Showing posts with label पोखरा. Show all posts
Showing posts with label पोखरा. Show all posts

Monday, January 7, 2019

पोखराको सांस्कृतिक घर

जाती, पहिचान, भेषभुषा, रितिरिवाज, संस्कृतिलाई यसरी नि प्रस्तुत गर्न सकिन्छ । पोखरा, शान्तिवाटिका अवस्थित एक घरको सजावत । संस्कृति प्रतिको मोह गाढा पो हुन्छ

भुर्जुंग खोला तातोपानी

पोखरा बसपार्कबाट करिब २१ किमी उत्तरतर्फ भुर्जुंग खोला (अर्थात सेती गण्डकी नदी) मा अवस्थित तातोपानी कुण्डमा एक छिन l

माघ १ गते ठुलो मेला लाग्ने गर्दछ l ब्यबस्थापनको लापरवाहीले गर्दा तातोपानी चाहिं सुकेको रहेछ l मेलाको बेला चाहिं तातोपानीको ब्यबस्था गर्दो रहेछ l नदीमा सफा र निर्मल पानीको बहाव राम्रै रहेछ l केहि बर्ष अघि May 5, 2012 मा सेती नदीमा आएको हिम पहिरोको कारण मृत्यु भएका मानिसहरुको सम्झनामा एक सानो स्मारक पार्क निर्माण गरेको रहेछ l

अकलादेवी मन्दिर

 
पोखराको लामाचौरमा अवस्थित ३ तलाको छानायुक्त अकलादेवी मन्दिर चाहिँ नयाँ हो । यस मन्दिरको पुनर्निर्माण गर्दा भक्तपुरको कालिगड, इट्टा प्रयोग गरिएको थियो । पुरातत्व बिभागको अनुसार हालको मन्दिर नयाँ भएपनि यस भित्र रहेको शिला चाहिँ ८०० बर्ष पुरानो रहेको भनिएको छ । यस अकला देवीलाई पोखराकै एक शक्तिपिठको रुपमा मानिन्छ । दशैंको बेला बिशेष भिड रहने यस मन्दिरमा तिजको बेला र शनिवारको दिन भिड हुने गर्दछ ।


बूढापाका र लोककथा अनुसार सत्य युगमा अलकादेवी यात्राको क्रममा प्रशव वेदना (सुत्केरी बदना) ले ग्रस्त भएपछि रातको समयमा त्यही सुनसान एकान्त जंगलमा बास भएको र रात भर प्रशव वेदनाले छटपटाई रहेको बेला सबै ठाउँबाट देवीहरु अकलादेवीको सुत्केरी भएको हेर्न र सहयोगको लागि आई रहेको समयमा विहानी उज्यालो संकेत स्वरुप कुखुराको भाले बासेपछि मानिसहरु र जिव जन्तुहरु आवत जावत गर्न थालेपछि अनिष्ठ भै अकला देवी र सहयोगका लागि आएका देवीदेवताहरु शिला ढुङ्गामा परिणत भएको मानिन्छ ।


अकलादेवीको मन्दिरहरु देशको विभिन्न भागमा पाइन्छ । स्याङ्जाको सिर्सेकोटमा रहेको अकलादेवीको सन्दर्भमा

अकलादेवीको शिलामा तीन वटा शिलाढुङ्गा प्रशव वेदनाले छटपटाएको र बच्चा जन्माउन लागेको तर नसकेको आकृति बच्चा योनीमा नै अड्केको जस्तो देखिने मुर्तिको स्वरुप देख्न सकिन्छ । यसरी देवीको अवस्था अकालमा परेको अवस्था रहेकोले नै यस देवीको नाम अकलादेवी रहन गएको भनाई रहेको छ ।


मन्दिरभित्र सबै भन्दा माथि ३ वटा देवताका आकृतिहरु छुट्टाछुट्टै अवस्थामा रहेको पाइन्छ । त्यसै कारणले त्यस स्याङ्जाको सिर्सेकोट अवस्थित मन्दिरलाई तीन कन्या अकलादेवी भन्ने गरिएको पाइन्छ । नजिकै देवीको प्रशव वेदनामा सहयोग गर्ने सुडेनी ढुङ्गाहरु पनि देखिन्छ ।


बूढापाकाहरुको भनाई अनुसार करिव ३०० वर्ष पहिले यस ठाउँमा घ्याव्री श्री मनराज गुरुङ्गलाई राती तीन कन्याहरुले बोलाएर लगेको र हाल अकलादेवी मन्दिर रहेको स्थानमा पुग्दा ती तीन कन्याहरु अलप भएकोले त्यस ठाउँमा आफ्नो साथमा भएको हतियार हँसीया गाडेर छोडेका थिए । विहान हेर्न जाँदा ती देवीका आकृति भएको ढुङ्गाको मुर्तीहरु देखा परेको थियो । त्यसै समय देखी देवीको सेवा सुश्रुसा पुजापाठ गर्न सुरु गरेको भनाई रहेको छ । पछि नेपाल राज्यले देशमा मुखिया जिम्मुवालको व्यवस्था सुरुवात भएपछि अकलादेवीको रेखदेख पुजापाठ उनिहरु बाटै हुन थालेको थियो ।


यस अकलादेवीलाई भक्तजनहरुले अकाल विकालमा मर्न नपरोस्, सन्तान प्राप्ती होस्, सुत्केरी राम्रोसँग होस्, रोग व्याधी नलागोस्, पशुपालनमा राम्रो होस् भनी अकलादेवीसँग भाकल गर्ने गरेको पाइन्छ ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...