सात गाउँ जात्रा अनुसार माता विष्णुदेवीका ४ सन्तानहरु छन् । मच्छेगाउँकी ठुली छोरी, बोसीगाउँको जेठो छोरो भैरबनाथ, ल्होखाको माइलो छोरा भैरबनाथ र सतुंगलकी कान्छी छोरीलाई नवमीको रात बाजागाजा सहित भक्तजनहरुको लावालस्कर सहित दिपावली गर्दै चिरागका साथ माता विष्णुदेवीको चरणमा ल्याउने गर्दछन ।
जेठी दिदी भएकीले भाइहरु र बहिनीलाई बोलाई आमाको दर्शन
गर्न जाने सल्लाह गरी विस्तारै माताको चरणमा आउँदा सतुंगलकी कान्छी बहिनी
पहिले नै आई चलाखीपुर्वक काखमा बसेको
देखेर रिसाई पिठ्यूँ फर्काएर पश्चिमतिर फर्की बस्छिन् । अपरान्हतिर सिन्दुर
जात्रा गरी चोखो कपडा बिछ्याई गाउँ भित्राई धुमधामका साथ बलि दिएर जात्रा
सम्पन्न गरिन्छ ।
सात गाउँ जात्रामा आधारित यो जात्रामा कान्छी छोरी धेरै नखरा पार्ने भएर पो हो कि, सत्यपुरको पंखा जात्रामा (कान्छी छोरी) पनि पिठ्यु फर्काइ फर्काई जात्रा गर्ने गरिन्छ !!
भिडियो श्रोत : फेसबुक सतुंगल.सत्यपुर
भिडियो श्रोत : फेसबुक सतुंगल.सत्यपुर
No comments:
Post a Comment