Showing posts with label पार्वती. Show all posts
Showing posts with label पार्वती. Show all posts

Monday, May 28, 2018

डोटी जिल्ला : शैलेश्वरी देवी


महादेव र पार्वतीको विवाह पश्चात सुहागरात (मधुचन्द्रिका) का निम्ति डोटी जिल्लामा अवस्थित रमणिय चन्द्रगिरी पर्वतलाई रोजेका थिए । हनिमुनमा रमाइरहेका महादेवलाई खोज्दै व्रम्हा विष्णु लगायत विभिन्न देवताहरु यहाँ आई पुग्दा पार्वतीले देवताहरुलाई देखेर लज्जास्वरुप शिला वनेको हुनाले यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनेर भनिएको भनिन्छ !!

शैलेश्वरी देवीको मन्दिर सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको डोटी जिल्ला अन्तर्गत सिलगढीमा अवस्थित छ । यो मन्दिर नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरु मध्ये एक मन्दिर मानिन्छ ।

देवताहरुको पनि रोमान्टिक क्षण हुँदो रहेछ है
।

Thursday, February 1, 2018

रुद्राक्षको कथा

महादेवले पार्वतीलाई सुनाएको कथा अनुसार :

एकपल्ट (सतीदेवीको मृत्यु पश्चात) महादेवले १००० बर्षसम्म समाधिमा बसी दिए । समाधिबाट ब्युँझेपछि महादेवको मन बाह्य जगतमा त आए, तर उनले सारा जगतको कल्याण गर्ने आँखा बन्द गरे ।  त्यहि बेला महादेवको आँखाबाट आँसुको एक थोपा पृथ्वीमा झर्यो र त्यहाँ एक रुख पलाए ।  त्यहि रुखमा फलेको फल नै रुद्राक्ष रहन गए । कालान्तरमा त्यसैको बिउबाट नेपाल भरि...थुप्रै स्थानहरुमा रुद्राक्षको रुखहरु फैलिए ।

महादेवको त्यो आँसु नेपालमै झर्यो र फलत: नेपालमा पाइने रुद्राक्ष बिशेष गुणस्तरको मानिन्छ । सामान्यत: रुद्राक्ष १ देखि १४ मुखिसम्म पाइए पनि पछिल्लो अध्धयनले ३८ मुखी सम्म पनि भेटिएको खोजकर्ताहरु बताउँछन् ।

रुद्राक्षको स्पर्शले रक्तचाप, उत्तेजना तथा हृदय रोगहरुलाई नियन्त्रण गर्दछ भने आयुर्वेदिक उपचारमा पनि यसको प्रचुरमात्रामा प्रयोग गरिएका छन् ।

एक मुखे रुद्राक्षलाई शिवको प्रतिक मानिन्छ । यो दुर्लभ मानिन्छ ! यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ रे ।

Wednesday, September 20, 2017

गणेश र अप्सरा अर्थात दुबो घाँसको कथा

एक कथा अनुसार, एक अत्ति सुन्दरी अप्सरा गणेशजीको प्रेममा परिन् । गणेशजीलाई पनि अप्सरा सार्है मन परेछ र दुवै एक अर्का संग बिहे गर्न चाहन्थे । 

तर माता पार्वतीलाई यो कुरा पटक्कै मन परेनछ र अप्सरालाई एक साधारण दुबो घाँस (DURVA) मा परिणत हुन सराप दिइन्
। यसर्थ गणेशजी र अप्सराको बिहे हुन त पाएनन् तर अप्सरालाई गणेशजी बाट अलग राख्न पनि सकेनन् । गणेशजी जता गए पनि दुबो घाँस भने जताततै गणेशजी कै वरिपरि रहन थाले । गणेशजीको पुजामा दुबो घाँसको बेग्लै महत्व रहन गए ।

Tuesday, September 19, 2017

शृष्टिको प्रारम्भ : पुरुष रजस्वला


एक समय यस्तो थियो, जुन बेला महिला हैन, पुरुषलाई रजस्वला हुने गर्दथ्यो र पुरुषले नै सन्तान जन्माउने गर्दथ्यो ।  पत्यार लागेन है ?


पुराणमा वर्णित कथा अनुसार सृष्टिको आरम्भमा सबै भन्दा पहिले त्रिदेव प्रकट भए - ब्रम्हा, बिष्णु र महेश्वर ।  भगवान बिष्णुले आफ्नो नाभी / नाइटोबाट ब्रम्हाजीलाई जन्माए, आफ्नो बुढी औंलाबाट देवी गङ्गाजीलाई उत्पति गराए ।  भगवान विष्णुले ब्रम्हाजीलाई सृष्टिको बिकासको काम सुम्पे र सोहि अनुरुप ब्रम्हाजीले आफ्नो योगबलद्वारा ७ ऋषिहरु (सप्तऋषि) र आठौ सन्तानको रुपमा नारदलाई जन्माए ।



