Showing posts with label भक्तपुर. Show all posts
Showing posts with label भक्तपुर. Show all posts

Friday, March 13, 2020

सन्दर्भ : ५५ झ्याले दरवार, भक्तपुर



श्री सुर्यबंशी राजा रणजित मल्लले धेरै धन खर्च गरेर ने. सं. ७६०-७९३ बिचमा अनेक कालिगडहरुलाई काममा लगाई ५२ झ्याले दरवार बनाई रामायणलिला कुँड्न लगाई भक्तपुर दरवारको बैठक बनाएका थिए । केहि कालपछि मुलचोक जाने बाहिरी मोहडा ढोकामा सुनले छाई सुनको ढोका भने प्रख्यात गराए । बिक्रम सम्बत १९९० माघमा गएको महाभुकम्पले यो दरवार पुर्ण रुपमा भत्केर नष्ट भए ।

देवमाला बंशावलीमा उल्लेखित भक्तपुरको ५२ झ्याले दरवार १९९० सालपछि पुननिर्माण भएपछि ५५ झ्याले दरवार भए । यता हामीहरुले घोकेको इतिहास अनुसार ५५ झ्याले दरवार राजा भुपतिन्द्र मल्लले बनाएका हुन ।

ल अब भन्नुस भक्तपुरको ५५ झ्याले दरवार कसले बनाएका हुन ?

भक्तपुर स्थित सिद्धपोखरीको सन्दर्भ



राजा आनन्ददेवको पालामा कलि सम्बत ४१९७ तिर भक्तपुरको एक तान्त्रिकले थिमीको स्वास्नी बिबाह गरि आनन्दसंग बस्दै आएका थिए । एक दिन स्वास्नीले आफ्नो लोग्नेलाई तपाईं अनेक रुप देखाउन सक्नु हुन्छ, मलाई पनि एक रुप देखाउ भनी सार्है धिपी गरेछिन् । लौ हुन्छ, तर नडराइस । डरायो भने मलाई यो अक्षताले हान्नु भन्दै मन्त्र फुकेर केहि अक्षताहरु स्वास्नीको हातमा राखी दिएछन् र आफू अलि तल छेडीमा गइ भयंकर नागको रुप लिइ माथि आएछ्न् । भयंकर नाग देखेर स्वास्नी सार्है डराइन् र हातमा रहेका अक्षताहरु लोग्नेलाई नहानी यताउता फालेर भागेछिन् । नाग आफ्नो स्वास्नीको पछि पछि कुददै गए र हालको सिद्धपोखरी निर आईपुग्दा प्रातकाल सुरु भए । लौ अनर्थ हुने भो भन्दै त्यो नागरुपी तान्त्रिक त्यतै लोप भए र नाग त्यतै रहे । कालान्तरमा त्यो ठाउँ सिद्ध पोखरीको नामले प्रचार भए । भनिन्छ, यस सिद्धपोखरीमा उहिले उहिले थिमिलेहरु जानू हुँदैन भन्ने जनबिश्वास रहि आएको छ । कथंकदाचित गएमा यस पोखरीमा रहेको पानी अनौठो तरिकाले खलबल भै उत्पात मच्चाउँछ भन्ने जनविश्वास रहेको छ । पछि जंगबहादुर राणाले यस पोखरीको चारैतिर ध्वाखाहरु बनाई भित्र ढुंगा छापेर घाट बनाई अति राम्रो र सुन्दर पोखरी बनाई दिएका थिए ।

#
आधार
: देवमाला बंशावली

Tuesday, August 20, 2019

गथाँमुग: - यौन दुराचारीको सन्दर्भमा मनाईने चाड (भक्तपुर)


भक्तपुरतिर गथाँमुग:लाई यौन दुराचारी र त्यसलाई जनकारवाहीको रुपमा चित्रण गर्दै गथाँमुग: पर्व मनाउने गरिएको छ ।

