको हेरचाह गर्न पुरै अधिकार दिइएको थियो ।

नायकादेवीको पहिलो बिबाह बनारसको एक राजकुमार हरिशचन्द्रसंग गरि दिएका थिए तर सन १३३५ मा राजकुमारलाई बिष खुवाइ मारिएकोले बिबाह बिच्छेद भए । पछि यिनको बिबाह देवलादेवीकै छोरो जगतसिंह संग दोस्रो बिबाह गरि दिए । सन १३४७ मा तिनिहरुको कोखबाट एक छोरी रजलादेवी जन्मे र केहि दिनपछि नायकादेवीको निधन भए । शंकाको घेरामा रहेका जगतसिंह जेल पुगे र उनि इतिहासबाट बिलाए । यसै बेला पदमालादेवीको निधन भए र देवलादेवी उपत्यकाको झन शक्तिशाली भए । यसरी एक अन्जान विधुवा जो एक बिदेशी थिइ, नेपालमण्डलको एक शक्तिशाली उत्तराधिकारी जमाएर बसे । 

यसैबिच अनेकामबर्धन नाम गरेका जो छिमेकी राज्य बनेपाको गुरु थिए, महत्थाको समर्थन पाई भक्तपुरका दुई राजा अरिमल्ल द्वितीय र उनका उत्तराधिकारी राजदेवको प्रधानमन्त्रीको भुमिका खेले । यिनको समर्थन पाए पछि देवलादेवी झन शक्तिशाली भए । सन १३५४ मा अनेकामबर्धनको मृत्यु भए । 

एक्लो शक्तिशाली रहेका देवलादेवीले धेरै सोचविचार गर्दै चलाखिपुर्वक सन १३६६ मा देवलादेवीले नाती रजलादेवीको लागि आफ्नै मैथिली राजवंशबाट वर छानेर बिबाह गरि दिए । दुलाहाको नाम स्थिति अर्थात स्थितिराज मल्ल थियो । उनी त्यही जयस्थिती मल्ल राजा थिए जसले नेपालको मल्लकालिन इतिहासलाई एक नयाँ धार दिए । नेपालमण्डलमा छिन्न भिन्न शक्तिहिन राज्यहरु अस्तित्वमा रहँदै गर्दा यसरी निरन्तर रुपमा बिनासको बाटोमा लागि रहे र मिथिला राज्यबाट शरणमा आएका एक महारानीले सत्ताको उत्तराधिकारी आफ्नो कब्जामा पारे । 

ज्वाई राजा जयस्थिति मल्लले सन् १३७० मा ललितपुरलाई नियन्त्रणमा लिए l १३७४ मा भोटराज्य र फर्पिंगलाई नियन्त्रणमा लिए l भक्तपुरलाई शाशन केन्द्र बनाएर यिनले सन् १३८२ देखि १३९५ सम्म पूर्ण नियन्त्रणमा राखे l काठमाडौं उपत्यका र वरपरका राज्यहरुलाई एकीकरण गरि एक शक्तिशाली बनाउन बनाउन सफल रहे l
क्रमश:

Tuesday, February 12, 2019

ललितपुरको शनि देवता र भक्तपुरको #लँपँ द्य:को कुरो

ललितपुरको #शनि देवता र भक्तपुरको #लँपँ #द्य:को कुरो !

 लिच्छवी र मल्ल काललाई नेपालको स्वर्ण युग मानिन्छ l
राजा सिद्धिनरसिंह मल्लको पालाको कुरो थियो l काठमाडौं, ललितपुर र भक्तपुर बीच बिकासको प्रतिस्पर्धा नै चल्ने गर्दथ्यो l आफ्नो राज्यलाई कसरी सुन्दर र बिकसित बनाउने भनेर सोची रहन्थे l विभिन्न मठ-मन्दिरहरु बनाउन लगाउँथे । पाटनको विकास र सुन्दरता देखेर भक्तपुरको राजालाई भने औधी ईर्ष्या र डाह भएछ l तान्त्रिक र गुरुजुहरुलाई दरबारमा बोलाएर आफ्नो कुरा बताए l उनिहरुले शनि देवको मुर्ति स्थापना गरि दिएमा शनिको प्रभावले विकास सुस्त र न्यून हुने कुरा राजा समक्ष राखे ।
लँपँ द्य: रहेको ठाउँ

