Showing posts with label अजिमा. Show all posts
Showing posts with label अजिमा. Show all posts

Thursday, August 16, 2018

गुहेश्वरी अजिमा


स्वस्थानी कथा अनुसार गुहेश्वरीमा सतीदेवीको गुहृय पतन भएको स्थानमा मन्दिरको गर्भगृह रहेको छ । पशुपति क्षेत्रस्थित श्लेष्मान्तक वनमा भगवती गुहृयश्वरी उत्पत्ति भएको किम्वदन्ती पाइन्छ । गुहेश्वरीमा एउटा सानो दुलो मात्र छ जहाँ चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने गर्दछन् । गुहृयेश्वरीको महिमा नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथामा पाइन्छ ।

#पुरानो #गुहेश्वरी :
स्वयम्भू पुराण अनुसार बालाजु अवस्थित पुरानो गुहृयश्वरीलाई प्राचीनतम् मानेर स्वयम्भू उत्पत्तिको पुष्पकमलको नाल नै यिनै कुण्डबाट प्रादुर्भाव भएको मान्दछ । नागार्जुनको पर्वत फेदीमा अवस्थित यस कुण्डको महिमा पीठका रूपमा कालान्तरमा महायान बज्रयानी - कर्मकाण्डले महिमा बढाए पनि वास्तविक मूलस्वरूप भू-गर्भमुनिको पानी वा सृष्टिदेखिको पानी आद्यजलको तर्पण नै विशेष देखिन्छ । वर्तमानमा यस स्थलमा पित्तलको अष्टकमलदलको पुष्पकेशर माथि कलश आकार स्वरूपले छोपिएको कुण्डलाई नै गुहृयश्वरीका प्रतीक मानेर पुज्ने परम्परा छ ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...