१. यौन दुराचारीको लिंगलाई रातो अर्थात खतराको रुपमा चित्रण गरिएको छ ।

२. नव युवाहरुको लागि यौन शिक्षाको
रुपमा चित्रण गर्दै ढोग्न लगाइन्छ । यसले यौनको महत्व बुझ्न उत्प्रेरित गर्दछ ।

३. अंध्यारो ठाउँमा भुत हुन्छ भन्दै यौंन हिंसा तथा बलात्कारीबाट बच्न चेतावनी दिइएको देखिन्छ ।

४. गथाँमुग:ले लान्छ, राती राती एक्लै दुक्लै नहिंड्नु भनेर छोरीहरुलाई सतर्कता रहन तर्साएको देखिन्छ ।

५. चोक चोकमा राखिएको गथाँमुग:मा कपालको रौं वा कपडाको टुक्रा राख्ने चलन छ । यसले हामी आफुभित्र रहेको दुराचारी वा दानवपन फालेको संकेतको रुपमा बुझ्न सकिन्छ ।

६. दिनभर चोकमा नाङ्गै उभ्याएर गाली गर्दै आगो लगाउँदै खोलामा फाल्न लाने कुराले यौंन दुराचारीलाई सार्वजनिक बेज्जत गर्दै अरु कसैले पनि यस्तो नगर्न चेतावनी दिएको प्रतिकको रुपमा लिन सकिन्छ ।




श्रोत : नेवान्युज.कम

Monday, August 19, 2019

भक्तपुरको मुलाचोकमा अवस्थित कलात्मक सुन्धारा

नेपाल सम्बत ८०८ अर्थात सन् १६८८ मा भक्तपुरका जितामित्र मल्लले मुलचोकको उत्तर-पूर्वी तर्फ शाही कुल देवताको पुजाको लागि स्वर्णप्रणालीबाट बनाउन लगाएको नाग सहितको पोखरी र कलात्मक सुन्धारा l

सुडाल जात्रा

आनन्द देव राजाले भक्तपुर नगरलाई सुडालको ङाबुबाट हालको भक्तपुर नगर भएको स्थानमा सारेपछि विक्रम संवत ९३० देखि रोकिएको र लोप भैसकेको सुडाल जात्रा / गाईजात्रा २०५९ साल देखि पुन: संचालनमा आइरहेको छ
 
नवदुर्गाको मुकुटका लागि पनि सो स्थानको माटो नै पहिला ल्याउनुपर्ने र पहिला सुडालकै दुई स्थानमा भक्तपुर नगर रहनुवाट गाईजात्राको महत्व सुडालमा धेरै रहेको छ ।

सायता जात्राका रुपमा मनाईने गरेको गाई जात्रा नगर स्थानान्तरण सँगै हालको भक्तपुर नगरमा मनाउन थालिएको इतिहासमा उल्लेख भएको सँस्कृती विज्ञहरु वताउँछन् । संस्कृती विद् ओम द्यौभडेलका अनुसार सुडालमा हाल पनि अस्ट मात्रिका सहित ब्रम्हायणीको मन्दिर रही रहनुले पनि भक्तपुर नगरमा कुनै पनि धार्मिक काम गर्नु परेमा उक्त स्थानमा गएर पूजाआजा गर्नुपर्ने प्रचलन रहेको छ ।

साविक सुडाल गाविस अर्थात हालको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा रहेको नगरलाई तात्कालिक विभिन्न समस्याका कारण हालको स्थानमा स्थानान्तरण गरिएको थियो ।

Sunday, June 16, 2019

भुपतिन्द्र मल्लको जुँगा



गुणस्तर भनेको राजा भुपतिन्द्र मल्लको जुँगा हो । ३ सताब्दी पार हुँदा पनि जुंगाको रंग न खुइलेको छ, न उडेको छ ।

Tuesday, February 12, 2019

ललितपुरको शनि देवता र भक्तपुरको #लँपँ द्य:को कुरो

ललितपुरको #शनि देवता र भक्तपुरको #लँपँ #द्य:को कुरो !

