Showing posts with label चन्द्रमा. Show all posts
Showing posts with label चन्द्रमा. Show all posts

Wednesday, September 19, 2018

गणेश चौथी, चथा र हलिमाली खाने परम्परा



गणेश चौथी अर्थात गणेशको जन्म दिन । अरुको सहारामा रुपवान देखिने चन्द्रमाले गणेश भगवानलाई खिसी उदाएकोले गणेश भगवानको श्राप अनुसार आजको दिन चन्द्रमा दर्शन गर्नेलाई चोरको आरोप लाग्ने दिन ।
यस दिन देवराज इन्द्र आमा बसुन्धराको पुजाको लागि पारिजात फुल चोर्न काठमाडौ उपत्यका पसेको र बिष्णुमति - भद्रमति नदीको संगममा रहेको निर्मल तिर्थमा दर्शन गरी बिष्णुमति खोला किनारमा अवस्थित एक मालीको बगैंचामा पारिजात चोर्दै गर्दा स्थानिय बासीले देखेर चोरको आरोप लगाईएको र त्यही अनुरुप येँया जात्रामा बाँधेर राखेको कथा छँदै छ । चौरासी ब्यंजनमा रमाएका देवराज इन्द्रलाई चथा: को दिन बाँधेर राखी चपाउनै नसक्ने हलिमलि अर्थात बकुला, भतमास, मकै खान दिएका थिए रे । 

यसर्थ यस दिन देवताका राजा देवराज इन्द्रलाई नेवारहरु खुं द्य अर्थात चोर देवताको रुपमा मानेर हलिमली खुवाउने र खाने गर्दछन् ।

Thursday, August 24, 2017

चथा: अर्थात गणेश चौथी : गणेश भगवान र चन्द्रमाको कथा



एक प्रचलित आख्यान अनुसार कुनै बेला हाल मरु गणेशको मन्दिर भएको ठाउँमा एक अशोक जातको विशाल रुख थियो । एकदिन यसै रुखमुनि सम्पूर्ण देवताहरूको भेला भएछन् । बडेमानको भुँडी भएका गणेश चाहीँ छुचुन्द्रो चढेर ढिलो पुगेछ । चन्द्रमा खिसी गर्दै हाँस्न थालेछन् । चन्द्रमाको चमक जुन आफ्नो नै होइन, त्यस्तो झूठो रूपको घमण्ड भएको चन्द्रमाले गणेशलाई यसरी खिसी उडाएको देखेर गणेश भगवान् रिसाएर क्रुद्ध भएछ । गणेशले चन्द्रमालाई जस–जसले तिमीलाई रातमा देख्छ सबै चोर बनोस्, तिम्रो चमकको श्रोतबाट प्रकाश नै तिमीमा नपरोस् भनी श्राप दिएछन् । श्रापबाट भयभित सबै देवताहरू चन्द्रमालाई देखेर चोर बन्नुपर्ला भनी गायब भएछन् ।

पछि देवताहरूको सामूहिक आग्रह तथा चन्द्रमाको रोइ कराईले गणेश भगवानले श्राप फिर्ता त लिए तर गणेशजीले आफ्नो श्राप फिर्ता लिन नमिल्ने, श्रापको मात्रा कम गरी अंशको रूपमा बर्षमा एक दिन अर्थात श्री गणेशजीको आफ्नै जन्मदिन भाद्र शुक्ल चतुर्थीका दिन कसैले चन्द्रमाको रूप नहेरोस्, यदि हेरेमा झूठा दोष, मिथ्याः आरोप लाग्नेछ र जगतले चन्द्रमाको यस्तो झूठो अभिमानलाई सधैँ याद गर्नेछ भनेर श्राप मुक्त गरे ।

पौराणिक कथनअनुसार चन्द्रमाको रूपसम्बन्धी यही अहंकारले गर्दा उनी श्रापित भए र वर्षमा एक दिन उक्त दोषले नछोड्ने गरी गणेश भगवानले माफी दिए । यसैकारण गणेश चौथीको दिन कसैले पनि चन्द्रमा हेर्न हुँदैन भन्ने जनविश्वास रही आएको छ । यसै गणेश चौथी (चथाः) को दाग मेटाउन नसकेको हुँदा अहिले पनि चन्द्रमा देखेका देवताहरूलाई त्यसदिन चोर्न मन लाग्ने गरेको बताइन्छ ।

