Showing posts with label कच्छपासुर. Show all posts
Showing posts with label कच्छपासुर. Show all posts

Friday, October 6, 2017

चोभार - आदिनाथ लोकेश्वर


चोभार - आदिनाथ लोकेश्वर
दानासुर र कच्छपासुरको बधपछि कालान्तरमा प्रभावतीय तिर्थमा पानी सुक्दै गएपछि चैत्र शुक्ल अष्टमीको दिन देवताको मूर्ति फेला परेछ । यसलाई बाजा गाजाका साथ चोभारमा लगी बहालको मन्दिरमा विराजमान गराइए । ग्रह, दसा, रोग, भयबाट मुक्त पार्ने धन धान्ने कार्यसिद्धि आदि वर दिने देवताको रुपमा मानिने यस देवतालाई आनन्ददायी लोकेश्वर, लोकनाथ, आदिनाथ, चोभाद्य: आदि नामले पुजिंदै आएको छन् ।

भक्तजनहरुले महिना महिनामा अष्टमीका दिन उपोसध व्रत बसी सप्त विद्यानोत्तर सत्तो पूजा गरी ध्वजा–पताका, भाँडा–कुँडा, गर–गहना, आदि चढाउने गरिआएका छन् । यो मन्दिरको विभिन्न भागमा हालसम्म पनि यस्ता सामानहरु रहेको देखिएको छ । 

चोभार - किम्बदन्त १
आदिनाथ लोकेश्वर सिद्धिपुरका देवता थिए ! अति असिना पानीको कारण सिद्धिपुरबासीहरुले यस देवतालाई गोदावरी खोलामा फ्याकी दिएको थियो ! पानी सुक्दै गएपछि भेटिएको यस देवतालाई नन्द ग्वाले चोभारमा खाली रहेको बसुन्धरा मन्दिरमा बस्न अनुरोध गरेकोले नख्खु खोलाको दोभानबाट माथि चोभार डाडाको गाउँतिर हेरी रहेकोले (च्वे भाय्) चोभाद्यः भन्ने गरेको भनाइ छ । माथि बहालमा रहेको देवता भएकोले नेवारीमा च्वे बहाले च्वम्ह द्यः भनी चोभाद्यः भन्ने गरेको पनि भनि आएका छन् । यसैको नामाकरणबाट अपभ्रम्स भई यस डाँडालाई चोभार भन्ने गरेको पाइएको छ ।

चोभार - किम्वदन्त २
स्वयम्भू पुराण अनुसार द्वापर युगको अन्त्यमा महामञ्जुश्रीले खड्ग प्रहार गरी कच्छपा पर्वतलाई दुई टुक्रा पारी पानी पठाएपछि यो डाँडाको नाम कपोतल पर्वत कच्छपा गिरी नामले मञ्जुश्रीका उपाशकहरुलाई बस्ती बसालेको चोभार हो भन्दछन् ।

Saturday, April 1, 2017

चोभार : जलबिनायकको कथा




धेरै वर्ष पहिले नेपाल सुप्रभा नगर (थानकोट) राजधानी भएको बाणासुरको राज्यमा दानासुर र कच्छपासुर भन्ने दुई छोरा र प्रभावती नाम गरेकी एउटी छोरी थिइन् । कच्छपासुरले बहिनीको जलक्रिडाको लागि पोखरी बनाउँछु भनी चोभार गल्छीमा सुतेर नेपाललाई जलमय तलाउ बनाइदिएका थिए ।

पौराणीक कथा अनुसार महादेवलाई काम बाण प्रहार गरेकोले रिसाई कामदेवलाई भष्म गरिदिएको र रतिको बिलौनाले त्रेतायुगमा कृष्णका छोरा प्रद्मुम्नसंग प्रभावती भई मिलन हुने बरदान पाएका थिए । सोहि अनुसार एक रात प्रभावतीले श्रीकृष्णको छोरा प्रद्मुम्नलाई स्वप्नमा दर्शन मिलेपछि मुग्ध भई वरण गरेकी थिइन् । नारदद्वारा प्रभावतीको खवर पाएर प्रद्मुम्न दानासुरसँग लडाई गरी प्रभावतीसँग विवाह गरेका थिए ।

श्रीकृष्णले नेपाल मण्डल खोल्ने भनि चोभार न्हसीकाटमा सुदर्शन चक्र प्रहार गरे ।
प्रद्मुम्नले जलमा सुतेको कच्छपासुरलाई मारी दष्टारत्न मणी लिए ।
जलमा दैत्यसँग युद्ध गर्नको लागि श्री गणेशलाई जलविनायक नाम राखी स्थापना गरे ।
त्यतिबेला गणेशको प्रार्थनाले बासुकी नाग स्वरुप भई सँगै संगै बसेका थिए ।
चोभार कच्छपको शरीर भएकोले कर्म गिरी, कच्छपाल पर्वत पनि भनि आएको पाइन्छ ।

प्रभावतीय तिर्थ नख्खु खोला

श्रीकृष्णका बुहारी प्रभावतीले दाजु कच्छपासुरलाई पवित्र पार्न गरेको आराधना अनुसार श्रीकृष्णले वरदान दिई कच्छपासुरलाई पवित्र पार्न प्रभावती नख्खु खोला भई र कच्छपासुरलाई पवित्र पारिन । यो चोभारको पूर्वमा रहेको बाग्मतीको सुलक्षण तिर्थ सुन्दरीघाट पाटनको नख्खु खोलाको संगम त्रिवेणी ठूलो तिर्थ हो । बाग्मती किनारमा बालकुमारी रहेको छ । यसैलाई प्रभावतीय तिर्थ वा जयश्री तिर्थ भन्दछन् ।
 
 श्रोत : http://bit.ly/1SlgnCk

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...