भक्तपुरका राजाले तान्त्रिकहरुको मद्दतद्वारा पाटनमा शनिदेवको मुर्ति स्थापना गरि दिए । पाटनका राजाले आफ्नो राज्यमा शनि देवताको मुर्ति स्थापना गरेको चालै पाएन किनकी त्यो मुर्तिलाई जमिन मुनि गाडिदिएको थियो । बिस्तारै पाटनमा अन्न कम मात्रामा फल्न थाल्यो । पाटनवासीहरु पनि अकालमै मर्न थाले । शनिको प्रभावले गर्दा विकास पनि सुस्त र अति न्यून हुन थाल्यो l जात्राहरुमा पनि अपसगुन देखिन थाले । ढुंगेधाराहरुबाट पनि पानी आउन छाडे l अत्ति नै भए पछि त्यस बेलाका पाटनका प्रख्यात तान्त्रिक (अज्या बाज्याहरु) लाई राजाले दरबारमा बोलाएछन र के भएको हेर्न लगाएछन l


तान्त्रिक दृष्टिले अध्धयन गर्दा पाटनमा शनिको मुर्ति गाडिएको हुनाले देशमा प्रतिकुल अवस्था भैरहेको र त्यो मुर्ति भक्तपुरको राजाले राख्न लगाएको पत्ता लगाएछन । यो कुरा सुनेर रिसले क्रुर भएका सिद्धिनरसिंह मल्लले शनिको मुर्ति जमिनबाट उखेल्न लगाएछन l त्यस मुर्तिलाई निर्मुल र शक्तिहिन पारेर दरबारको भण्डारमा फाल्न लगाए l शान्ती पुजा र होम पुजा गरे ।

"लँ पँ द्य:" हरिशंकरको मन्दिर
रिसले क्रुर भएका पाटनका राजाले बदलाको भाव स्वरूप तान्त्रिक विधिको सहयोगमा रातारात भक्तपुरमा दरबार जाने बाटोको बिचमा मन्दिर र खोल्न नमिल्ने ढोका राख्न लगाए l कसैले भत्काउन नसक्ने गरि तोरण बाँधी दिए । भोलिपल्ट , भक्तपुरका राजाले बाटोको बिचमा मन्दिर देखेर आश्चर्य चकित !! उनले कामदारहरुलाई भत्काउन अह्राए , तर कसैले सकेनन् । तान्त्रिकहरुलाइ बोलाइयो l गुरुजुहरुलाई बोलाइयो l तर कसैले हल्लाउन पनि सकेनन l मन्दिर जस्ताको त्यस्तै रह्यो l बाटोनै छेकिने गरि बनाइदिएको हुनाले मन्दिरको नाम नै " लँ पँ द्य:" अर्थात "बाटो छेकेर बसेको देवता" रहन गयो l

त्यो मन्दिरको ढोका खोल्न नमिल्ने कारण के थियो भनेर कसैलाई थाहा भएन l भक्तपुरबासीहरुले त्यस मन्दिरलाई "लँ पङ/पं द्य:" भन्न थाले l अन्तत: त्यस मन्दिरको नाम नै लँपँ द्य: रहन गयो ! पछि तान्त्रिकहरुलाई बोलाई के भएको हो हेर्न लगाउँदा त्यो पाटनको राजाले राखेको थाहा पाए l भक्तपुरको राजाले आफ्नो गल्ती महसुस गरे l

पाटनको दरबार सफा गरि पुनर्निर्माण गर्दा शनि देवको मुर्ति भेटिएको थियो रे ! दुर्भाग्यवस, भक्तपुरको त्यो लँपँ द्यको मन्दिर चाहिं अहिले अस्तित्वमा छैन l तर भक्तपुरको दरबार छिर्ने बीच बाटोमा दायाँ बायाँ २ जना सिंह र भर्याङ भएको मुर्ति बिहिन स्थान देख्न सकिन्छ । सायद १८९० वा १९९० को महाभुकम्पमा भत्केको र पुनर्निर्माण नगरिएको हुन सक्छ l यता ललितपुरमा रहेको लँ पँ द्य:लाई हरिशंकर भन्ने गरिएको छ ।

श्रोत : Newa People / Frannkey Franz र अन्य l भाषा मिलाउन इडिट गरिएको l

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...