धवलागिरी
हिमाल जसको साब्दिक अर्थ "सेतो हिमाल" भन्ने अर्थ लाग्दछ । पोखराको उत्तर
पश्चिममा अवस्थित यो संसारकै सातौं अग्लो हिमाल हो जुन ८१६७ मिटर उचाई
रहेको छ । नेपाली हिमालयको मध्य भागमा पर्ने यस हिमालको पुर्वमा
कालीगण्डकीको गहिरो गल्छी बग्दछ, अर्कोतर्फ अन्नपूर्ण हिमाल पर्दछ ।
सन् १८०८ मा पश्चिमाहरूले यो हिमाल पत्ता लगाएपछि धौलागिरीलाई ३० वर्षसम्म संसारकै अग्लो पर्वतका रूपमा लिइएको थियो । पछि कञ्चनजङ्घा पत्ता लागेपछि त्यो नै सर्वोच्च शिखर मान्न थालियो । स्थानिय भुधरातलमा भएको अग्लाईको आधारमा धौलागिरी जस्तो अर्को हिमाल संसारमा कतै छैन । यो दक्षिणपुर्वमा ३० किमिको तेर्सो दुरीमा कालीगण्डकीको गल्छिदेखि ७००० मिटरमाथि उठेको छ ।
धौलागिरी र अन्नपुर्ण जस्ता दुई आठ-हजारी हिमाल रहेकोले कालीगण्डकी गल्छीलाई अनौठो गल्छीको रूपमा लिइन्छ ।

No comments:
Post a Comment