भगवान् कृष्णले संयोगबस यसै दिन चन्द्रमा हेरेको र स्यमन्तक मणी चोरको दोष लागेको प्रसङ्ग पाइन्छ । कथा अनुसार सत्रजित नामको एक व्यक्तिले सुर्य देवताको स्तुति गरि तपस्या गर्ने क्रममा सुर्यदेवले प्रसन्न भइ स्यमंतक नामक मणि दिएको रहेछ । सत्रजितले सो मणि लिएर भगवान कृष्णलाई द्वारिकामा भेट्न गएछ । मणि देखेर भगवान कृष्ण प्रसन्न भइ यस्तै मणि आफुले पनि पाउने इच्छा ब्यक्त गरेछ । यस कुरालाई लिएर सत्रजितलाई मनमा लागेछ र उसको आफ्नो भाइ प्रसेनलाई सो मणि सुरक्षित साथ् राख्न दिएछ । त्यहि समयमा प्रसेन सिकार खेल्न गएछ र फर्केनछ । तब सत्रजितले श्री कृष्णलाई मणि चोरी गरेको आरोप लगाएको रहेछ । आफुलाई आरोप लागेपछि भगवान कृष्णले सत्य तथ्य पत्ता लगाउन खोज्दै जाने क्रममा एउटा गुफाभित्र एक जम्बुवन्तको छोऱाले सो मणि खेलिरहेको देखे ऱ जम्बुवन्तसंग युद्ध गरेऱ हराएछ र जम्बुवन्तले मणि फिर्ता दिएछ । भगवान कृष्णले उक्त मणि सत्रजितलाई लगेर फिर्ता गरि आरोपबाट मुक्ति पाए ।

यता भक्तपुरमा यसै गणेश चौथीको दिन राक्षसको प्रतिक मूपात्र जात्राको सन्दर्भ पनि जोडिएको पाइन्छ । स्वर्गका राजा देबराज इन्द्रकी आमा बसुन्धरालाई गणेश चौथीको दिन ब्रत बस्न पारिजात फूलको आवश्यकता भएकोले देवराज इन्द्रको छोरा जयन्तलाई फूल खोज्न पठाइयो ।  पारिजात फूल खोज्दै जाने क्रममा दैत्यहरुको बगैंचामा पारिजात फूल टिप्दै गरेको बेला राक्षसहरुले जयन्तलाई पक्राउ गरे ।  जयन्तलाई छुट्याउन देवता र राक्षसहरुको संग्राममा देवताहरुको जित भए पछि राक्षसहरुलाई जनतामाझ शहर परिक्रमा गरेको भन्ने विभिन्न ग्रन्थहरुमा उल्लेख भए अनुसार भक्तपुरमा मूपात्र जात्रा चली आएको जनाविश्वास रही आएको छ ।


चथा:को दिन बेलुकी चन्द्रमाको आराधना गरि धुमधामका साथ पुजा गर्ने प्रचलन रहेको छ । यस दिन चन्द्रमाको पुजा गरे वर्ष भरि चोर दोषबाट मुक्त हुने जनविश्वास रहेको पाईन्छ । चोर देवतालाई पुजा गर्नेक्रममा साँझ चन्द्रमा देखिएपछि र सूर्यास्त हुने समयमा कमलको पातमा अनार, विमिरा, बोट सहितको अदुवा, नासपाती, काँक्रो, भुटेको मकै, भटमास, गहुँ, चना, केराउ, बदाम लगायतका गेडागुडी राखेर पुजा गर्ने प्रचलन रहँदै आएको छ ।
 
नेवार समुदायमा चथाः पर्वको दिन पानी परे दशैंमा पनि पानी पर्छ भन्ने जनविश्वास रहेको पाईन्छ । 
 
 

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...