परापूर्वकालमा अछामतिर रोगव्याधी तथा महामारी फैलिएको बेला महादेवले वैद्य
रुपधारण गरी आफ्ना भक्तजनहरुको औषधोपचार गरी उद्धार गरेको रहेछ ।
स्थानीयबासीहरुले सो कुरा थाह पाई उक्त स्थानमा बैजनाथ ज्योर्तिलिङ्गको
स्थापना गरी नित्य पूजाआराधना गर्दै आएको कुरा जनश्रुतीहरुमा पाइन्छ । हरेक
वर्ष शिवरात्रीका अवसरमा ठूलो मेला लाग्ने यो मन्दिर वैजनाथ गाविस
अर्न्तर्गत पवित्र बुढीगंगा नदीको किनारामा अवस्थित रहेको छ ।

No comments:
Post a Comment