Showing posts with label भीमसेन. Show all posts
Showing posts with label भीमसेन. Show all posts

Tuesday, September 19, 2017

भक्तपुर : होली एक यौन शिक्षा दिने पर्व


भक्तपुर दत्तात्रय मन्दिरसँगै रहेको भैरव मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनि जुधाएर होलीको सुरुवात गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन भीमसेन मन्दिरमा राखिएको लिंग अर्थात् लगलाई टोल-टोलमा घुमाएर पुनः मन्दिरको पाटीमा राखिन्छ । टोल-टोलमा रहेका पसलै पिच्छे घुमाएर पूजा गरी पाटीमा झुन्ड्याइन्छ । काठबाट बनेको दुई हात लामो लिंगको करिब ३० इन्च मोटाइलाई भीमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको सांकेतिक रूपमा लिने गरिन्छ ।

पुरुष जननेन्द्रीयको प्रतीक काठको लिङ्ग र स्त्री जननेन्द्रीयको प्रतीक कपडाको योनीलाई भीमसेन मन्दिरमा समागम गराएपछि भक्तपुरमा होली पर्व शुरू हुन्छ । झट्ट हेर्दा यसले अश्लीलताको झलक दिए तापनि कुनै सञ्चार माध्यम नभएको त्यति बेला देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको प्रस्ट हुन्छ । शारीरिक सम्बन्ध राख्ने तरीका सबै मानिसले बुझून् अनि यसलाई अश्लील र छाडा सिकाइको भान नपरोस् भनेर भीमसेन र द्रोपदीको समागमको रूपमा यौन शिक्षा दिइएको बुझ्न सकिन्छ ।
कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित रहने होली पर्व भक्तपुरमा भने भीमसेन र द्रोपदीसँग सम्बन्धित छ ।  हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागु पर्व शुरू हुन्छ । फागुन शुक्ल अष्टमीका दिन लिङ्ग र योनीको समागम गर्नुलाई स्थानीय भाषामा ‘चीर स्वायगु’ भनिन्छ । यसले गहिरो सम्बन्ध गाँस्ने भन्ने अर्थ बुझाउँछ । लिङ्गको टुप्पोमा कपास झुन्ड्याइएको हुन्छ । लिङ्ग र योनीको समागम गराउँदा कपास खस्नेगरी धकेल्नुपर्छ भनी स्थानीयहरू जिस्किने गर्छन् । यहाँ कपासलाई वीर्यको प्रतीकको रूपमा लिन सकिन्छ । कपास खसाल्न सके घरमा झगडा नहुने मान्यता छ । होलीको १ हप्ता अघिदेखि स्थानीय बासिन्दाहरू द्रोपदीको योनीमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन् । यसले गर्दा पारिवारिक सुख र दीर्घायु मिल्ने विश्वास गरिन्छ । 

भीमसेन गुठीका गाइजुहरू विगतमा गाइने थिए । उनीहरू ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने 

मायक स्व वया ला’ अर्थात् "भीमसेनको लिङ्गदेखि मोह जाग्यो कि, भाग्नुपर्ने गरी हेर्न आएको होे कि" भनेर भजन–कीर्तन गर्छन् ।
भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म ‘अबिरया होली तंचाया ल्यासे, अबिर छगुं ख्व हिसी दयेक बी’ अर्थात् ‘अबिरको होलीले रिसायौ कि युवती, अबिरले तिम्रो मुहार राम्रो बनाउनेछ’ भनेर भाका हाल्ने गर्छन् । पूर्णिमाको दिन युवाहरू आफूले मन पराएको केटीको आँगनमा गई यही भाका हाल्छन् र गीतमार्फत प्रेम प्रस्ताव राख्छन् । त्यसरी राखेको प्रेम प्रस्ताव केटीले स्वीकार गरेमा अबिर गालामा दल्न दिन्छन् र मन नपराएमा टाढाबाटै अबिर छर्केर युवाहरू चित्त बुझाउँछन् ।