 लिच्छवी र मल्ल काललाई नेपालको स्वर्ण युग मानिन्छ l
राजा सिद्धिनरसिंह मल्लको पालाको कुरो थियो l काठमाडौं, ललितपुर र भक्तपुर बीच बिकासको प्रतिस्पर्धा नै चल्ने गर्दथ्यो l आफ्नो राज्यलाई कसरी सुन्दर र बिकसित बनाउने भनेर सोची रहन्थे l विभिन्न मठ-मन्दिरहरु बनाउन लगाउँथे । पाटनको विकास र सुन्दरता देखेर भक्तपुरको राजालाई भने औधी ईर्ष्या र डाह भएछ l तान्त्रिक र गुरुजुहरुलाई दरबारमा बोलाएर आफ्नो कुरा बताए l उनिहरुले शनि देवको मुर्ति स्थापना गरि दिएमा शनिको प्रभावले विकास सुस्त र न्यून हुने कुरा राजा समक्ष राखे ।
लँपँ द्य: रहेको ठाउँ

भक्तपुरका राजाले तान्त्रिकहरुको मद्दतद्वारा पाटनमा शनिदेवको मुर्ति स्थापना गरि दिए । पाटनका राजाले आफ्नो राज्यमा शनि देवताको मुर्ति स्थापना गरेको चालै पाएन किनकी त्यो मुर्तिलाई जमिन मुनि गाडिदिएको थियो । बिस्तारै पाटनमा अन्न कम मात्रामा फल्न थाल्यो । पाटनवासीहरु पनि अकालमै मर्न थाले । शनिको प्रभावले गर्दा विकास पनि सुस्त र अति न्यून हुन थाल्यो l जात्राहरुमा पनि अपसगुन देखिन थाले । ढुंगेधाराहरुबाट पनि पानी आउन छाडे l अत्ति नै भए पछि त्यस बेलाका पाटनका प्रख्यात तान्त्रिक (अज्या बाज्याहरु) लाई राजाले दरबारमा बोलाएछन र के भएको हेर्न लगाएछन l


तान्त्रिक दृष्टिले अध्धयन गर्दा पाटनमा शनिको मुर्ति गाडिएको हुनाले देशमा प्रतिकुल अवस्था भैरहेको र त्यो मुर्ति भक्तपुरको राजाले राख्न लगाएको पत्ता लगाएछन । यो कुरा सुनेर रिसले क्रुर भएका सिद्धिनरसिंह मल्लले शनिको मुर्ति जमिनबाट उखेल्न लगाएछन l त्यस मुर्तिलाई निर्मुल र शक्तिहिन पारेर दरबारको भण्डारमा फाल्न लगाए l शान्ती पुजा र होम पुजा गरे ।

"लँ पँ द्य:" हरिशंकरको मन्दिर
रिसले क्रुर भएका पाटनका राजाले बदलाको भाव स्वरूप तान्त्रिक विधिको सहयोगमा रातारात भक्तपुरमा दरबार जाने बाटोको बिचमा मन्दिर र खोल्न नमिल्ने ढोका राख्न लगाए l कसैले भत्काउन नसक्ने गरि तोरण बाँधी दिए । भोलिपल्ट , भक्तपुरका राजाले बाटोको बिचमा मन्दिर देखेर आश्चर्य चकित !! उनले कामदारहरुलाई भत्काउन अह्राए , तर कसैले सकेनन् । तान्त्रिकहरुलाइ बोलाइयो l गुरुजुहरुलाई बोलाइयो l तर कसैले हल्लाउन पनि सकेनन l मन्दिर जस्ताको त्यस्तै रह्यो l बाटोनै छेकिने गरि बनाइदिएको हुनाले मन्दिरको नाम नै " लँ पँ द्य:" अर्थात "बाटो छेकेर बसेको देवता" रहन गयो l

त्यो मन्दिरको ढोका खोल्न नमिल्ने कारण के थियो भनेर कसैलाई थाहा भएन l भक्तपुरबासीहरुले त्यस मन्दिरलाई "लँ पङ/पं द्य:" भन्न थाले l अन्तत: त्यस मन्दिरको नाम नै लँपँ द्य: रहन गयो ! पछि तान्त्रिकहरुलाई बोलाई के भएको हो हेर्न लगाउँदा त्यो पाटनको राजाले राखेको थाहा पाए l भक्तपुरको राजाले आफ्नो गल्ती महसुस गरे l

