Showing posts with label नगिरीपुर. Show all posts
Showing posts with label नगिरीपुर. Show all posts

Wednesday, September 19, 2018

नाला : एक ऐतिहासिक चिनारी


 सत्ययुगमा राजा दिर्घरथको समयमा यो नगरको नाम #नगिरीपुर थियो ।
लिच्छविकालमा राजा शिवदेव द्वितीयको पालामा नाम #नालाङ्ग्राम थियो ।
यहाँको एक प्रसिद्ध भगवतिको भजनमा यो नगरीको बखान #उत्ररापुर भनेर बर्णन गरिएको छ ।

महामन्जुश्री यहिं नगरी भएर काठमाडौ उपत्यका प्रवेश गरेका थिए ।

बुंगमतिमा सेतो मछिन्द्रनाथको मुर्ति पनि थियो । केहि तामांगहरुले उक्त मुर्ति चोरी गरेर ल्हासा लाने क्रममा यहाँ आईपुगे पछि ठुलो आँधीहुरी आएकाले तामाङहरु मुर्ति यहिं छाडेर भागेका थिए र पछि यहिं प्रतिस्थापन गरिएका थिए ।

यहाँको लगन टोल अवस्थित एक ढुंगे धारामा लिच्छविकालिन ॐ सम्बत उल्लेख रहेको शिलापत्र अझै छ । लिच्छविहरु बैशालीबाट मकवानपुर हुँदै यहि नगरीबाट काठमाडौ छिरेका थिए रे !

पांन्चाल देशका विश्वन्तर राजकुमारको कथा अनुसार गौतम बुद्ध यहाँ ४ महिना ध्यान बसेका थिए र आफ्नै मासु काटेर बघिनीलाई खुवाए पछि त्यागको कदर गर्दै गौतम बुद्धले यहिंबाट नमोबुद्ध भनेर बन्दना गरेका थिए ।

Monday, September 18, 2017

नाला अर्थात नगिरीपुर, नालङ्गग्राम, नालादेश, उत्ररापुर


उग्रचण्डी नाला नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। नाला, काठमाण्डौंको पूर्वतिरको रहेको प्राचीन ऐतिहासिक सहर हो । यो काठमाण्डौसंगै जोडिएर रहेको भक्तपुरबाट झण्डै दुई कोष टाढा पूर्वतिर अवस्थित छ। यो काभ्रेपलाञ्चोक जिल्लाको सात प्राचीन नेवार बस्तीहरू मध्ये प्रमुख बस्ती भएको कुरा यहाँ रहेका ऐतिहासिक प्रमाणहरूले देखाउँछ। नाला समुद्र सतहबाट करीब १४०० मीटर उचाईमा अवस्थित छ। 

नालाको दायाँबायाँ नण्यमातापुण्यमाता खोलाहरू रहेका छन्। यहाँको हावापानी समशीतोष्ण रहेको छ। यस क्षेत्रलाई चारैतिर हरिया पहाडहरूले घेरिएको छ। यस स्थानमा नेपालका प्रमुख प्रख्यात चार भगवती मध्ये एक उग्रचण्डी भगवती तथा नेपालमा प्रमुख प्रख्यात चार करुणामय मध्ये श्रृष्टीकान्त लोकेश्वर करुणामय पनि यसै स्थानमा रहेका छन्। 

यहाँ २–३ दशक पहिले “दूध, दही र खुवा”को लागि साह्रै प्रसिद्ध थियो भने हाल आलुको लागि प्रसिद्ध छ । लिच्छवीकालमा हस्त निर्मित बाँसको ढक्की तथा कँलालीको लागि प्रसिद्ध रहेको कुरा इतिहास प्रमाण छन् । 

मञ्जुश्री उपत्यका प्रवेश गर्दा नालाको बाटोबाटै आएको कुरा इतिहासले देखाउँदछ । नालाको लागन टोल ढुङ्गे धाराको भित्तामा रहेको लिच्छवीकालको ऊँ सम्बत् ११८ (वि.सं.७१५)को शिलापत्रले यहाँको ऐतिहासिक गरिमालाई प्रकाश पार्न मद्दत पु¥याएको छ । 

नाला विभिन्न समयमा विभिन्न नामाकरण भएको देखिन्छ । लिच्छवीकाल पूर्व सत्ययुगको राजा दीर्घरथको समयमा “नगिरीपुर”, लिच्छवीकालीन राजा शिवदेव द्धितीयको समयमा “नालङ्गग्राम”, मल्लकालीन यक्ष मल्लको समयमा “नालादेश”, आधुनिककालीन समयमा “नाला शहर” नामाकरण भएको पाइन्छ। यहाँको उग्रचण्डीको भजन गीतमा “उत्ररापुर” नाम रहेको पाइन्छ ।

नालामा हालसम्म गढ, पर्खाल, ढुङ्गाको मूल ढोकाहरू, प्रशस्तमात्रामा ढुङ्गेधाराहरू, इनारहरू, मनोरञ्जनको लागि डबलीहरू, सडक चोकमा पाको इँटाले विछ्याएको बाटो, ढलको व्यवस्था भएको, लायकू (दरबार) रहेको अवशेषहरू पाइन्छ। यी प्रमाणहरूले आधुनिककाल भन्दा पनि परापूर्वकालको (किराँती, लिच्छवी, मल्लकालीन) नाला एक ऐतिहासिक र सुन्दर नगरीको रूपमा विकसित भएको देखिन्छ। अझ यहाँ मनाउने चाडपर्व, अन्य साँस्कृतिक क्रियाकलापहरू अन्य ठाउँको भन्दा पृथक रहेको ती सम्पूर्ण क्रियाकलापहरू बैज्ञानिकतामा सामीप्य रहेको देखिन्छ। मल्लकालमा गो झ्या, पासुका झ्या, सँ झ्या, टिकी झ्या, न्यापाः झ्या, कुँ झ्या, मयूर झ्या आदि झ्यालहरू मन्दिर बाहेक नै सर्वसाधारणका घरहरूमा पाइन्छ।

इतिहासमा उल्लेख भए अनुसार लिच्छवीहरू वैशालीबाट मकवानपुर हुँदै पनौतिबाट नाला हुँदै उपत्यका छिरेका हुन् ।

- विकिपिडियाबाट 



सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...