ब्रम्हाजीले जुन हिसाबले सन्तान उत्पन्न गर्दै थियो, धेरै समय लागि रहेको थियो ! यसै सन्दर्भमा ब्रम्हाजीले भगवान बिष्णु र शिवजीलाई अरु कुनै बिधि अपनाउन सुझाउँदै थियो ताकी धेरै सन्तानहरु जन्माउन सकियोस । ब्रम्हाजीको यो चिन्ता देखेर भगवान शिब अर्धनारिश्वरको रुपमा प्रकट भए र संसारमा नारी स्वरूपको आगमन भए ।  भगवान शिवले ब्रम्हाजीलाई अब देखि स्त्री पुरुषको समागमनबाट सन्तानहरु थप हुँदै शृष्टिको बिकास हुने बताए ।  तर यसको लागि स्त्री रजस्वलाको आवश्यक भयो जबकी त्यतिबेलासम्म भगवान आफैलाई मात्र रजस्वला हुने गर्दथ्यो ।


एक दिन पार्वतीले भगवान शिवलाई पुरुषको कपडामा रातो रातो दागहरु सार्है मन परेको बताएछ र आफुलाई पनि त्यस्तै वस्त्र ल्याई दिन जिद्दी गर्न थालेछ ।  भगवान शिवले पार्वतीलाई सम्झाउनु सम्झाए तर पार्वती मान्दै मानेन । पार्वतीको जिद्दीले दिक्क भएका भगवान शिवले पार्वतीलाई अब देखि पुरुष हैन, महिलालाई रजस्वला हुनेछ भनेर बरदान दिएछ र आजसम्म पनि सन्तान र सृष्टि निरन्तरताको अहम जिम्मेवारी महिलालाई मात्र प्राप्त भएका छन् ।


 

Monday, September 4, 2017

टोखा : बकाइनोको गेँडाले हिर्काई प्रेमको प्रस्ताव राख्ने एक जात्रा



एकदिन महादेव र पार्वतीसँगै बसेको बेला पार्वतीले महादेवको अपमान गरेको अड्कल गरिछन् । उक्त अपमानबाट मुक्ति पाउन पार्वती पृथ्वीको भ्रमणमा निस्केछन् । टोखाका गाउँलेहरूले पार्वतीलाई देखेर ललाई फकाई गर्दै गल्ली, कुना र अँध्यारो ठाउँतिर घुमाएछन् । बिहान हुँदा गाउँलेहरूले पार्वतीको वास्तविक रूप थाहा पाएछन् र पार्वतीको शरणमा गएछन् ।

यसै बेलादेखि टोखामा भाद्र कृष्ण एकादशीदेखि पूर्णिमासम्म पाँच दिन मनाइने इन्द्रजात्राको पाँचौं दिन पूर्णिमाको दिन (येँयाः पुन्हि) मान्छेहरू गीत गाउँदै समूह समूह बनाएर गाउँ घुम्ने चलन रहँदै आएको जनविश्वास रहेको छ । लोककथामा आधारित यस जात्रामा घुमाईसँग इच्छा पूर्तिको सम्बन्ध पनि गाँसिएको बताइन्छ । त्यसो हुनाले टोखाबासीहरू सके ३–४ पटक नसके एक पटक मात्रै भए पनि सिँगै गाउँको परिक्रमा गर्ने गरिन्छ । यस जात्राको रमाईलो पक्ष के छ भने सकेसम्म बढी फोहर, काँडा आदि भएको ठाउँबाट जुत्ता चप्पल नलगाई हिँड्ने गरिन्छ, कथंनकदाचित सिसा, काँडा आदिले बिझे पनि ऐय्या भन्नु हुँदैन भन्ने जनविश्वास रहेको छ । घुम्ने क्रममा मध्यरातको १२ बजे देखि १ बजेसम्मको समयलाई टोखाबासीहरू ‘वाल्ख म्हुलेगु’ भन्ने गरिन्छ । यो पर्वमा यसरी नाङ्गो खुट्टाले अँध्यारो ठाउँमा फोहरहरू कुल्चिदै घुमेपछि मृत्युपछि यमराजले काँडा, सिसा आदिमा टेक्न लगाउँदैन भन्ने जनविश्वास रही आएको छ ।

साथै, सामान्यतया नेवार समाजमा छोरी मान्छेहरूलाई राति–राति हिँड्डुल गरेको मन पराउँदैन । तर यस सामाजिक पर्वका पाँच दिन घरबाट राति बाहिर निस्कन बन्देज नहुने हुँदा युगल जोडीलाई प्रेम प्रस्ताव तथा प्रेम साटासाट गर्ने अवसर मिल्दछ । मान्छेहरूको समूह–समूहमा बाजा बजाउँदै बत्ती दिँदै परम्परागत नेवारी पोशाकमा सजिएर लस्करमा हिँडेका युवतीमध्ये आफूलाई मनपर्ने युवतीलाई बकाइनोको गेँडाले हिर्काई प्रेमको प्रस्ताव राख्ने चलन अझै रहेको छ । यसरी राखिएको प्रस्तावमा युवतीको पक्षबाट सकारात्मक जवाफ छ भने सो युवती मुस्कुराउने चलन पनि रही आएको छ । यस जात्रामा केटीको भेषमा आएका केटाहरू पनि सामेल हुने गर्दछ ।

