यस ब्लगमा पौराणिक, धार्मिक, किम्वदन्ती कथाहरुलाई संग्रह गरिएको हो, आफु मनखुसि लेखेको होइन । पौराणिक कथाहरु, धार्मिक पुस्तकहरु, जनश्रुतिलाई आधार मानेर संकलन गरिएको हो, सकेसम्म श्रोतहरु खुलाइने छ ।
Showing posts with label गोदावरी. Show all posts

Monday, January 7, 2019
Saturday, April 1, 2017
चोभार : सिद्धिपुर र श्री आदिनाथ लोकेश्वरको सन्दर्भ
हामी सामान्यत: मछिन्द्रनाथ
भन्ने बितिकै बर्षा र शहकालको देवता भनेर चिन्छौ । तर चोभार
अवस्थित मछिन्द्रनाथ अर्थात आदिनाथ लोकेश्वरको कथा चाहिं धेरै असिना पानी
परेकोले सिद्धिपुरका बासिन्दाहरुले देउटालाई नै गोदावरी खोलामा फ्याँकेको कथापाइन्छ ।
चोभार तथा थसिका जेष्ठ नागरिकहरुको भनाई तथा जनश्रुती अनुसार धैरै बर्ष पहिले थसि अर्थात ललितपुर अवस्थित सिद्धिपुरका वासिन्दाहरूले अति असिनाका कारण गोदावरी खोलामा फ्याँकेको श्री आदिनाथ खोला सँगसंगै बग्दा बग्दै कालान्तरमा उपत्यकालाई छोडेर जान मन नलागी चोभारको नख्खु खोलाको दोभानमा अड्किएर बसेको "नन्द ग्वा"ले देखेका थिए । चोभारको चौरमा गाई चराउदै गरेका चोभारबासी "नन्द ग्वा "ले नख्खु खोलाको दोभानमा अड्किएर बसेको बच्चा अर्थात श्री आदिनाथलाई बचाउन खोलामा गए । बच्चालाई समाउन खोज्दा उक्त बच्चाले "मलाई नछोउ, मलाई नछोउ" भनी कराउन थाले र नन्द ग्वालाई श्री आदिनाथले आफ्नो रूप दर्शन गराएका थिए । आदिनाथको दर्शन पाएपछि नन्द ग्वाले श्री आदिनाथलाई बिन्ती चढाए : " प्रभु हाम्रो गाउँको बसुन्धारा मन्दिर विगत केही समयदेखि खाली रहेको छ, उक्त ठाउँमा प्रभु विराजमान भइदिनुस् ।“
नन्द ग्वाको बिन्तिलाई आदिनाथले स्विकार गरे र नन्द ग्वा: खुशी हुँदै श्री आदिनाथलाई लिन म बाजागाजा लिएर आउँछु भनी गाउँ पसे । नन्द ग्वा:ले सबै गाउँवासीलाई खबर गर्दागर्दै फर्केर आउन ढिला भए । उता श्री आदिनाथ आफुलाई कहिले लिन आउँछ भन्दै नख्खु खोलाको दोभानबाट माथि चोभार डाँडाको गाउँतिर हेरि रहे । त्यही भएर हालसम्म पनि श्री आदिनाथ मुर्तिमा आँखा अलि माथि हेरिरहेको जस्तो देखिन्छ । नन्द ग्वा: बिभिन्न बाजागाजाका साथ पहिलेको ठाउँमा आइ पुगे । तर पहिलाको ठाउँमा श्री आदिनाथले दर्शन दिनु भएन् । यताउता चारैतिर सबैले आँखा लगाए तर कहीं भेटिएन । नन्द ग्वा: र पुरोहित बिच गन्थन हुन थाले । नन्द ग्वा:ले आफुले यतै देखेको हो भनि जिद्धी गर्न थाले । त्यसै बखत सोही ठाउँमा पुरोहित र नन्द ग्वालाई श्री आदिनाथले दर्शन दिए । पुरोहितले श्री आदिनाथलाई देख्नासाथ खोलामा कलश थापे र श्री आदिनाथ त्यस कलश भित्र विराजमान भए । यसैको प्रतिक स्वरुप अहिले पनि कलश थाप्दा पानी बगेको पट्टी कलशको पछाडिको भाग पारेर थापिन्छ । हालसम्म पनि नख्खु खोलाको दोभानमा मेलाको बेला दाफा स्वां खन्याउने गरिन्छ ।
