Showing posts with label पोखरी. Show all posts
Showing posts with label पोखरी. Show all posts

Friday, March 13, 2020

चिडियाखानाको पोखरी


राजा सिद्धि नरसिंह मल्लले नेपाल सम्बत ७७९ मा रानी लालमोतीको नाममा पोखरी प्रतिस्था गरे तर पानी आएन । पछि गुरु विश्वनाथ उपाध्यायले एक यन्त्र राखी जलयज्ञ गर्दा पोखरीमा पानी भरेर आए र ज्यावल खेल (जा ह्वला ख्य:)"पोखरी नाम रहन गए ।

पछि राणा प्रधानमन्त्री वीर शम्शेरले पोखरीमा के छ भनी खोलेर हेर्नु पर्‍यो भनी इन्जिन मगाई २ दिनसम्म पानी झिकेर फाल्दा पनि पानी सुकाउन सकेन र त्यतिकै छाडी दिए, पानी पुन: भरेर आए ।

पछि अर्का प्रधानमन्त्री जुद्ध शम्शेरले यस्तो बलवान् पोखरीलाई संरक्षण गर्नु पर्छ भनी चारैतिर पर्खाल बनाउन लगाई चारैतिर जिवजन्तु पशुपंछी राखी चिडियाघर निर्माण गरे । चन्द्रशम्शेरले जंगबहादुर राणाको जेठी महारानीको शालिक प्रतिस्थापन गरि अझ सोभायमान बनाइ दिए । देव शम्शेरले भिम शम्शेरको शालिक प्रतिस्थापन गरि दिए ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...