Showing posts with label विष्णुमति. Show all posts
Showing posts with label विष्णुमति. Show all posts

Tuesday, August 29, 2017

पंचमुखी महादेव



पचली भैरवको पूरा नाम पञ्चली भैरव हो । यसलाई स्वच्छन्द भैरब पनि भनिन्छ ।  विष्णुमती, बागमती र भद्रमती नदिको संगम स्थलमा महानागको स्थान रहेको पाइन्छ । यस दोभानमा पन्चलिंगको मुर्ति पाइन्छ, त्यसैले यो दोभानलाई पंचलिंग तिर्थ पनि भनिन्छ ।
 
राजतिर्थको किनारमा अवस्थित पञ्चली भैरवको कथा बेग्लै छ । नेवारहरुले पञ्चमुखी महादेवलाइ रुद्रको रुपमा लिने गरेको पाइन्छ । बौद्धमार्गीले स्वच्छन्द भैरव भनेर मानेता पनि हिन्दु धर्ममा र बौद्ध धर्ममा देव अलग अलग रुपले व्याख्या गरेको पाइन्छ । यसै महादेवलाइ रुद्र भनिएता पनि भारतको रुद्रसँग रुप र कथाहरु मेल खाँदैन । यस महादेवलाई नेवारहरुले प्रयोग गर्ने गुप्त तन्त्र वा गुप्त विद्यामा शिर्ष देवको रुपमा पनि मानिन्छ ।

- भाई सन्दिप महर्जनसंग अन्तरक्रियामा आधारित

बखुँमलः अर्थात किर्तिपुरको सात गाउँ जात्रा


किम्वदन्ती अनुसार काठमाडौंको विष्णुमति खोलाको किनारमा अवस्थित अष्टमात्रिका मध्ये एक तान्त्रिक देवी लुतीअजिमा (इन्द्रायणी) शक्ति पीठमा बाला चतुर्दशीको दिन हवन गर्दा होममा चढाएका पंचबली (परेवा, भंगेरा, सर्प, माछा, फट्यांग्रा) मध्ये परेवा चाँही उडेर गए र त्यो परेवा बसेको ठाउँलाई बखु भनिए । परेवा खोज्दै जाँदा भेटाउन सकेन र नेवारीमा “बखु मदु” अर्थात “परेवा छैन / भेटिएन” भन्ने सब्द अपभ्रंस हुँदै बखुमद: र बल्खु हुन गएको जनविश्वास रही आएको छ ।

अर्को किम्वदन्ती अनुसार परापुर्व कालमा यस बखुमद पिठमा तपस्वीहरू आइ पुजाआज्ञा गरि हवन गर्न लागि रहेको अवस्थामा सोहि इन्द्रायणीबाट उड्दै आएको अलौकिक परेवा बखुमल: अवस्थित माता बिष्णुदेवीको हवनकुन्दमा बस्ने बित्तिकै दिप प्रज्वलित भएर र परेवा अलप भएको कथा पाइन्छ । यस प्रकार बखुँमलः अर्थात परेवाको ज्वालाले हवन सिद्धि भएको घटना सात गाउँभरि फैलिए र शक्तिपीठको रुपमा सात गाउँका बासिन्दाहरुले बखुँमलः जात्रा अर्थात सात गाउँ जात्रा चलाएको जनश्रुति पाइन्छा । यस जात्रामा आ-आफ्नो गाउँ ठाउँ अनुसार विष्णुदेवी, इन्द्रायणी, ब्रम्हायणी, माहेश्वरी, कुमारी, बाराही, सिंहिनी, ब्याघिनी, गणेश, भैरब गरि नौ रथहरुको जात्रा गर्ने गरिन्छ ।

पहिले पहिले किर्तिपुर क्षेत्र ललितपुर इलाका क्षेत्र भित्र पर्दथ्यो । तत्कालिन राजा रत्न मल्लले ललितपुरको राज्य चलाई रहेको बेला दक्षिण घेगमा अरुले लुटपाट गरेर दु:ख दिने गरेकोले सुरक्षा दिन पालो राख्नको लागि नेपाल सम्बत ६२१ मा बस्ती ब्यबस्थित गर्दै त्यसैको सुरक्षार्थ भाजंगालमा विष्णुदेवीको स्थापना गरेको भनाइ रहेको छ ! पालो बस्ने गाउँ भएको हुनाले अपभ्रंस हुँदै “पाँगा” रहन गएको पाइन्छ ! यो जात्रामा अझै पनि ललितपुरको कर्माचार्यहरुद्वारा हवन पुजा गरिन्छ ।