पाटनको दरबार सफा गरि पुनर्निर्माण गर्दा शनि देवको मुर्ति भेटिएको थियो रे ! दुर्भाग्यवस, भक्तपुरको त्यो लँपँ द्यको मन्दिर चाहिं अहिले अस्तित्वमा छैन l तर भक्तपुरको दरबार छिर्ने बीच बाटोमा दायाँ बायाँ २ जना सिंह र भर्याङ भएको मुर्ति बिहिन स्थान देख्न सकिन्छ । सायद १८९० वा १९९० को महाभुकम्पमा भत्केको र पुनर्निर्माण नगरिएको हुन सक्छ l यता ललितपुरमा रहेको लँ पँ द्य:लाई हरिशंकर भन्ने गरिएको छ ।

श्रोत : Newa People / Frannkey Franz र अन्य l भाषा मिलाउन इडिट गरिएको l

Thursday, February 7, 2019

टेबहालको श्री संकटा


कलिगत संवत् ३६०६, बि.सं. ५६२, इ. सं. ५०५ तिर तत्कालिन लिच्छवि राजा नरेन्द्रदेवको पालामा नेपाल्मण्डलमा अनावृष्टी दुर्भिक्ष भएर हाहाकार भयो । खडेरी पर्यो ।, त्यसैको निवारणको लागि रातो मत्स्येन्द्रनाथ (बुङ्ग द्य:)लाई नेपालमण्डल ल्याउनलाई नरेन्द्रदेवले शान्तिकराचार्यलाई आहवान गरे । राजाको आहवानलाई सहर्ष स्विकार गरेर उन्ले आफ्नो शिष्य बन्धुदत्त आचार्यलाइ पठाए। यसरी भक्तपुरका नरेन्द्रदेव राजा, कान्तिपुरका बन्धुदत्त आचार्य र ललितपुरका ललित चक्र / रथ चक्र ज्यापू मिलेर कामारुकामाक्षबाट करुणामयलाई लिएर आउँदा करुणामय सँग-सँगै संकटा पनि आउनु भयो । 

त्यसरी आउँदा आउँदै कटुवाल दहमा आइपुग्दा संकटाले आफ्नो दाहिने हात देखाउनु भयो । त्यस हातको आकारको शिला / ढुङ्गा अहिले पनि त्यहाँ देख्न पाइन्छ । उहाँले देखाउनु भएको हात एकदमै भिमकाय, डरलाग्दो र ठूलो थियो । यसरी भिमकाय ठूलो आफ्नो दाहिने हातको दर्शन दिनु भएको हुनाले उहाँलाई तपा :ल्हा द्य: भनेर बन्धुदत्तले नामाकरण गरिदिनु भयो । त्यही नामलाइ पछि उनी आफैले पा : ल्हा द्य भनेर फेरि नामाकरण गरिदिनु भयो । यसरी संकटालाई  राजाले केही दिन कटुवाल दहमै राखी केही समयपछि आर्यावलोकितेश्वरलाई पाटनमै थापना गरि सकेपछि पाटनमा लोकेश्वरलाई  त: बहालमा जति ठुलो जग्गामा राखियो, तबहालकै क्षेत्रफलमा काठमाडौंको टेबहाल (राजकिर्ति महाविहार) मा संकटालाई स्थापना गरिदिए । त्यसैले संकटाको मुनि मन्दिर तल श्री रातो मत्स्येन्द्रनाथको मुर्ती रहेको छ । त्यस्तै वीर पुस्तकालयमा रहेको राजमाला बंशबलीमा श्री संकटा थापना बारे २ ओटा बंशवाली रहेको छ । त्यस्तै शाक्यसिंह तथागतले पनि बन्धुदत्त आचार्यले पद्मान्तक दश्क्रोधादी देवताको स्थापना गर्ने छ भनेर भबिस्यबाणी गर्नु भएको कुरा स्वयम्भू पुराणमा उल्लेख छ ।

