Showing posts with label नरदेवी. Show all posts
Showing posts with label नरदेवी. Show all posts

Monday, May 28, 2018

श्री न्यत:मरु अजिमा अर्थात नरदेवी अजिमा


एक समय, बनेपाका राजा काठमाडौँको किसी घ: जंगल (हालको किलागल) मा हात्ती सिकार गर्न आएका थिए l आफ्नो सिकार गर्न आएको देखि हात्ती रिसाई राजालाइ मार्न लखेटेकोमा राजा भाग्दै चस्वाँ (एक प्रकारको फूल) फुल्ने रुखनिर पुगेको र हात्तीदेखि डराएका राजाले त्यहाँ आफुलाइ बचाउन गुहार मागेको बेला त्यहाँ एक ठुलो ज्योति उत्पति भै हात्तीले राजालाई केहि गर्न नसकी फर्केको र सो देखेपछि राजा प्रसन्न भई आफुलाई बचाउने त्यो ज्योति पक्कै पनि कुनै दैवी शक्तियुक्त भएको बुझी थरि थरि  प्रकारको स्तुति गर्दा सो रुखको फेदबाट स्वेतवर्णकी स्वेतकाली देवी उत्पन्न भइ दर्शन दिएको भन्ने किम्बदन्ती रहेको छ l

स्वेतकालीलाई नरदेवी वा ङ्तमरु अजिमा पनि भन्ने चलन रहेको छ l येही स्थानबाट मध्यरातबाट स्वेतकाली सहित अष्ट मात्रिका बाहिर निस्की नृत्य प्रस्तुत गर्ने गरेको कुरा महान तान्त्रिक गुरु लम्बकर्ण भट्टले पत्ता लगाएको भनिन्छ l यसै तथ्यलाई मध्यनजर गरि हरेक वर्ष घोडेजात्राका दिन नरदेवीको डबलीमा हुने गणनाचले प्रतिबिम्बित गरेको छ l

नरदेवीलाइ नरबली लिने देवीको रुपमा पनि लिइन्छ, तर जानकारहरुका अनुसार नरबली भनेर मानिसको बली नभई मानिसको मनभित्रको अहंकार, इर्श्या, क्रुरता, आलश्यताको बली भन्न खोजिएको होभन्ने भनाई रहेको पाइन्छ l

श्रोत : झिगु म्ह:सिका, फेसबुक
-

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...