Showing posts with label बौद्ध. Show all posts
Showing posts with label बौद्ध. Show all posts

Tuesday, August 20, 2019

गुँला धर्म

गुँला अवधिमा बढी वर्षा भई बाढीपहिरो, भूक्षय, अतिवृष्टि, रोगव्याधी फैलिने भएकाले
सबै जनताको कल्याण होस्, कसैलाई रोगव्याधी नलागोस्, दुःख कष्ट नहोस्, भूक्षय,
बाढीपहिरोबाट जनधनको क्षति नहोस् भन्दै
बाजागाजा बजाउंदै सुभकामना सहित
स्वयम्भु महाचैत्य, दिपङ्कर बुद्ध, तारा तथा क्वापा: द्य:को साथसाथै

बौद्ध, साँखुमा रहेको पद्मगिरी धर्मधानु महाविहार (गुँविहार), उग्रतारा, खड्गयोगिनी, काभ्रेको नमोबुद्ध, बुङ्गगमतीको करुणामय, बाँडेगाउँमा रहेको बुद्धको समेत दर्शन गर्ने १ महिना जात्रा !

 

स्वयम्भु महाचैत्य प्रतिस्थापन भएको ९ महिना पछि देखि यो मेला सुरु भएको भनाइ रहेको छ । किम्बदन्ती अनुसार १२ महिना मध्ये एक महिना प्राणीको रक्षा गर्न भगवानले जिम्मा नलिएपछि सम्पूर्ण प्राणी जगतले खान पाएनन् । श्रावण भाद्र महिनामा अत्याधिक पानी पर्ने गर्मी बढी हुने हुनाले रोगव्याधीको प्रकोप बढ्न गई प्राणीहरू धेरै मर्ने गरेकाले एक महिनासम्म प्राणीको कल्याण गर्ने जिम्मा भगवान बुद्धले लिए र जमिनबाट कर्कलो निकालेर जनतालाई भोजन गराएको र भोकमरीबाट बचाएको कथा पाइन्छ ।




Tuesday, December 18, 2018

जोमसोम : धुम्बा ताल


निलगिरी हिमालमुनि अवस्थित मुस्तांगबाट करिब ५.५ किमी दुरीमा रहेको यस ताललाई एक पवित्र बौद्ध तिर्थको रुपमा लिइन्छ l स्थानीय बुढापाकाको भनाई अनुसार कुनै बेला यो तलाउ पुरै राताम्य भएको थियो रे l पछि तिब्बती बौद्ध भिक्षु / लामाहरुले अनेक धार्मिक पुजा पाठ गरि सकेपछि मात्र अहिलेको निर्मल स्वच्छ हरियाली रुपमा फर्केको थियो रे ! यसैले यस ताललाई एक पवित्र तालको रुपमा मानिन्छ र यस तालमा रहेका माछाहरुलाई मार्न दिंदैन l स्थानीय बुढा पाकाहरुको भनाई अनुसार आफु र आफ्नो जीवन शैलीमा परिवर्तन गर्न यस तिर्थमा आई प्राथना गर्ने गरिन्छ l

जोमसोम जाँदा बाटोमै पर्ने यस ठाउँमा को को पुग्नु भाको छ कुन्नी ?

Saturday, April 8, 2017

बालाजु मेला : तामांगहरुको तेमाल जात्रा


हरेक बर्ष चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूप र चैत पूणिर्माका दिन बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भू स्तूपसम्म लाग्ने तिमालजात्रा तिमाल भेगका तामाङहरूको प्राचीन कालदेखि नै जात्रामा घना सहभागिता रहनु हो ।  तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला, सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन् । यद्यपि जात्रामा नेपालका साथै भारत, बर्मा, भुटानदेखि नै तामाङहरू स्वयम्भू र बौद्धमा आउँछन् ।

जनश्रुति अनुसार काठमाडौं उपत्यका दहका रूपमा रहेका बेला बन्धुमती नगरबाट आएका विपश्वी बुद्धले जामाचो नागार्जुनको डाँडाबाट यस दहको अवलोकन गरी चैत पूणिर्माका दिनमा हालको गुहेश्वरी रहेका ठाउँमा कमलको फूल रोपेकाले त्यसैको स्मरणार्थ जात्रा मनाउन थालिएको मान्न सकिन्छ ।पछि सोही फूलमा आश्विन शुक्लपूणिर्माका दिन स्वयम्भूको ज्योति उत्पन्न भएपछि यस ज्योतिको दर्शन गर्न शिखी बुद्ध, विश्वभु बुद्ध, मञ्जुश्री, कनकमुनि बुद्ध, काश्यप बुद्धलगायत अलौकिक बुद्धहरू र बौद्धधर्मावलम्बीहरू देशदेशावरबाट आएको पाइन्छ । यसबाट यस जात्राको उत्पत्ति स्वयम्भू स्तूप निर्माणको पृष्ठभूमिबाटै भएको अनुमान गर्न सकिन्छ । 

तिमाल जात्रामा सहभागी हुन आउने तामाङहरूको चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूपमा सबेरैदेखि भीड लाग्छ, दिन रातभर मृतकहरूको मुक्तिका लागि बत्ती बाल्ने गरिन्छ । यसरी बत्ती बाल्न आउने तामाङहरू टाढाटाढाबाट आउँदा सामूहिक रूपमा लामा पुरोहितका साथ रमाइलो गर्दै आउँछन् भने नजीकबाट आउनेहरूचाहिँ परिवारसँग आउने गर्छन् । जुन बत्ती बौद्ध स्तूपको प्रदक्षिणा गरी, मानेहरू घुमाउँदै स्तूपको उत्तरतर्फको तेस्रो तल्लामा रहेको १०८ खोपामा दाहिने पारी घुम्न थाल्ने गरिन्छ अनि लामा पुरोहितलाई मृतकको मुक्तिका लागि पाठपूजा पनि गर्न लगाउँछन् । यसरी तीर्थस्थलमा बत्तीहरू बाल्दा धर्मका साथै मृतकको आत्मा भड्किरहेको भए पनि मुक्त भई अभिताम लोक -स्वर्ग) मा पुग्छ भन्ने विश्वास तामाङहरू गर्छन् ।

तिमालजात्रामा सहभागीहरू आउँदा पहिले पहिले तिमालका तामाङहरू वर्षभरि कमाएको धन खर्च गर्थे, तामाङनीहरू बाटाघाटामा सुनमा पाइन हाल्दै नाचगान गर्दै आउने जाने गर्थे र त्यस्तै अरनिको राजमार्ग बन्नुअगाडि यो जात्रा भर्न तामाङहरू सल्लाको खोटो -म्हेदाङ) बाल्दै आउँथे भन्ने जनश्रुति पाइन्छ । मकवानपुर राज्यको अधीनस्थ रहेको तिमालका अन्तिम राजा रिन्जेन दोर्जेको पाला -विसं १८१९) सम्म यो जात्रामा राजा स्वयं सहभागी भएको पाइन्छ । पितृ उद्धारको केन्द्रीय सेरोफेरोमा रहेको यो दुईदिने जात्राले तामाङ संस्कृतिको गरिमालाई प्राचीन कालदेखि अहिलेसम्म निरन्तरता दिएको देखिन्छ ।

Source : http://www.tamangonline.com

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...