एक
कथा अनुसार, एक अत्ति सुन्दरी अप्सरा गणेशजीको प्रेममा परिन् । गणेशजीलाई
पनि अप्सरा सार्है मन परेछ र दुवै एक अर्का संग बिहे गर्न चाहन्थे ।
तर माता पार्वतीलाई यो कुरा पटक्कै मन परेनछ र अप्सरालाई एक साधारण दुबो घाँस (DURVA) मा परिणत हुन सराप दिइन् । यसर्थ गणेशजी र अप्सराको बिहे हुन त पाएनन् तर अप्सरालाई गणेशजी बाट अलग राख्न पनि सकेनन् । गणेशजी जता गए पनि दुबो घाँस भने जताततै गणेशजी कै वरिपरि रहन थाले । गणेशजीको पुजामा दुबो घाँसको बेग्लै महत्व रहन गए ।
No comments:
Post a Comment