किम्बदन्ती अनुसार भने टेबहाल भनेर संकटा स्थापना गर्नु भन्दा अघि यश ठाउँमा रहेको विहारलाई तिर्थ विहार भन्ने गरिन्थ्यो । उत्तर मोहडा भएको मन्दिरको पहिलो तल्लामा श्री संकटाको कृष्णवर्णको सुन्दर मुर्ती रहेको छ । उनले दाहिने हातले खड्ग समातेका छन भने देब्रे हातले पद्म समातेका छन । उनले शिरमाभने चन्द्रकलायुक्त रत्नमुकुट लगाएका छन । श्री संकटा, दश्क्रोध योग योगिनी र अष्टमातृका सहित उज्ज्वल , शान्त भै प्रशन्न मुद्रामा उत्तर दिशा हेरेर बिराजमान छन । सबैको संकट हर्ने भएकोले संकटा भनिएको भन्ने भनाइ छ । संकटालाइ शैव र वैष्णव धर्मावलम्बी हरुले भगवतीको रुपमा र शनि संकटाको रुपमा पुज्ने गर्दछन । बज्रयानीहरुले भने तान्त्रिक देवता पद्मान्तक भनेर पुज्नेगर्दछन । यसै गरि बौद्ध र हिन्दु हरुले भने संकट हरण गर्ने देवताको रुपमा मान्ने गरेका छन ।

जेष्ठ कृष्ण अष्टमीका दिन बन्धुदत्त आचार्यले राजा नरेन्द्रदेवको आज्ञा अनुसार आफ्नो मन्त्रसिद्धिले एउटा कलशमा श्री संकटा र अर्को कलशमा श्री वरुण (योगिनी) लाई कलशमा बिराजमान गराइ पुजा र तान्त्रिक साधना गरेकाले त्यसै अनुरुप आज सम्म पनि हरेक १२ वर्षको एक पटक संकटाका पुजारीहरु कटुवाल दह गै आराधना गरि संकटालाइ लिएर आउने गर्दछन । त्यसरी कलशमा साधना गरेर ल्याएपछि जात्रा गरि सानेपा देखि पङ्खाले हम्काएर संकटा ल्याउने चलन यद्यपि अहिले सम्म चलिरहेकै छ । यसरी जात्रा गरि ल्याइएको कलशलाई ७५ जना थकाली बज्राचार्यहरु द्वारा भित्राएर खटबाट ती २ वटा कलश निकाली मुल ढोकामा आठ वटा पत्र भएको कमलको फुलको प्रतिनिधी स्वरुप मण्डल बनाएर त्यहाँ राख्ने परम्परा छ । यसरी जात्रा गरेर ल्याउने क्रममा मखंबहालका बज्राचार्यहरुले पन्चताल / इन्द्रबाजा , टेबहालका सिख्राकारहरुले धाँ (स्वयम्भू मेला बेला बजाइने बाजा) बाजा , र पुखु द्याँ ( खिचापोखरी) का डङ्गोलहरुले धिमे बाजा बजाएर ल्याउने प्रचलन रहेको छ।  यस टेबहाल भित्र आज सम्म पनि संकटा ल्याउनु पुर्वको र ल्याइसकेपछिको गरेर २ वटा महाविहार रहेको छ । यहाँका पुजारिले चुडाकर्म गर्ने बेला पहिले पश्चिम दिशा फर्केका अक्षोभ्य बुद्धलाई पुजा गरि विधि पुर्याए पछि मात्र पुर्वतर्फ फर्केका अक्षोभ्य बुद्धलाइ पुज्ने गर्दछन । यस संकटाको मन्दिर रहेको परिसर टेबहाल भित्र सरस्वती , स सानाचैत्यहरु , बज्रधातु चैत्य , नमोबुद्धको प्रतिक मुर्तिहरु थुप्रै छन । साथै भद्रकालीदेवीको घर पनि रहेको छ भने यहाँ नास द्य ( नाट्येश्वर) को मन्दिर पनि छ ।

Tuesday, December 18, 2018

त्रिपुरेश्वर - सुर्य विनायक : ट्रली बस


पंचायत कालमा त्रिपुरेश्वर - सुर्य विनायक खण्डमा बिजुलीबाट चल्ने ट्रली बस !

