Showing posts with label मखन टोल. Show all posts
Showing posts with label मखन टोल. Show all posts

Friday, January 31, 2020

मखन टोलको पशुपतिनाथ मन्दिर



राजा महिन्द्र मल्लको पालामा पशुपतिनाथ दिनहुँ धाई धेरै भक्ती गरेको देखेर महादेव अत्ति खुशी भई "हे राजन ! अब देखि तिमी यहाँसम्म आईरहनु पर्दैन । तिमीले जहाँ आह्वान गर्छौ, म त्यहिं आई बसी दिनेछु" भन्ने आज्ञा अनुसार तत्कालिन दरवारको उत्तर दिशामा नेपाल संम्बत ६७४ सालमा श्री श्री पशुपतिनाथको जस्तै मन्दिर बनाई श्री महेन्द्रेश्वर महादेव प्रतिस्थापन गरि दिएको हुनाले मखन टोल स्थित महेन्द्रेश्वर महादेवलाई पशुपतिनाथको रुपमा पुज्ने गरिएको छ । बि. सं. १९९० महाभुकम्पमा यो मन्दिर भत्केर शिवलिंग समेत भाँचिएर उत्तर तर्फ फर्केर भासिएको थियो । पछि बि. सं. १९९५ मा जुद्ध शम्शेर राणाले शिवलिंगलाई माथि न उठाइ हालको देवल मात्र स्थापना गरि दिएका थिए ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...