माता विष्णुदेवीका ४ सन्तानहरु छन् । मच्छेगाउँकी ठुली छोरी, बोसीगाउँको जेठो छोरो भैरबनाथ, ल्होखाको माइलो छोरा भैरबनाथ र सतुंगलकी कान्छी छोरीलाई नवमीको रात बाजागाजा सहित भक्तजनहरुको लावालस्कर सहित दिपावली गर्दै चिरागका साथ माता विष्णुदेवीको चरणमा ल्याउने गर्दछन । जेठी दिदी भएकीले भाइहरु र बहिनीलाई बोलाई आमाको दर्शन गर्न जाने सल्लाह गरी विस्तारै माताको चरणमा आउँदा सतुंगलकी कान्छी बहिनी पहिले नै आई काखमा बसेको देखेर रिसाई पिठ्यूँ फर्काएर पश्चिमतिर फर्की बस्छिन् । अपरान्हतिर सिन्दुर जात्रा गरी चोखो कपडा बिछ्याई गाउँ भित्राई धुमधामका साथ बलि दिएर जात्रा सम्पन्न गरिन्छ ।

अर्को कथा अनुसार मल्लकालमा एक राजकुमार कीर्तिपुरमा बास बस्न आउँदा लाखेपा नामको दैत्यसँग झगडा गरी राजकुमारले उक्त क्षेत्रबाट हटाएपछि स्थानीय जनताले खुसियाली मनाएको किम्वदन्ती छ । मङ्सिर शुक्ल चतुर्थीका दिन देखि लाग्ने यो जात्रा कीर्तिपुर लगायत पाँगा, न गाउँ, ल्होखा (ल्ह्व:कोट), बोसी गाउँ, सतुंगल र मच्छेगाउँ गरी सात गाउँमा सात दिनसम्म “लाखेपा” जात्रा मनाइन्छ ।

Sunday, August 27, 2017

पुलुंकिसी


किम्वदन्ती अनुसार स्वर्गका राजा इन्द्रदेव नेपालमण्डल, विष्णुमति नदी अवस्थित निर्मल तिर्थ दर्शन गरेर फर्कने बेला पारिजात फुल चोर्दै गर्दा समातेर बाँधेर राखे । आफ्नो इष्टदेव तथा बाहान स्वर्गमा फर्केर नआएपछि एरावत हाती आश्चर्य मान्दै छटपटाइ रहे ! २-३ दिनसम्म पनि इन्द्रदेव स्वर्ग नफर्केपछि एरावत हात्ती स्वर्गबाट धर्तीमा झरे । यता उता भौतारिन्दै इन्द्रदेवलाई खोज्दै रहे । इन्द्रदेव जता गए पनि एरावत हात्ती चढेर जाने गर्थ्यो, अब इन्द्रदेव नै नरहेपछि एरावत हात्ती कसरी बस्न सक्थे ? तसर्थ नेपालमण्डलको गल्ली गल्ली हुँदै अन्नपानी वास्ता नगरी यता उता भौतारिन्दै खोज्दै हिंडे ।

नेपालमण्डलमा यसरी यता उता भौतारिन्दै गरेको हात्ती देखेर मानिसहरु छक्क परे । गहनाहरुले सुसज्जित सेतो हात्ती, हेदै राम्रो ऐरावत हात्ती, बाटोमा हिडिरहेका मानिसहरुलाई पनि वास्ता नै नगरी दौडादौड, भागमभाग गर्दै भौतारिरहेको देखेर मानिसहरुले एरावट हातिलाई समातेर किलागल: मा बाँधी दिए ।

यता आफ्नो छोरा हेर्न पठाएको हाती पनि नफर्के पछि इन्द्रदेवका माता आफै ध्यानमा बसेर हेर्दा त आफ्नो छोरा र एरावट हात्ती दुबैलाई बाँधेर राखेको देखिन् । त्यसपछि माता आफै धर्तीमा झरेर दुबैलाई स्वतन्त्र गराई स्वर्गमा फर्काए ।

यसैको सम्झानार्थ इन्द्रदेव नरिसाओस् भनेर इन्द्रजात्राको चलन रहेको भनाइ छ । इन्द्रजात्रामा एरावत हात्ती इन्द्रदेबलाई खोज्दै हिंडेको प्रतिकको स्वरूप आजसम्म पनि पुलुंकिसी शहरभरि यता उता घुमाउने चलन रहेको छ । त्यसैगरि, आफ्नो छोरालाई बाँधेर राखेकोले रिसाएर श्राप दिन लाग्दा भुल भयो, क्षमा पाउँ भनि क्षमा मागेको हुनाले आज सम्म पनि इन्द्रजात्रा प्रतिकको रुपमा इन्द्रजात्राको रथ तानी सकेपछि दागीं ल्याउने चलन रहेको छ । इन्द्रलाई लिन आएको बेला इन्द्रदेबको माताले बत्ति बाल्दै आएको प्रतिक स्वरूप इन्द्रजात्रा पर्वको बेला दागींको अगाडी बहुमत / बौ:मत / लामो बाँसमा लहरै पाल्चा बाल्दै शहर घुमाउने चलन अहिले पनि रहेको छ ! दांगी रिसाएर भाग्छ भन्दै दायाँ बायाँ मानिसहरुले हात समातेर राख्ने गरिन्छ ।

श्रोत : सन्दिप महर्जन

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...