Showing posts with label मनमैजु. Show all posts
Showing posts with label मनमैजु. Show all posts

Sunday, October 29, 2017

फुसिंख्य अर्थात मनमैजुदेवी


एक दिन राजा गुणकामदेव नागार्जुन डाँडामा सिकारका क्रममा त्यहीँ बास बसेको र राती मनमैजु देवी (अजिमा; ईन्द्रायणी) प्रकट भई चैत्र शुक्ल पूर्णिमाका दिन पुजा अर्चना गरी जात्रा चलाएमा मनोआकाङक्षा पूरा हुने भनी सपना देखेछन्। भोलि बिहान अग्लो स्थानबाट चारैतिर हेर्दा पानीको दह भएको, काँडाहरुको झयाङैझयाङ वीच एउटा मन्दिर र स-साना वस्तीहरु देखेपछि गुणकामदेवले उक्त मन्दिरसम्म पुग्‍ने बाटो निर्माण गरि त्यहाँको स्थानीय वासीलाई जागृत गराई ईन्द्रायणीको नित्य पुजा अर्चना सहित चार दिनसम्म जात्रा गरि पाँचौँ दिनमा ईन्द्रायणी देवीको चिनो स्वरुप छोडिएको हिरामोतीले जडिएको भोटो देखाउँदा गुणकामदेव र स्थानीय वासीको मनको आकाङक्षा पुरा भएकोले त्यस समयदेखी नै मनमैंजुदेवी नामबाटै यस गाँउको नाम मनमैजु रहन गएको मानिन्छ ।

मनमैजुलाई नेपालभाषामा फुसिंख्य:, खुसिंख्य:, मदनपुर पनि भन्ने गर्छन् । नेपाल भाषामा "फुसे" भनेको फेदी र "ख्य:" भनेको चौर वा खेल्ने ठाँउ बुझिन्छ। यी दुबै शब्दको मेलबाट फुसिंख्य: बनेको हो, जसको अर्थ डाँडाको फेदीमा रहेको गाँउ हो । त्यसरी नै "खुसि" खोला र "ख्य:" खेल्ने ठाँउ मिलेर खुसिंख्य: बनेको हो। यसको अर्थ खोलानिरको खेल्ने ठाँउ हो । मनमैजुलाई पश्चिम र दक्षिणमा महादेव खोला र पूर्वमा साङ्गले खोलाले घेरेको हुनाले खुसिंख्य: भनिएको हुनुपर्छ भन्ने भनाइ छ

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...