सुनकोशी नदीको कथा


पर्वतराजकी छोरी पार्वती यहीं नेपालकै हिमचुलीहरूमा टेक्थिन् र खेल्थिन् । हिमवत्खण्डमा जनाइए अनुसार उनी एक समय हिरण्य शेखर नामको पर्वतमा गइन् र त्यहाँ उनले सनातन नाम गरेका ऋषिलाई पूजा गरिन् अनि दान दिइन्। त्यसबखत पार्वतीको ओठको छेउबाट पसिना खस्यो; अनि तुरुन्तै पहेंलो रङ्गको भई नदी बनेर पहाडमा बग्यो - त्यही नदी सुनकोशी नदीको नामले प्रख्यात भए  ।

Thursday, August 31, 2017

नेपालमण्डल : नास: द्य:

 नास: द्य: सन्दर्भ:

लोककथा अनुसार एक पटक महादेव पार्वतीसंग वसिरहंदा अति खुसी भई पार्वतीलाई ब्रम्हाण्डकै सबै भन्दा सुन्दरी भनेर प्रसंसा दिन दिन भ्याएछ । महादेवको यस्तो कुरा सुनेर पार्वतीले नेपाल मन्डलमा आफु भन्दा पनि राम्री केटी देखेकॊ कुरा सुनाएछ । नारी र धन भनेपछि आफ्नॊ तेस्रॊ आँखा पनि खॊल्ने महादेवले पार्वती भन्दा पनि राम्री केटी नेपालमण्डलमा भएकॊ सुनेपछि चित्त आकुल ब्याकुल गर्दै सॊ केटीलाई खोज्न नेपालमन्डल झरेछ । खोज्दै हिड्दा एउटी नेवार केटी खेतमा काम गरीरहेकॊ देखेछ । पार्वतीले भनेझैं उनी अती राम्री थिईन । महादेवले आफ्नो मन थाम्न नसकी आफ्नॊ मायाजालले छॊपी उक्त केटीसंगै लसपस गरी त्यतै बस्न थालेछ । दिन बित्दै जाँदा सॊ केटी गर्भवती भईन । त्यॊ कुरा थाहा पाई महादेवलाई आपद पर्न थाल्यॊ । अब दुनियाले मेरॊ बारेमा थाहा पाउने भो भन्दै महादेव त्यहाँबाट सुटुक्क भागेछ । आफु गर्भवती भएकॊ र आफ्नॊ केटाले पनि छाडेर गएपछि गर्भवती केटी कसैले नदेख्ने ठाऊमा बस्दै रहँदै गर्दा एउटा छॊरालाई जन्म दिईन ।

छोरो त जन्मियो, जीउदाल हेर्दा अति खाईलाग्दॊ थियो तर उनकॊ अनुहार चाहिं थिएन । अर्थात अनुहार बिनाको छोरो जन्म भएछ । बच्चा जन्मिँदा बच्चामा आफ्नॊ अनुहार आउला र पछि आफ्नॊ बदनाम हॊला भन्ने डरले त्यस बालकलाई महादेवले बिना अनुहार जन्मन लगाएका थिए । पछि कालान्तरमा बच्चा ठुलॊ हुंदै आयॊ । उ सानैबेला देखी विभिन्न वस्तुहरु जम्मा गरी वाजा वनाई बजाउने, गाउने र नाच्ने गर्दथ्यो । उसकॊ यस्तॊ अदभुद खुबी देखेर स्वर्गका इन्द्रदेवले आफ्ना गन्दर्भ र अप्सराहरुलाई गीत, संगीत र नृत्य सिक्नलाई नेपालमण्डल पठाए र स्वर्गलोकमा गीत, संगीत र नृत्यकॊ शुरुवाट हुन थाले । पछि उनले नेपालमण्डलका नेवार समुदायहरुलाई पनि गीत, संगीत सिकाएर संगीतको शुरुवाट गरे भन्ने भनाइ रहेको छ । यसरी महादेवको अंशलाई बिस्तारै गीत संगीत र नृत्यका गुरु नट्रराज नाट्यश्वर आदि नामले चिनिन र पुज्न थाले ।

यसैले काठमाडौ उपत्यकामा टोल टोलमा बाजा बजाउने कला सिके पछि कप्लास / कवीलास अवस्थित नास:द्य:को मा पुजा जानु पर्ने प्रचलन अहिले पनि यथावत रही आएको छ ! त्यसै गरि काठमाडौ उपत्यका भित्र रहेका बिभिन्न नासल चोकहरुमा अवस्थित नास:द्य: हरुको मन्दिरमा कुनै पनि मुर्ति राखिंदैन
।

नाट्यश्वरलाई नृत्य देवताको रुपमा प्रस्तुत गरिएको छ ! नेवारहरुले मान्ने नास: द्य: बाजा बजाउने, गाउने कलासंग सम्बन्धित छ
। त्यसैले नाट्यश्वर र नास:द्य: मा मेल खाँदैन ।

श्रोत : @SIRSUREN, संजिव महर्जन

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...