आशापुरे महादेव


भक्तपुर जिल्ला नखेल गाबिस र नासिकास्थान गाबिस (हाल सुर्यबिनायक नगरपालिका) मा अवस्थित आशापुरे महादेवको दर्शन गरे मनोकामना आकाँक्षा पुरा हुने बिस्वास गरिन्छ l

हिमवत्खण्डमा उल्लेख भएअनुसार धेरै समय पहिले चण्डासुर नामक दैत्यको वध भएको खुसियालीमा स्वर्गका देवताहरूले अहिलेको आशापुरे महादेव भएको ठाउँ अर्थात नाश्चल खोला, काक्राबारी खोला र घ्याङखोलाको त्रिवेणी धारमा आई शिवलिङ्ग स्थापना गरेका र सोही समयदेखि यहाँ मेला लाग्ने गरेको हो l

मल्ल काल देखि पुस शुक्ल पुर्णिमादेखि माघ शुक्ल पुर्णिमासम्म काभ्रेको नासिकास्थानमा आशापुरे जात्रा लाग्ने गर्दछ ।

Tuesday, July 10, 2018

नवदुर्गा नाच : भगष्टी

भलभल अष्टमी अर्थात असार कृष्ण अष्टमी (असार २२ गते) को दिन भक्तपुरमा नव दुर्गाको मुकुट जलाउने चलन रहेछ, जसलाई भगष्टी भनिन्छ रे !

फोटो : राम माक: श्रोत : झीगु म्हसिका:

Sunday, April 15, 2018

भक्तपुर, थिमीमा मनाइने सिन्दुर जात्रा

परापूर्व कालमा नगरबासीलाई दुःख दिने गरेको राक्षसलाई मारिएको खुसीयालीमा हरेक वर्ष सुरुवातमा बिस्केट जात्राको अवसरमा एका बिहानै ३२ वटा देवी देवताहरुको खटसहित थरि थरि धिमे, भुस्या बाजाहरु बजाउंदै एक आपसमा अबीर दल्दै / अबीर छ्याप्दै सिन्दुर जात्रा मनाइन्छ l

Tuesday, September 19, 2017

भक्तपुर : होली एक यौन शिक्षा दिने पर्व


भक्तपुर दत्तात्रय मन्दिरसँगै रहेको भैरव मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनि जुधाएर होलीको सुरुवात गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन भीमसेन मन्दिरमा राखिएको लिंग अर्थात् लगलाई टोल-टोलमा घुमाएर पुनः मन्दिरको पाटीमा राखिन्छ । टोल-टोलमा रहेका पसलै पिच्छे घुमाएर पूजा गरी पाटीमा झुन्ड्याइन्छ । काठबाट बनेको दुई हात लामो लिंगको करिब ३० इन्च मोटाइलाई भीमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको सांकेतिक रूपमा लिने गरिन्छ ।

