Showing posts with label सतुंगल. Show all posts
Showing posts with label सतुंगल. Show all posts

Thursday, November 30, 2017

सत्यपुर अर्थात सतुंगलको पंखा जात्रा


सात गाउँ जात्रा अनुसार माता विष्णुदेवीका ४ सन्तानहरु छन् । मच्छेगाउँकी ठुली छोरी, बोसीगाउँको जेठो छोरो भैरबनाथ, ल्होखाको माइलो छोरा भैरबनाथ र सतुंगलकी कान्छी छोरीलाई नवमीको रात बाजागाजा सहित भक्तजनहरुको लावालस्कर सहित दिपावली गर्दै चिरागका साथ माता विष्णुदेवीको चरणमा ल्याउने गर्दछन । 

जेठी दिदी भएकीले भाइहरु र बहिनीलाई बोलाई आमाको दर्शन गर्न जाने सल्लाह गरी विस्तारै माताको चरणमा आउँदा सतुंगलकी कान्छी बहिनी पहिले नै आई चलाखीपुर्वक काखमा बसेको देखेर रिसाई पिठ्यूँ फर्काएर पश्चिमतिर फर्की बस्छिन् । अपरान्हतिर सिन्दुर जात्रा गरी चोखो कपडा बिछ्याई गाउँ भित्राई धुमधामका साथ बलि दिएर जात्रा सम्पन्न गरिन्छ ।

सात गाउँ जात्रामा आधारित यो जात्रामा कान्छी छोरी धेरै नखरा पार्ने भएर पो हो कि, सत्यपुरको पंखा जात्रामा  (कान्छी छोरी) पनि पिठ्यु फर्काइ फर्काई जात्रा गर्ने गरिन्छ !!

भिडियो  श्रोत : फेसबुक सतुंगल.सत्यपुर

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...