मिथिलाबाट ज्वाई बनेर आएका जयस्थिति मल्लले नेपालमण्डल अर्थात काठमाडौं
उपत्यकालाई कब्जा गर्नु पुर्व यहाँका राज्य ब्यबस्था पुरै सक्रमणकालमा
गुज्रेको त थियो नै, यता नेपालमण्डललाई बाह्य हस्तक्षेप, आक्रमण र बिनास
गर्ने लिला पनि चरम सिमानामा पुगेको थियो l जसले गर्दा नेपालमण्डल भित्र र
वरपरका राज्यहरु पुरै शक्तिबिहिन अवस्थामा थिए l फलस्वरूप सन् १२४४ देखि
सन् १३११ को बिच नेपालमण्डलमा ५ बाह्य बिनासकारी आक्रमणहरु भए जसले
नेपालमण्डललाई उथलपुथल नै बनाई दिए l सन् १२९९ को पुष महिनामा तिर्हुत,
दोयाबाट आएका मैथिलीहरुले भक्तपुरको त्रिपुरा दरवार ध्वस्त बनाई दिए l सन्
१३११ को माघमा पाटनका प्राय: मन्दिर देवलहरु ध्वस्त बनाई दिए र १३११ को
कार्तिक महिनामा देउपाटनलाई कब्जा जमाए l
नेपालमण्डलाको उत्पात
मच्चाई त्यतिबेला मात्र शान्त भए जब सन १३२४-२५ तिर मिथिलामा कब्जा गरेर
बसेका मुस्लिम घियासुद्दीन बङ्गाल ध्वस्त गर्न कार्य छोडेर दिल्ही फर्के l
१३औ सताब्दीको अन्त देखि १४औ सताब्दीतिर यता पश्चिम तिब्बतको भूभाग देखि
कर्णाली नदि वरपरको भूभागमा खसहरुले राज्य गरिरहेका थिए l त्यतिबेला
खसहरुको राजधानी जुम्लाको उत्तरी भाग अर्थात तराईको डुल्लु नजिक सिम्जातिर
रहेको थियो l सिम्जाका खसहरु पनि आफुलाई मल्ल मानिन्थ्यो, जुन नेपालमण्डल
भित्र र वरपरका मल्लहरु भन्दा पृथक थिए l यिनीहरु मल्लपुरी नगरीबाट झरेर
पश्चिम नेपाल, सिम्जामा आई बसेका लिच्छवीहरु थिए l पुराना खस राज्य
सिम्जामा अहिले पनि भत्किएका, पुरिएका, भासिएका ढुंगाका मन्दिर, मुर्ति,
चित्र र अभिलेखहरु भेटिन्छन् l मैथिलीहरुले जस्तै यी खसहरुले पनि
नेपालमण्डलमा सन् १२८७ देखि १३३४ बिचमा ६ चोटी आक्रमण गरेका तथ्यांक पाइन्छ
l मैथिलीहरुको तुलनामा खसहरुले मन्दिर देवल ध्वस्त गर्नुको साटो
नेपालमण्डलको राजा / प्रजाहरुलाई नै लक्षित गरेर विध्वंस मच्चाई लुटपाट र
हातपाथ गरेको देखिन्छ l देउपाटनमा खसहरुले बस्तीको बिचमा बाणहरुले आक्रमण
गरे तर बाणहरु जम्मै पशुपतिको आंगनमा झरे l त्यतिबेला पशुपतिनाथ,
स्वयम्भुनाथ र मछिन्द्रनाथ प्रजाहरुको आस्थाको केन्द्रबिन्दु थियो l
वास्तवमा खस राजा रिपुमल्ल सन १३१३ फाल्गुन महिनामा आक्रमण गर्न हैन, यी
आस्थाका केन्द्रहरुमा दर्शन गर्न आई सकेका थिए l रिपुमल्ले ले यी धार्मिक
स्थानहरु प्रति विशेष आस्था राख्दथे l
पछिल्लो समय अवधिमा
नेपालमण्डलमा पश्चिम नेपाल, पाल्पाका राजा मुकुन्दसेनले पनि नेपालामण्डलमा
आक्रमण गरेका थिए l मुकुन्दसेनले आक्रमण गरेको साल स्पस्ट नभए पनि मध्य १३
औँ सताब्दीतिर मानिन्छ l मुकुन्दसेन अर्थात मणिमुकुन्दको पुर्खा खस राजा
जितारी मल्ल मानिन्छ l
यसै दौरान, सन् १३४९ मा बङ्गालका मुस्लिम
सुल्तान सामसुद्दीन इल्यासले ७ दिनसम्म नेपालमण्डलमा उत्पात मच्चाएको
पाइन्छ l यिनीहरु पुर्वबाट पश्चिम हुँदै अखडा जन्माउँदै बस्तीहरुमा उत्पात
मच्चाउँदै नेपालमण्डल प्रवेश गरेका थिए l उपलब्ध अभिलेख अनुसार यिनले
पशुपतिनाथको मन्दिर, ४ मुखे शिव लिंग, स्वयम्भुनाथको चैत्य लगायत अनेक
मन्दिरहरु तथा धार्मिक स्थलहरु ध्वस्त पारेका थिए l नेपालमण्डलमा यिनीहरुले
उत्पात यसरी मच्चाईएको थियो कि प्रजाहरुलाई ७ दिन ७ रात एक दिन जस्तो
अनुभूति गराएको थियो l ७ दिनसम्म न कोहि सुत्न पाए न दैनिक काममा जान पाए l
नेपालमण्डलमा भएका अन्य उत्पातहरु मध्ये यो नै सबैभन्दा ठुलो उत्पात थियो
जसले दैवीप्रकोप, भूकम्प, आगजनीको अनुभूति गराइएको थियो l
नेपालमण्डलमा यस्तै यस्तै अवस्थाबाट गुज्रिरहेको बेला देवलादेवीले १४ औँ
सताब्दीको मध्यकालमा आफ्ना नाती रजलादेवीको लागि मिथिला कुलका बर जयस्थिति
मल्ललाई छानेका थिए l जयस्थिति मल्लको आगमन पछि भने नेपाल मण्डलमा मल्ल
कालिन ब्यबस्थामा व्यापक सुधार भएको पाइन्छ ।
क्रमश:
This comment has been removed by a blog administrator.
ReplyDelete