पुरुष जननेन्द्रीयको प्रतीक काठको लिङ्ग र स्त्री जननेन्द्रीयको प्रतीक कपडाको योनीलाई भीमसेन मन्दिरमा समागम गराएपछि भक्तपुरमा होली पर्व शुरू हुन्छ । झट्ट हेर्दा यसले अश्लीलताको झलक दिए तापनि कुनै सञ्चार माध्यम नभएको त्यति बेला देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको प्रस्ट हुन्छ । शारीरिक सम्बन्ध राख्ने तरीका सबै मानिसले बुझून् अनि यसलाई अश्लील र छाडा सिकाइको भान नपरोस् भनेर भीमसेन र द्रोपदीको समागमको रूपमा यौन शिक्षा दिइएको बुझ्न सकिन्छ ।
कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित रहने होली पर्व भक्तपुरमा भने भीमसेन र द्रोपदीसँग सम्बन्धित छ ।  हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागु पर्व शुरू हुन्छ । फागुन शुक्ल अष्टमीका दिन लिङ्ग र योनीको समागम गर्नुलाई स्थानीय भाषामा ‘चीर स्वायगु’ भनिन्छ । यसले गहिरो सम्बन्ध गाँस्ने भन्ने अर्थ बुझाउँछ । लिङ्गको टुप्पोमा कपास झुन्ड्याइएको हुन्छ । लिङ्ग र योनीको समागम गराउँदा कपास खस्नेगरी धकेल्नुपर्छ भनी स्थानीयहरू जिस्किने गर्छन् । यहाँ कपासलाई वीर्यको प्रतीकको रूपमा लिन सकिन्छ । कपास खसाल्न सके घरमा झगडा नहुने मान्यता छ । होलीको १ हप्ता अघिदेखि स्थानीय बासिन्दाहरू द्रोपदीको योनीमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन् । यसले गर्दा पारिवारिक सुख र दीर्घायु मिल्ने विश्वास गरिन्छ । 

भीमसेन गुठीका गाइजुहरू विगतमा गाइने थिए । उनीहरू ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने 

मायक स्व वया ला’ अर्थात् "भीमसेनको लिङ्गदेखि मोह जाग्यो कि, भाग्नुपर्ने गरी हेर्न आएको होे कि" भनेर भजन–कीर्तन गर्छन् ।
भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म ‘अबिरया होली तंचाया ल्यासे, अबिर छगुं ख्व हिसी दयेक बी’ अर्थात् ‘अबिरको होलीले रिसायौ कि युवती, अबिरले तिम्रो मुहार राम्रो बनाउनेछ’ भनेर भाका हाल्ने गर्छन् । पूर्णिमाको दिन युवाहरू आफूले मन पराएको केटीको आँगनमा गई यही भाका हाल्छन् र गीतमार्फत प्रेम प्रस्ताव राख्छन् । त्यसरी राखेको प्रेम प्रस्ताव केटीले स्वीकार गरेमा अबिर गालामा दल्न दिन्छन् र मन नपराएमा टाढाबाटै अबिर छर्केर युवाहरू चित्त बुझाउँछन् ।

पूर्णिमाका दिन भीमसेनको लिङ्ग बोकेर ब्रह्मायणी नदीमा लगेर धोए छोरा जन्मिने जनविश्वास पनि छ । यही विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा नै हुने गर्छ । यसले समागमपछि यौनाङ्ग धुनुपर्छ भने सन्देश दिएको छ । पूर्णिमाको साँझ लिङ्ग धोएपछि भक्तपुरमा होलीको विधिवत् अन्त्य हुन्छ । विशेषगरी वसन्त पञ्चमीदेखि होलीसम्म विवाहको लगन हुन्छ । यस अवधिमा नवविवाहितहरूलाई समागम गर्ने तरीका सिकाइ यौनउमङ्ग जगाउने र यौनाङ्ग सफा राख्नुपर्छ भन्ने शिक्षा संस्कृतिमार्फत दिन खोजेको देखिन्छ । 

श्रोत : पूर्णभक्त दुलाल
http://www.abhiyan.com.np/new/articles/view/94453

Monday, September 4, 2017

नेपाल : केहि झलकहरु

घान्द्रुक


भक्तपुर, जगातीबाट देखिने दृश्य

सौराहा, चितवन

चिसापानी

Thursday, August 31, 2017

भक्तपुर, थिमिमा मनाइने सिन्दुर जात्रा


परापूर्व कालमा नगरबासीलाई दुःख दिने गरेको राक्षसलाई मारिएको खुसीयालीमा हरेक वर्ष सुरुवातमा बिस्केट जात्राको अवसरमा एका बिहानै ३२ वटा देवी देवताहरुको खटसहित थरि थरि धिमे, भुस्या बाजाहरु बजाउंदै एक आपसमा अबीर दल्दै / अबीर छ्याप्दै सिन्दुर जात्रा मनाइन्छ

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...