Showing posts with label टुंडाल देवी. Show all posts
Showing posts with label टुंडाल देवी. Show all posts

Wednesday, April 5, 2017

मपता अजिमा / भाटभटेनी जात्रा / गहना पोखरीमा गहना खोज्ने जात्रा


मपता अजिमा र पति झुन्ड्याईएको सन्दर्भ
पुजारी पुरुषोत्तम कर्माचार्यका अनुसार प्राचिन कालमा कालाजादूका एक कुख्यात स्त्री थिइन् । उनले आफ्नो कुविद्या दुरुपयोग गरी दुनियाँका बालबच्चालाई रोगव्याधी लगाएर निकै दुख दिने गर्दथिन् । त्यसबाट त्राहिमाम समाजलाई मुक्ति दिन टुंडालदेवीले चीलको रुप धारण गरी त्यस स्त्रीको एकमात्र बच्चालाई टिपेर  बेपत्ता पारि दिएछ । टुंडालदेवीको दैवी शक्तिसंग त्यस स्त्रीको तान्त्रिक शक्ति प्रभावहीन भएर आफ्नो बच्चा फेला पार्न सकेनछ। यसबाट दुखी र समाजमा बेइज्जत भएको महसुस गरी उनका पति समेत दुबैले घाँटीमा डोरीको पासो लगाएर आत्महत्या गरेछन् । त्यसैकारण भाटभटेनी मन्दीरमा त्यस दम्पतिको पूर्ण कदको मानव आकृति (मूर्ति)लाई घाँटीमा बाँधेर झुण्ड्याएर राखिएको छ । उनीहरुको आत्महत्यालाई प्रायश्चितको रुपमा लिई टुंडाल अजिमाले ति दुबैको लासलाई आफ्नो निवासमा झिकाई जीवित पारेर "अब आइन्दा दुनियालाई दुख नदिनू, जसरी तिमीले आफ्नो बच्चालाई माया गर्छौ त्यसरी नै दुनियाका बालबच्चालाई माया गर्नू । यसबाट तिमी ममता अजिमाको नामबाट प्रख्यात हुनेछौ" भनेर उनीहरुको बच्चा सहित फर्काएर पठाइ दिएछ । यिनलाई नेपालभाषामा मोपता अजिमा पनि भनिन्छ । त्यसैले बालबच्चा लगायत वयस्कहरुको समेत ग्रहदशा शान्त गर्न मोपता अजिमा कहां पूजाआजा गर्ने चलन चलिआएको छ ।

टुँडालदेवीको कृपाले पुनर्जीवन पाएको हुनाले
मोपता अजिमालाई टुँडालदेवीको छोरी पनि भनिन्छ । भाटाभटेनी ठाउँको नामबाट उनलाई भाटभटेनी देवी वा भाटभटेनी अजिमा पनि भनिन्छ । मोपता अजिमाको जात्रा प्रत्येक वर्ष चैत्रशुक्ल चतुर्दशीदेखि चैत्रकृष्ण तृतीयासम्म पाँच दिन मनाईन्छ । जात्राको पहिलो दिन मोपता अजिमा दम्पतिलाई लासको रुपमा टुंडालदेवी कहां लगिन्छ र अन्तिम दिन जीवित रुपमा मन्दीर प्रवेश गराइन्छ । मन्दीर भित्रको दृष्यको फोटो खिच्न बर्जित छ। 

श्रोत : नेवा म्हसिका
  
टुंडाल देवी
गहना पोखरी जात्राको सन्दर्भ
टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा आफ्नी आमाको पोडेसंग गोप्य सम्बन्ध रहेका र पोडेसँग घुम्न हिँडेकी देखिछन् । यसबाट रिसाएकी भाटभटेनीले राति फर्कंदा गहना हराउँछन् ।

त्रयोदशीको राति भाटभटेनीलाई टुँडालदेवीबाट र्फकाइँदा मृत्युकर्ममा बजाइने सिं:बाजा बजाइन्छ भने सो खट हेर्नुहुँदैन भन्ने मान्यता रहेको पाइन्छ ।

परम्पराअनुसार चैत्रशुक्ल प्रतिपदाका दिन जात्राको रुपमा नक्साल अवस्थित गहना पोखरीमा त्यहि हराएको गहना खोज्ने गरिन्छ । जात्रामा टुँडालदेवी (आमा), भाटभटेनी (छोरी-ज्वाइँ), नक्साल भगवती, मनमानेश्वरी, धुम्बाराहीसहित धनगणेशलगायतका देवीदेवताहरूको खटजात्रा हुने गर्दछ । टुडालदेवी मन्दिरको पूजारी अहिले पनि पोडे (द्यलाः) जातको हुने गर्दछ ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...