यस ब्लगमा पौराणिक, धार्मिक, किम्वदन्ती कथाहरुलाई संग्रह गरिएको हो, आफु मनखुसि लेखेको होइन । पौराणिक कथाहरु, धार्मिक पुस्तकहरु, जनश्रुतिलाई आधार मानेर संकलन गरिएको हो, सकेसम्म श्रोतहरु खुलाइने छ ।
Showing posts with label माघे संक्रान्ती. Show all posts

Monday, January 14, 2019
घ्य: चाकु संल्हु / माघे संक्रान्ती
घ्य:
चाकु संल्हु / माघे संक्रान्तीको हार्दिक सुभकामना !! सबै भन्दा जाडो हुने
समयमा शरिरलाई तातो दिने वातावरण अनुकुल मनाइने यो पर्वमा घ्यु चाकु तरुल
खाएर जाडो भगाउनु होला । आजैको दिनदेखि दिन लामो हुँदै जाने र रात छोटो
हुँदै जाने गरिन्छ ।
माघे संक्रान्ति र माधव नारायणको सन्दर्भमा एक पौराणिक कथा पाइन्छ । पौराणिक कथाअनुसार कुनै समय भादगाउँका एक महाजनको बुढेशकालमा पनि तिलको व्यापारमा कुनै कमी देखिएन । आफ्नो व्यावसाय झन् झन् राम्रो हुँदै जानुमा महाजन आफैँ अचम्म पर्दै थिए । आफ्नो सफल व्यावसायको कारण खोतल्ने क्रममा महाजनले तिलको बिउमा भगवान बिष्णुको आकृति भेट्टाए । त्यो दिन माघको संक्रान्तिको दिन थियो । त्यो बेलादेखि भादगाउँका बासिन्दाहरू भगवान बिष्णुको कृपाले अन्न र श्रीसम्पत्तिको निरन्तर वृद्धि हुन्छ भन्ने जनविश्वासका साथ माघे संक्रान्तिको दिन तिल माधवको मूर्ति बनाई पूजा गर्न थाले ।
यस दिन तिल दान गर्ने चलन पनि रहेको पाइन्छ । तिल माधव नारायणमा मेला लाग्ने सन्दर्भमा यस दिनलाई ‘हामो सँल्हु’ भनेर नामाकरण गरिएको छ, जुन आफैँमा महत्वपूर्ण छ । तिललाई नेपालभाषामा “हामो” (हाम्वः) भनिन्छ । तिलको सम्बन्धमा एउटा महत्वपूर्ण भनाई “जो व्यक्तिले यस दिन तिलको प्रयोग गर्छ, त्यो कहिल्यै डुब्दैन अर्थात यस दिन तिल प्रयोग गर्ने व्यक्ति कहिल्यै असफल हुँदैन” भन्ने अर्थ लाग्छ । त्यसैले यस दिन तिल प्रयोग गर्दै तिलले स्नान गर्ने, तिलको तेलले मालिस गर्ने, तिल दान दिने, तिल हवन गर्ने, तिल खाने र पितृलाई तिलयुक्त जल अर्पण गर्ने संस्कार रहेको पाइन्छ ।
विवाहित महिलाहरूले माघे संक्रान्तिको दिनमा आफ्नो लोग्नेको कमाई खान नहुने र माईतमा गएर खानु पर्ने भन्ने मान्यता रहेको छ । यस दिन घरका मुलीले सुख-शान्ति, सम्वृद्धि र निरोगिताको कामना गर्दै सबैको टाउकोमा तोरिको तेल हाली दिने परम्परा रहेको छ । सबै जस्तो चाडपर्वहरूमा ज्वाँईहरूलाई बोलाएर खुवाउने चलन रहे पनि यस दिन भने ज्वाँईहरूलाई बोलाउने गरिँदैन ।
फोटो : भक्तपुर अवस्थित माधव नारायण मन्दिर ।

Monday, January 7, 2019
भुर्जुंग खोला तातोपानी
पोखरा बसपार्कबाट करिब २१ किमी उत्तरतर्फ भुर्जुंग खोला (अर्थात सेती गण्डकी नदी) मा अवस्थित तातोपानी कुण्डमा एक छिन l
माघ १ गते ठुलो मेला लाग्ने गर्दछ l ब्यबस्थापनको लापरवाहीले गर्दा तातोपानी चाहिं सुकेको रहेछ l मेलाको बेला चाहिं तातोपानीको ब्यबस्था गर्दो रहेछ l नदीमा सफा र निर्मल पानीको बहाव राम्रै रहेछ l केहि बर्ष अघि May 5, 2012 मा सेती नदीमा आएको हिम पहिरोको कारण मृत्यु भएका मानिसहरुको सम्झनामा एक सानो स्मारक पार्क निर्माण गरेको रहेछ l

Subscribe to:
Posts (Atom)
सर्पलाई दुध चढाउनु गलत
सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...
-
स्वयम्भू महाचैत्यको उतर-पश्चिम कुनामा छत्र शैलीको रहेको दुई तल्ले मन्दिर हारती महायक्षणीको मन्दिर हो । हारती महायक्षणीले स्वयम्भू भूगर...
-
अचेल थुप्रै ब्यक्तिहरु नेवार कन्याको यती पल्ट बिहे हुन्छ, उति पल्ट बिहे हुन्छ भन्दै गलत व्याख्या गर्ने गरेको पटक पटक सुन्नमा आउन थालेको...
-
कल्खु अजिमा अर्थात कलंकी अजिमालाई करखुसी ( मनमती / कालीमाटी खोला ) र बल्खु खोला (इन्द्रमती ) को बीचभागमा विराजमान भै कलह र कलंक नास ग...
-
धेरै वर्ष पहिले नेपाल सुप्रभा नगर (थानकोट) राजधानी भएको बाणासुरको राज्यमा दानासुर र कच्छपासुर भन्ने दुई छोरा र प्रभावती नाम गरेकी...
-
ललितपुर अवस्थित १८ मुख्य बहाल मध्ये एक प्रख्यात बहाल हिरण्य बर्ण महाविहार, क्वा:बहाल हो । हिरण्य बर्ण महाविहारलाई धर्म र संस्कृतिको अनुपम...
-
काठमाडौं, नयाँ सडक अवस्थित महाँकाल भैरवकोकथा लिच्छवीकालको कुरा हो, उपत्यकामा धेरै समयसम्म खडेरी परेछ । घाम चर्को, पानी चाहीँ नपर्ने । पा...
-
मुख अष्टमी – पञ्चबुद्धको मुकुट लगाएको महादेवको प्रसङ्ग बिरुपाक्षको मुर्ति उहिलेको कुरा, नेपालमा धर्मदत्तको शासन कालमा बिरुपाक...
-
हरेक साल चैत्र शुल्क तृतीयाको दिन विश्व शान्तिको कामना गर्दै नालामा सेतोमछिन्द्रनाथको जात्रा मनाइने गर्दछ । पुजारी पुण्यराज बज्राचा...
-
मिथिलाबाट ज्वाई बनेर आएका जयस्थिति मल्लले नेपालमण्डल अर्थात काठमाडौं उपत्यकालाई कब्जा गर्नु पुर्व यहाँका राज्य ब्यबस्था पुरै सक्रमणकालमा...
-
नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमादेवी , लुकुमहाद्य: (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चर्हे मनाइने गरिन्छ ...