Showing posts with label मणिचुड पर्वत. Show all posts
Showing posts with label मणिचुड पर्वत. Show all posts

Wednesday, April 12, 2017

साँखु : बज्रयोगिनी देवी



मृगेन्द्र शिखर पर्वत / मणिचुड पर्वत, साँखुमा विराजमान श्री बज्रयोगिनी देवी !!

बौद्ध परम्परा अनुसार बज्रयोगिनी देवीलाई बुद्धशक्ति ‘तारा’को रुपमा मानिन्छ । महायानीहरुले बज्रयोगिनीलाई उग्रतारा भनेर पनि मानिन्छ तैपनि बज्रयानीहरुले बज्रयोगिनी नामकरण गरिदिएको वंशावलीहरुमा उल्लेख भएको पाइन्छ ।

परापूर्वकालमा मायासुर नाम गरेका दैत्यले देवलोक जिती देवताहरुलाई देवलोकबाट लखेटे । उक्त दैत्यलाई अरु कसैले बध गर्न नसक्ने भएकोले गुरु वृहस्पतिको सल्लाहअनुसार उत्तरापन्थमा विराजमान श्री उग्रतारा बज्रयोगिनी देवीलाई खुसी तुल्याउन देवगणसहित भगवान विष्णु स्वर्गलोक पुगी उत्तरापन्थमा रहेको १२ तीर्थ, १० कुण्डमा स्नान गरेर बज्रयोगिनी माताका क्षेत्रपाललाई नै गुरु मानेर नारायणी नदी तटमा एक महिनासम्म व्रत बसे । त्यसपछि देवी खुशी भई युद्ध मैदानमै विजयवाहिनी भगवनी प्रकट हुने मन्त्र प्रदान गरेपछि देवगणले आदिशक्ति भगवती माताको आरधना गरी देवी भगवतीलाई आ–आफ्नो शस्त्र–अस्त्र प्रदान गरेपछि भगवतीले मायासुर दैत्यको वध गरी देवलोकको उद्धार गरेको किंवदन्ती पाइन्छ ।

यो घटनापछि तान्त्रिक अनुष्ठान गरी बज्रयान मुद्रामा रहेकी यिनी देवीको हत्केला पछाडि खड्ग राखिदिएपछि खड्गयोगिनी देवीको नाममा प्रख्यात भए ।
 

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...