Wednesday, October 11, 2017

बसन्तपुर : कबिन्द्रपुर



प्रताप मल्ल (१६४१-७४) ले बनाउन लगाएको यो ३ तल्ले मन्दिरभित्रको तल्लो तल्लामा नाच्दै गरेको नाट्यश्वर महादेवको आकृति पाइन्छ । धेरैले यसलाई नास: द्य: पनि भन्ने गरेको पाइन्छ (मेरो बुझाईमा नाट्यश्वर महादेव र नास: द्य: अलग अलग हुन्) । प्रताप मल्ल आफैमा एक अमुर्तकलाको सौखिन, पारङ्गत र थुप्रै नृत्य तथा संगीतहरुमा निपुणता भएको राजा थियो । प्रतापमल्लले आफैले आफुलाई "कविन्द्र" उपाधी दिई एक कविन्द्र राजाको रुपमा चिनाएको थियो, यसैको नामबाट यो मन्दिरको नाम कबिन्द्रपुर रहन गएको थियो ।

प्रताप मल्लले यो मन्दिर बनाउनुको मुख्य उद्देश्य चाहिं प्रताप मल्लको नर्सिम्ह: देवतासंगको डर थियो । एक दैत्य नृत्यमा राजा प्रताप मल्लले नाचको नक्कल / अनुकरण गर्दा नर्सिम्ह: देउता प्रति एक आहत / चोट पुर्याउने खालको अभिव्यक्तिले गर्दा उनको मनमा डरले डेरा जमाएको थियो । कबिन्द्रपुर मन्दिर बनाउनुको मुख्य उद्देश्य यसैको प्रायश्चित थियो । मन्दिरको तल्लो तलामा मुख्य मुर्तिको साथसाथै प्रतापमल्लको अभिलेख पनि राखिएको पाइन्छ ।

सार श्रोत : An Introduction to Hanuman Dhoka, by Ludwig F. Stiller, S.J.

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...