त्यस बेला श्री आदिनाथ स्वयं प्रकत भई भनेका थिए " म सिपुर (सिद्धिपुर थसी) को देवता हुँ, मलाई परापुर्वकालदेखी नै थसिका नेकु खलक (नेम्कुल) मार्फत नित्य पूजा गरी आईरहेको हुनाले अबका दिनहरूमा पनि नित्य कर्म गर्दा नेम्कुल खलकबाट नै गरियोस भन्दै आज्ञा दिए । गाउँवासीहरूले उक्त कुरामा सहमत भए र बिभिन्न बाजागाजा सहित सिन्दुर जात्रा गरी चोभारमा खाली रहेको श्री बसुन्धारा माजुको मन्दिरमा श्री आदिनाथको स्थापना गरे । थसी (सिद्धिपुर्) का वासिन्दा मध्ये चार नेम्कुल खलकहरू नाङो खुट्टाले सेतो वस्त्र लगाई कपाल मुन्डन गरी थसी (सिद्धिपुर्) देखी चोभार सम्म हिंडेर पूजा गर्ने जाने चल्न हाल सम्म यथावत नै छ । यसर्थ सिद्धिपुरको प्वं देवता नै हालको श्री आदिनाथ लोकेश्वर हुन् भन्नेजन विश्वास रहेको पाइन्छ ।

Subscribe to:
Posts (Atom)
सर्पलाई दुध चढाउनु गलत
सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...
-
स्वयम्भू महाचैत्यको उतर-पश्चिम कुनामा छत्र शैलीको रहेको दुई तल्ले मन्दिर हारती महायक्षणीको मन्दिर हो । हारती महायक्षणीले स्वयम्भू भूगर...
-
अचेल थुप्रै ब्यक्तिहरु नेवार कन्याको यती पल्ट बिहे हुन्छ, उति पल्ट बिहे हुन्छ भन्दै गलत व्याख्या गर्ने गरेको पटक पटक सुन्नमा आउन थालेको...
-
कल्खु अजिमा अर्थात कलंकी अजिमालाई करखुसी ( मनमती / कालीमाटी खोला ) र बल्खु खोला (इन्द्रमती ) को बीचभागमा विराजमान भै कलह र कलंक नास ग...
-
धेरै वर्ष पहिले नेपाल सुप्रभा नगर (थानकोट) राजधानी भएको बाणासुरको राज्यमा दानासुर र कच्छपासुर भन्ने दुई छोरा र प्रभावती नाम गरेकी...
-
ललितपुर अवस्थित १८ मुख्य बहाल मध्ये एक प्रख्यात बहाल हिरण्य बर्ण महाविहार, क्वा:बहाल हो । हिरण्य बर्ण महाविहारलाई धर्म र संस्कृतिको अनुपम...
-
काठमाडौं, नयाँ सडक अवस्थित महाँकाल भैरवकोकथा लिच्छवीकालको कुरा हो, उपत्यकामा धेरै समयसम्म खडेरी परेछ । घाम चर्को, पानी चाहीँ नपर्ने । पा...
-
मुख अष्टमी – पञ्चबुद्धको मुकुट लगाएको महादेवको प्रसङ्ग बिरुपाक्षको मुर्ति उहिलेको कुरा, नेपालमा धर्मदत्तको शासन कालमा बिरुपाक...
-
हरेक साल चैत्र शुल्क तृतीयाको दिन विश्व शान्तिको कामना गर्दै नालामा सेतोमछिन्द्रनाथको जात्रा मनाइने गर्दछ । पुजारी पुण्यराज बज्राचा...
-
मिथिलाबाट ज्वाई बनेर आएका जयस्थिति मल्लले नेपालमण्डल अर्थात काठमाडौं उपत्यकालाई कब्जा गर्नु पुर्व यहाँका राज्य ब्यबस्था पुरै सक्रमणकालमा...
-
नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमादेवी , लुकुमहाद्य: (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चर्हे मनाइने गरिन्छ ...