यस ब्लगमा पौराणिक, धार्मिक, किम्वदन्ती कथाहरुलाई संग्रह गरिएको हो, आफु मनखुसि लेखेको होइन । पौराणिक कथाहरु, धार्मिक पुस्तकहरु, जनश्रुतिलाई आधार मानेर संकलन गरिएको हो, सकेसम्म श्रोतहरु खुलाइने छ ।
Showing posts with label चाबहिल. Show all posts
Showing posts with label चाबहिल. Show all posts
Sunday, July 14, 2019
Thursday, March 28, 2019
चाबहिलको सेतो स्याल नुहाउने "जम्बुकुण्ड"
६ दशक अघि देखि मासिसकेको चाबहिल अवस्थित सेतो स्याल नुहाउने #जम्बुकुण्ड पुनर्जीवित हुने तरखरमा ।
पौराणिक कालमा चाबहिल, असन, इन्द्रचोक, कालिमाटीका नेवार समुदायका
मानन्धरहरु साँखुको बज्रयोगिनी मन्दिरमा दर्शन गर्न जाने गर्दथे । एक पटक
दर्शन गरेर फर्कने क्रममा राति भएछ । उक्त बेलामा ती दर्शनार्थीहरुलाई एउटा
स्यालले चाबहिलको कुटुबहालसम्म सुरक्षा दिएर पुर्याएको र त्यसैबेला देखि
नै उक्त स्यालको मूर्तिलाई स्याल राजा अर्थात जम्बूक राजाको रुपमा पूजिने
गरेको किम्बदन्ती रहेको छ । ७७ वर्षीय
स्थानीय न्हूछेरत्न शाक्यको भनाई अनुसार अहिले पनि साँखु बज्रयोगिनीको पूजा
गरेपछि फर्कदा कालिमाटी लगायतका मानन्धर समुदायहरुले प्रसादको एक भाग
कुटुबहालस्थित स्यालको प्रस्तर मूर्तिमा चढाउने प्रचलन रहँदै आएको छ ।
यस जम्बूकुण्डमा नुहाई भिजेकै लुगासहित अञ्जुलीमा पानी ल्याएर नजिकैको
जम्बूक राजा (स्याल) लाई नुहाई दिने तथा पानी चढाउने प्रचलन पछि सम्म थियो ।
तर अहिले पानी नभएपछि पूजा मात्र गर्ने चलन छ – शाक्य बताउँछन् । कुण्डको
पानी सुकेपछि यो परम्परा नै लोप हुँदै गएको छ ।
Subscribe to:
Posts (Atom)
सर्पलाई दुध चढाउनु गलत
सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...
-
स्वयम्भू महाचैत्यको उतर-पश्चिम कुनामा छत्र शैलीको रहेको दुई तल्ले मन्दिर हारती महायक्षणीको मन्दिर हो । हारती महायक्षणीले स्वयम्भू भूगर...
-
अचेल थुप्रै ब्यक्तिहरु नेवार कन्याको यती पल्ट बिहे हुन्छ, उति पल्ट बिहे हुन्छ भन्दै गलत व्याख्या गर्ने गरेको पटक पटक सुन्नमा आउन थालेको...
-
कल्खु अजिमा अर्थात कलंकी अजिमालाई करखुसी ( मनमती / कालीमाटी खोला ) र बल्खु खोला (इन्द्रमती ) को बीचभागमा विराजमान भै कलह र कलंक नास ग...
-
धेरै वर्ष पहिले नेपाल सुप्रभा नगर (थानकोट) राजधानी भएको बाणासुरको राज्यमा दानासुर र कच्छपासुर भन्ने दुई छोरा र प्रभावती नाम गरेकी...
-
ललितपुर अवस्थित १८ मुख्य बहाल मध्ये एक प्रख्यात बहाल हिरण्य बर्ण महाविहार, क्वा:बहाल हो । हिरण्य बर्ण महाविहारलाई धर्म र संस्कृतिको अनुपम...
-
काठमाडौं, नयाँ सडक अवस्थित महाँकाल भैरवकोकथा लिच्छवीकालको कुरा हो, उपत्यकामा धेरै समयसम्म खडेरी परेछ । घाम चर्को, पानी चाहीँ नपर्ने । पा...
-
मुख अष्टमी – पञ्चबुद्धको मुकुट लगाएको महादेवको प्रसङ्ग बिरुपाक्षको मुर्ति उहिलेको कुरा, नेपालमा धर्मदत्तको शासन कालमा बिरुपाक...
-
हरेक साल चैत्र शुल्क तृतीयाको दिन विश्व शान्तिको कामना गर्दै नालामा सेतोमछिन्द्रनाथको जात्रा मनाइने गर्दछ । पुजारी पुण्यराज बज्राचा...
-
मिथिलाबाट ज्वाई बनेर आएका जयस्थिति मल्लले नेपालमण्डल अर्थात काठमाडौं उपत्यकालाई कब्जा गर्नु पुर्व यहाँका राज्य ब्यबस्था पुरै सक्रमणकालमा...
-
नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमादेवी , लुकुमहाद्य: (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चर्हे मनाइने गरिन्छ ...