पूर्णिमाका दिन भीमसेनको लिङ्ग बोकेर ब्रह्मायणी नदीमा लगेर धोए छोरा जन्मिने जनविश्वास पनि छ । यही विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा नै हुने गर्छ । यसले समागमपछि यौनाङ्ग धुनुपर्छ भने सन्देश दिएको छ । पूर्णिमाको साँझ लिङ्ग धोएपछि भक्तपुरमा होलीको विधिवत् अन्त्य हुन्छ । विशेषगरी वसन्त पञ्चमीदेखि होलीसम्म विवाहको लगन हुन्छ । यस अवधिमा नवविवाहितहरूलाई समागम गर्ने तरीका सिकाइ यौनउमङ्ग जगाउने र यौनाङ्ग सफा राख्नुपर्छ भन्ने शिक्षा संस्कृतिमार्फत दिन खोजेको देखिन्छ । 

श्रोत : पूर्णभक्त दुलाल
http://www.abhiyan.com.np/new/articles/view/94453

Monday, September 4, 2017

पाटन : भीमसेन रथ यात्रा


 किम्वदन्ती अनुसार मल्ल कालमा पाटनको कृष्ण मन्दिरको निर्माण पछि राज्यमा एक यस्तो युवक देखा परे, जसले राज्यका हरेक काम एक्लै गरि दिन्थे । ठुलठुला रुख उचाल्ने, दर्जनौ मान्छे लगाएर गर्नु पर्ने काम उनि एक्लैले गरि दिन्थे । राज्यमा उनको बारे हल्ला चलेपपछि तान्त्रिकहरुले तन्त्र विद्या लगाएर हेर्दा उनि महाभारतका कुन्ती पुत्र भिम नै मानिसको रुप धारण गरेर कृष्ण मन्दिर दर्शन गर्न आएको पत्ता लगाए ।

"वल वल भिन्द्य: वल, भीमसेन महाराजकि जय" नारा लगाउंदै हरेक बर्ष भाद्र कृष्ण दशमीको दिन पाटनमा रथ यात्रा गर्दै भब्य मनाउने एक भिमसेन जात्रा

Tuesday, August 29, 2017

पसल पसलमा भीमसेन पुजाको तात्पर्य

महाभारत युद्ध पश्चात भारत बर्ष कंगाल झैँ भएछ । सबै कुरा युद्धमै सकिएछ । धन सम्पति केहि रहेन । भीमसेनका सबै जनताहरु आर्थिक रुपमा बिपन्न भए र पुरै बंशज गरिबीको चपेटामा परे । भीमसेनले कुबेर संग धन मागी ल्याई आफ्नो जनतालाई ब्यापार गरि धन कमाउनु र त्यसबाट भएको आम्दानीबाट आफ्नो रक्षा गर्नु भन्ने आदेश बमोजिम उनका बंशजहरु व्यापार तिर लागे ।

गरिबीको समयमा भीमसेनले त्यसरी लगाएको गुण नेवार समाजले अहिले पनि बिर्सेको छैन र ब्यापारका पथ प्रदर्शक भीमसेनलाई आफ्नो पसल, ब्यबसायमा उनको शक्ति र सामर्थको प्रतिक तस्वीर राखेर उनको कृपा सधै पाई रहुँ भन्दै अहिले पनि पुजा गरेको देख्न पाइन्छ । नेवारहरु भीमसेनलाई भिन्द्य: वा भिन्द्य: आजुको रुपमा पुर्खा देवता मान्दछन् ।

अर्को किम्वदन्ती अनुसार एकपटक शनिश्चरको दृष्टिले आफ्नो भक्तजनहरुलाई खराब होला भनि भीमसेनले उनलाई पछाडीबाट गर्दन समातेर "म तँलाई छोड्दिन, यो स्थानमा कहिले न आउनु" भन्दा शनिश्चरले "म आउनु र मेरो दृष्टि पार्नु मेरो धर्म हो, मलाई छोडी देउ, बरु जो व्यक्तिले तिम्रो आराधना गर्छ, म उनलाई रक्षा गर्नेछु" भनि बचन दिएकोले पनि भीमसेन मान्नु पर्ने मान्यता यस नेपालमण्डलमा रही आएको जनविश्वास रहेको छ ।

श्रोत : बिजय शर्मा राजोपाध्याय
.

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...