Showing posts with label कालीगण्डकी. Show all posts
Showing posts with label कालीगण्डकी. Show all posts

Monday, January 7, 2019

धवलागिरी हिमाल



धवलागिरी हिमाल जसको साब्दिक अर्थ "सेतो हिमाल" भन्ने अर्थ लाग्दछ । पोखराको उत्तर पश्चिममा अवस्थित यो संसारकै सातौं अग्लो हिमाल हो जुन ८१६७ मिटर उचाई रहेको छ । नेपाली हिमालयको मध्य भागमा पर्ने यस हिमालको पुर्वमा कालीगण्डकीको गहिरो गल्छी बग्दछ, अर्कोतर्फ अन्नपूर्ण हिमाल पर्दछ ।

सन् १८०८ मा पश्चिमाहरूले यो हिमाल पत्ता लगाएपछि धौलागिरीलाई ३० वर्षसम्म संसारकै अग्लो पर्वतका रूपमा लिइएको थियो । पछि कञ्चनजङ्घा पत्ता लागेपछि त्यो नै सर्वोच्च शिखर मान्न थालियो । स्थानिय भुधरातलमा भएको अग्लाईको आधारमा धौलागिरी जस्तो अर्को हिमाल संसारमा कतै छैन । यो दक्षिणपुर्वमा ३० किमिको तेर्सो दुरीमा कालीगण्डकीको गल्छिदेखि ७००० मिटरमाथि उठेको छ ।

धौलागिरी र अन्नपुर्ण जस्ता दुई आठ-हजारी हिमाल रहेकोले कालीगण्डकी गल्छीलाई अनौठो गल्छीको रूपमा लिइन्छ ।

म्याग्दीको तातोपानी कुण्ड




कालीगण्डकीको गड्गडाहट संगै म्याग्दीको तातोपानी कुण्डमा एकछिन ।

सामान्यतया पानीको तापक्रम ४८ डिग्री रहेको पाइन्छ । यस कुण्डमा केही दिन नियमित डुबुल्की मार्ने हो भने ग्याष्ट्रीक, छाला सम्बन्धि रोगहरु, हड्डी, जोर्नी सम्बन्धि रोगहरु, सर्केको, मर्केको निको हुने गर्दछ । यस कुण्डमा सल्फरको मात्रा बढी हुने गर्दछ र तातोपानी किताणु मुक्त हुने गर्दछ । उच्च रक्तचाप र मधुमेह हुनेहरूलाई चाहिँ कुण्डमा डुबुल्के मार्न नहुने सुझाव छ । विशेषत: रोगबाट पीडितहरु १० दिन देखि १ महिनासम्म बसेर रोगबाट मुक्त भएर फर्केको थुप्रै प्रतिनिधि कथाहरु पाइन्छ ।

केहि दिन अघि माओवादी नेता प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा जिल्लाको बिपद ब्यबस्थापन भवन उद्घाटन गर्न हेलिकप्टरबाट आएका थिए । सुरक्षा ब्यबस्था कडा पारेर केही दिन डुबुल्की मारेका फोटो सामाजिक संजालमा भाइरल बनेको थियो । फोटो भाइरल भएको २ दिनपछि प्रचण्डले एक कार्यक्रममा आफु पत्नी सिताको उपचारको लागि तातोपानी कुण्डमा आएको र यस भाइरलले पर्यटन क्षेत्रमा कुण्डको बारे धेरै प्रचार भएको बताएका थिए ।

अन्धा गल्छी

म्याग्दी र मुस्तांगको सिमानामा पर्ने यस अन्धा गल्छी धौलागिरी हिमालको फेदलाई काटेर कालीगण्डकी नदी बग्ने गर्दछ र यस गल्छीलाई संसारकै सबैभन्दा गहिरो गल्छी मानिन्छ । धौलागिरी हिमालको उचाई, अर्को तर्फ अन्नपुर्ण हिमालको उचाई र गल्छीको समुद्री सतह लेभललाई आधार मानेर यस गल्छीलाई सबै भन्दा गहिरो मानेको रहेछ ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...