नेपाल सम्बत ४२५ मा तत्कालिन राजा हरिहरसिंह मल्लले ३०० घरहरु बनाई
बस्ती बसाले । दुर्भाग्य, केहि समयपछि त्यस बस्तीमा बस्ने जनताहरुलाई
गलगाँड आउने समस्या हुन थाले । राजा हरिहरसिंह मल्लले बनाएको बस्तीको
तलतिर गोभ्रटेश्वर महादेवको मन्दिर थियो ।
एउटा तान्त्रिकले
गोभ्रटेश्वर महादेवको माथि मानिसहरुको बस्ती बसाल्न असुभ हुने भनेपछि राजा
हरिहर सिंहको महारानी गंगामायाले आफ्नो सुनको थाल (लुँ भु) बेचेर बस्तीलाई
महादेवको मन्दिर भन्दा मुनि अर्को बस्ती बसाले । यसै किम्बदन्तको आधारमा यस
बस्तीलाई "लुँ भु" बाट अपभ्रंस भै लुभु भएको भन्ने भनाइ छ ।
स्कन्ध
पुराण अनुसार, हिमवत् खण्डमा उल्लेखित ६४ शिव लिंगहरु मध्ये १ लिंग यस
लुभुमा पर्दछ । द्वापर युगमा श्रींन्गी नामक ऋषिले कामधेनु गाईको गोबर पुजा
गर्दै ध्यानमा बस्दा आषाढ कृष्ण चतुर्दर्शीको दिन गोबरबाट तेजस्वी लिंग
निस्केको धार्मिक कथा पाइन्छ ।
लुभु बस्ती बसालेको केहि बर्ष पछि
राजा हरिसिंग मल्लले बैसाख शुल्क तृतीय / अक्षय तृतीय देखि दशमी सम्म
महालक्ष्मी - महाभैरबको जात्रा चलाए ।
No comments:
Post a Comment