लिच्छवी र मल्ल काललाई नेपालको स्वर्ण युग मानिन्छ l
राजा सिद्धिनरसिंह मल्लको पालाको कुरो थियो l काठमाडौं, ललितपुर र
भक्तपुर बीच बिकासको प्रतिस्पर्धा नै चल्ने गर्दथ्यो l आफ्नो राज्यलाई कसरी
सुन्दर र बिकसित बनाउने भनेर सोची रहन्थे l विभिन्न मठ-मन्दिरहरु बनाउन
लगाउँथे । पाटनको विकास र सुन्दरता देखेर भक्तपुरको राजालाई भने औधी
ईर्ष्या र डाह भएछ l तान्त्रिक र गुरुजुहरुलाई दरबारमा बोलाएर आफ्नो कुरा
बताए l उनिहरुले शनि देवको मुर्ति स्थापना गरि दिएमा शनिको प्रभावले विकास सुस्त र न्यून हुने कुरा राजा समक्ष राखे ।
भक्तपुरका राजाले तान्त्रिकहरुको मद्दतद्वारा पाटनमा शनिदेवको मुर्ति
स्थापना गरि दिए । पाटनका राजाले आफ्नो राज्यमा शनि देवताको मुर्ति स्थापना
गरेको चालै पाएन किनकी त्यो मुर्तिलाई जमिन मुनि गाडिदिएको थियो ।
बिस्तारै पाटनमा अन्न कम मात्रामा फल्न थाल्यो । पाटनवासीहरु पनि अकालमै
मर्न थाले । शनिको प्रभावले गर्दा विकास पनि सुस्त र अति न्यून हुन थाल्यो l
जात्राहरुमा पनि अपसगुन देखिन थाले । ढुंगेधाराहरुबाट पनि पानी आउन छाडे l
अत्ति नै भए पछि त्यस बेलाका पाटनका प्रख्यात तान्त्रिक (अज्या बाज्याहरु)
लाई राजाले दरबारमा बोलाएछन र के भएको हेर्न लगाएछन l
तान्त्रिक दृष्टिले अध्धयन गर्दा पाटनमा शनिको मुर्ति गाडिएको हुनाले देशमा प्रतिकुल अवस्था भैरहेको र त्यो मुर्ति भक्तपुरको राजाले राख्न लगाएको पत्ता लगाएछन । यो कुरा सुनेर रिसले क्रुर भएका सिद्धिनरसिंह मल्लले शनिको मुर्ति जमिनबाट उखेल्न लगाएछन l त्यस मुर्तिलाई निर्मुल र शक्तिहिन पारेर दरबारको भण्डारमा फाल्न लगाए l शान्ती पुजा र होम पुजा गरे ।
रिसले क्रुर भएका पाटनका राजाले बदलाको भाव स्वरूप तान्त्रिक विधिको
सहयोगमा रातारात भक्तपुरमा दरबार जाने बाटोको बिचमा मन्दिर र खोल्न नमिल्ने
ढोका राख्न लगाए l कसैले भत्काउन नसक्ने गरि तोरण बाँधी दिए । भोलिपल्ट ,
भक्तपुरका राजाले बाटोको बिचमा मन्दिर देखेर आश्चर्य चकित !! उनले
कामदारहरुलाई भत्काउन अह्राए , तर कसैले सकेनन् । तान्त्रिकहरुलाइ बोलाइयो l
गुरुजुहरुलाई बोलाइयो l तर कसैले हल्लाउन पनि सकेनन l मन्दिर जस्ताको
त्यस्तै रह्यो l बाटोनै छेकिने गरि बनाइदिएको हुनाले मन्दिरको नाम नै " लँ
पँ द्य:" अर्थात "बाटो छेकेर बसेको देवता" रहन गयो l
त्यो मन्दिरको ढोका खोल्न नमिल्ने कारण के थियो भनेर कसैलाई थाहा भएन l भक्तपुरबासीहरुले त्यस मन्दिरलाई "लँ पङ/पं द्य:" भन्न थाले l अन्तत: त्यस मन्दिरको नाम नै लँपँ द्य: रहन गयो ! पछि तान्त्रिकहरुलाई बोलाई के भएको हो हेर्न लगाउँदा त्यो पाटनको राजाले राखेको थाहा पाए l भक्तपुरको राजाले आफ्नो गल्ती महसुस गरे l
पाटनको दरबार सफा गरि पुनर्निर्माण गर्दा शनि देवको मुर्ति भेटिएको थियो रे ! दुर्भाग्यवस, भक्तपुरको त्यो लँपँ द्यको मन्दिर चाहिं अहिले अस्तित्वमा छैन l तर भक्तपुरको दरबार छिर्ने बीच बाटोमा दायाँ बायाँ २ जना सिंह र भर्याङ भएको मुर्ति बिहिन स्थान देख्न सकिन्छ । सायद १८९० वा १९९० को महाभुकम्पमा भत्केको र पुनर्निर्माण नगरिएको हुन सक्छ l यता ललितपुरमा रहेको लँ पँ द्य:लाई हरिशंकर भन्ने गरिएको छ ।
श्रोत : Newa People / Frannkey Franz र अन्य l भाषा मिलाउन इडिट गरिएको l
तान्त्रिक दृष्टिले अध्धयन गर्दा पाटनमा शनिको मुर्ति गाडिएको हुनाले देशमा प्रतिकुल अवस्था भैरहेको र त्यो मुर्ति भक्तपुरको राजाले राख्न लगाएको पत्ता लगाएछन । यो कुरा सुनेर रिसले क्रुर भएका सिद्धिनरसिंह मल्लले शनिको मुर्ति जमिनबाट उखेल्न लगाएछन l त्यस मुर्तिलाई निर्मुल र शक्तिहिन पारेर दरबारको भण्डारमा फाल्न लगाए l शान्ती पुजा र होम पुजा गरे ।
"लँ पँ द्य:" हरिशंकरको मन्दिर |
त्यो मन्दिरको ढोका खोल्न नमिल्ने कारण के थियो भनेर कसैलाई थाहा भएन l भक्तपुरबासीहरुले त्यस मन्दिरलाई "लँ पङ/पं द्य:" भन्न थाले l अन्तत: त्यस मन्दिरको नाम नै लँपँ द्य: रहन गयो ! पछि तान्त्रिकहरुलाई बोलाई के भएको हो हेर्न लगाउँदा त्यो पाटनको राजाले राखेको थाहा पाए l भक्तपुरको राजाले आफ्नो गल्ती महसुस गरे l
पाटनको दरबार सफा गरि पुनर्निर्माण गर्दा शनि देवको मुर्ति भेटिएको थियो रे ! दुर्भाग्यवस, भक्तपुरको त्यो लँपँ द्यको मन्दिर चाहिं अहिले अस्तित्वमा छैन l तर भक्तपुरको दरबार छिर्ने बीच बाटोमा दायाँ बायाँ २ जना सिंह र भर्याङ भएको मुर्ति बिहिन स्थान देख्न सकिन्छ । सायद १८९० वा १९९० को महाभुकम्पमा भत्केको र पुनर्निर्माण नगरिएको हुन सक्छ l यता ललितपुरमा रहेको लँ पँ द्य:लाई हरिशंकर भन्ने गरिएको छ ।
श्रोत : Newa People / Frannkey Franz र अन्य l भाषा मिलाउन इडिट गरिएको l
No comments:
Post a Comment