Showing posts with label बसन्तपुर. Show all posts
Showing posts with label बसन्तपुर. Show all posts

Wednesday, August 29, 2018

बसन्तपुर अवस्थित रहस्यमय इन्द्रपुर मन्दिर !


राजा प्रताप मल्लको पाला (सन् १६४१ - ७४) मा बनेको यो मन्दिरलाई रहस्यमय मन्दिरको रुपमा लिइन्छ l नाम इन्द्रपुर मन्दिर भित्र चाहिं शिवलिंग भेटिन्छ l मन्दिरको ढोकामा कुनै तोरण राखिएको छैन, जसले गर्दा कुन चाहिं देवता भनेर छुट्याउन सकिंदैन l मन्दिरको भुइँतल्लाको दक्षिणतर्फ गरुड राखिएको छ, जसले बिष्णु पो हो कि भनेर अलमलाउँछ l
जानकारको भनाई अनुसार उहिले इन्द्रजात्राको बेलामा यो मन्दिरको माथिल्लो तल्लामा इन्द्रको मुर्ति सजाउने गरिन्थ्यो रे ! मन्दिरको निर्माण गर्दा यसको सक्कल नक्सा डिजाइन अनुसार गरिएको छैन l सामान्य छानाको बनावट रहेको यस मन्दिरको भुइँ र पर्खाल खम्बाहरु एक आपसमा नमिल्ने गरि बनाइएको छ रे !!

श्रोत : An Introduction to Hanuman Dhoka

Sunday, April 15, 2018

वसन्तपुर क्षेत्रको नौतले दरबार जीर्णाेद्धार हुँदै l


बि. सं. २०७२ बैसाख १२ गतेको शक्तिशाली भूकम्पले तहस नहस भएको हनुमान ढोका - बसन्तपुर अवस्थित नौतले दरवारको पुनर्निर्माण कार्य चीन सरकारको सहयोगमा द्रुत गतिमा हुँदैछ l नौतले दरबारसँगै गद्दी बैठकको सबलीकरण पनि धमाधम पुनर्निर्माण भइरहेको छ। यसको सबलीकरण अमेरिकी सहयोगमा भइरहेको छ ।


Wednesday, October 11, 2017

बसन्तपुर : कबिन्द्रपुर



प्रताप मल्ल (१६४१-७४) ले बनाउन लगाएको यो ३ तल्ले मन्दिरभित्रको तल्लो तल्लामा नाच्दै गरेको नाट्यश्वर महादेवको आकृति पाइन्छ । धेरैले यसलाई नास: द्य: पनि भन्ने गरेको पाइन्छ (मेरो बुझाईमा नाट्यश्वर महादेव र नास: द्य: अलग अलग हुन्) । प्रताप मल्ल आफैमा एक अमुर्तकलाको सौखिन, पारङ्गत र थुप्रै नृत्य तथा संगीतहरुमा निपुणता भएको राजा थियो । प्रतापमल्लले आफैले आफुलाई "कविन्द्र" उपाधी दिई एक कविन्द्र राजाको रुपमा चिनाएको थियो, यसैको नामबाट यो मन्दिरको नाम कबिन्द्रपुर रहन गएको थियो ।

प्रताप मल्लले यो मन्दिर बनाउनुको मुख्य उद्देश्य चाहिं प्रताप मल्लको नर्सिम्ह: देवतासंगको डर थियो । एक दैत्य नृत्यमा राजा प्रताप मल्लले नाचको नक्कल / अनुकरण गर्दा नर्सिम्ह: देउता प्रति एक आहत / चोट पुर्याउने खालको अभिव्यक्तिले गर्दा उनको मनमा डरले डेरा जमाएको थियो । कबिन्द्रपुर मन्दिर बनाउनुको मुख्य उद्देश्य यसैको प्रायश्चित थियो । मन्दिरको तल्लो तलामा मुख्य मुर्तिको साथसाथै प्रतापमल्लको अभिलेख पनि राखिएको पाइन्छ ।

सार श्रोत : An Introduction to Hanuman Dhoka, by Ludwig F. Stiller, S.J.

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...